राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका वडा न. ८ को अगुवा कार्यकर्ता भेला आज खयवासमा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा झिमरुकको ‘संघर्ष र संगठन’ अभियान अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो ।
भेलाको प्रमुख अथिती राजमो लुम्बिनी प्रदेश सदस्य तथा झिमरुक गाउँपालिका अध्यक्ष तिलक जिसि हुनुहुन्थ्यो भने अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव वीरबहादुर जिसि, राजमो जिल्ला सदस्यद्वय टीका जिसि र शिद्दिमानसिंह घर्तिक्षेत्री, अखिल नेपाल शिक्षक संघका जिल्ला सदस्य शंकर बस्नेत, जातीय समता समाजका जिल्ला सदस्य रेकम रसाइली, झिमरुक गापा राजमोका सदस्य बिष्णु बस्नेत, महिला सदस्य बिना केसी, अखिल नेपाल किसान महासंघका वडा अध्यक्ष पूर्णबहादुर महतरा, युवक संघका वडा अध्यक्ष वसन्त थापा, बयोबृद्द नेता खिमबहादुर बस्नेत, निमानसिंह बस्नेत, भक्तबहादुर बस्नेत, इमानसिंह बिक लगाएतको आतिथ्यता रहेको थियो ।
राजमो ८ न. का अध्यक्ष हुमबहादुर महतराको अध्यक्षतामा सम्पन्न भेलामा बिष्णु बस्नेतले स्वागत मन्तब्यद्वारा स्वागत गर्नु भएको थियो भने सञ्चालन वडा सचिव रामबहादुर महताराले गर्नुभएको थियो ।
यो पनिः
झिम्रुकको वडा-वडामा प्रशिक्षण, राजमोमा प्रवेश जारी
विभिन्न पार्टी परित्याग गरी सामुहिकरुपमा राजमोमा प्रवेश