केपि बिरही/युएई ।।
क्रिसमसको छुट्टी पारेर युएई नेपाली एकता समाज महिला विभाग केन्द्रीय समितिअन्तर्गत महिला विभाग दुबई क्षेत्रीय समितिको भेला सम्पन्न भएको छ ।
बिनु केसी र निरू शर्माको विशेष पहलमा युएई नेपाली एकता समाज केन्द्रीय समितिका सचिव केपि बिरहीको विशेष उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।
भेलाको उद्घाटन प्रमुख अतिथि केपि बिरहीले गर्नुभयो । सम्बोधनको क्रममा उहाँले युएई नेपाली एकता समाजको प्रवासमा औचित्य र भूमिकाबारेमा व्याख्या गर्नुभयो । त्यसका साथै उहाँले प्रवासी मजदुरहरूको हकहितका लागि र घरेलु महिला हिंसा विरुद्ध सदैव अग्रपङ्क्तिमा रहेर सम्झौता हिन प्रकारको संघर्ष गर्ने प्रतिबद्धता पनि जाहेर गर्नुभयो ।
भेलामा अन्य अतिथिहरू युएई नेपाली एकता समाजका केन्द्रीय सदस्य टेक थापा, मन्जु ढुङ्गाना र उषा भन्डारीले शुभकामना मन्तव्य दिनुभएको थियो।
भेला शान्ता बेलबासेको अध्यक्षता र तारा पौडेलको सञ्चालनमा ज्ञात सहिदहरूप्रति एक मिनेट मौनधारणसहित अघि बढेको थियोे । भेलामा उपस्थित प्रवासी मजदुरहरुलाइ स्वागत मिना घिमिरेले गर्नु भएको थियो ।
भेलाले शान्ता बेलबासेको अध्यक्षतामा सात सदस्यीय क्षेत्रीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा पार्वता अर्याल, सचिवमा तारा पौडेल, कोषाध्यक्षमा सीता थापा र सदस्यमा निशा अधिकारी तथा सल्लाहकारमा मन्जु ढुंगाना, निरु शर्मा रहनु भएको छ ।

