• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

खेलकुद विकासका लागि मूल नीति बनाउन अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघको माग


  •   आइतबार, मङि्सर २१, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल राष्ट्रिय खेलकुद महासङ्घले खेलकुद विकासका लागि राज्यले मूल नीति बनाउनुपर्ने आवश्यकतामा जोड दिएको छ । महासङ्घको केन्द्रीय न्यूक्लसका संयोजक पृथ्वी थापाको हस्ताक्षरमा २०७७ मङ्सिर २१ गते जारी प्रेसविज्ञप्तिमार्फत यस्तो धारणा व्यक्त गरिएको हो ।

    Advertisement

    खेलकुद क्षेत्रलाई संवैधानिक र स्वायत्त निकाय तथा व्यावसायिक संस्थाको रूपमा विकास गर्नुपर्ने, खेलाडीको वृत्तिविकास र जीवनयापनको ग्यारेन्टी गरिनुपर्ने, सम्पूर्ण खेलक्षेत्रलाई स्वस्थ, मैत्रिपूर्ण र अनुशासित बनाउन जोड दिनुपर्नेजस्ता आवश्यकतामा जोड दिइएको सो विज्ञप्तिको पूर्ण पाठ यस्तो रहेको छ–

    “२०७७ सालमा गठन भएको अखिल नेपाल खेलकुद महासङ्घ केन्द्रीय न्यूक्लसले राष्ट्रिय खेलकुदका समस्या र यसलाई राज्यले खेल्नुपर्ने भूमिकामाथि प्रकाश हाल्दै राज्यले तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने कामको विषयमा आवश्यक छलफल गरी यो विज्ञप्ति जारी गरिएको छ ।

    १. देशमा विकसित भइरहेको खेलकुदको अवस्थालाई देशका युवाहरूमा गम्भीर चासो र सहभागी बढ्दै गइरहेको छ । तर यस खेलजगत्मा राज्यको जिम्मेवारी बढ्नुको सट्टा सामान्य र औपचारिक रूपमा मात्र रहेको कुरा अवगत गराउन चाहन्छौँ । यस सिलसिलामा राज्य र सरोकारवालाहरूले निम्नलिखित विषयमा तात्कालिक र दीर्घकालीन रूपमा यसको विकासका लागि ध्यान आकर्षित गर्न चाहन्छौँ ।

    २. राज्यले खेलकुद विकासका लागि मूल नीति बनाउनुपर्दछ । त्यसको आधारमा ऐनकानुनको निर्माण र त्यसका कार्यविधि बनाउनुपर्दछ ।

    ३. खेलाडीहरू व्यक्तिगत, क्लब, व्यावसायिक सङ्गठन निर्माण गरी खेलकुदमा उत्साहजनक रूपमा सहभागी हुँदै आएका छन् । अन्तर्राष्ट्रिय खेलकुद जगत्सँग व्यक्तिगत, नीतिगत संस्थासँग सम्बन्ध भइरहेको भएता पनि त्यो अपर्याप्त र अस्वस्थ प्रतिष्पर्धाको रूपमा विकास भइरहेको छ । राज्यको मूल नीतिको अभावमा निर्माण भएको सरकारी खेलकुद परिषद् र नेपालको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलगायत विषयगत व्यावसायिक क्लब, सङ्गठनजस्ता सङ्घसंस्थाको उचित व्यवस्थापनको कमी, आपसी समन्वयको अभाव, भ्रष्टाचार, अनियमितता, खेलकुद छनौटमा गैरखेलाडीको छनौट, त्यसमा सत्ता राजनैतिक हस्तक्षेप आदि अराजक स्थिति पैदा भइरहेको छ । सामान्य रूपमा गठन भएको सरकारी खेलकुद परिषद् सत्तासिन राजनैतिक पार्टीको मोर्चा सङ्गठनको रूपमा विकास भइरहेको छ, जसले यस प्रकारका खेलकुद संस्थामा सत्ता राजनीतिको कार्यकर्ताको भर्ती केन्द्रको रूपमा विकास भइरहेको छ । त्यसैले खेलकुद परिषद्लाई संवैधानिक र स्वायत्त निकाय तथा व्यावसायिक संस्थाको रूपमा स्थापित गरिनुपर्दछ ।

    ४. खेलाडीहरू आफ्नो उर्जाशील उमेरमा खेलमै लाग्नुपर्ने भएकाले उनीहरूको बौद्धिक योग्यताको विकास, दैनिक जीवनयापनको ग्यारेन्टी र सक्रिय खेलकुद जीवनपछि वृत्तिविकासका लागि राज्यले नै दायित्व बेहोर्ने प्रकारको व्यवस्था गरिनुपर्दछ ।

    ५. लामो समयसम्म खेलकुद मन्त्रालय, खेलकुद परिषद्मा करार, अस्थायी ज्यालादारीमा काम गरिरहेका खेलाडी, कोचर, खेलकुद व्यवस्थापनमा लागेका प्रशिक्षकलाई स्थायी र वृत्तिविकासको व्यवस्था गरिनुपर्दछ । सरकारी खेलकुदलगायत सम्पूर्ण खेलकुद संस्थालाई खेलकुदमैत्रीको रूपमा विकास गरिनुपर्दछ ।

    ६. राष्ट्रिय खेलकुद अभियानलाई स्वस्थ, अनुशासित र जिम्मेवार नागरिकको रूपमा विकास गरिनुपर्दछ । यसका लागि सबै खेलाडी, खेलप्रेमी र सरोकारवालाहरू एकजुट भएर खेलजगत्लाई विकास गर्न अगाडि बढ्न आह्वान गर्दछ । नेपाल सरकारलाई यस विषयमा गम्भीर ध्यान आकर्षित गर्दछ ।”

    आइतबार, मङि्सर २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.