काठमाडौं । पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सम्पन्न श्रेष्ठका अनुसार खेलकुदका पूर्वाधार लगभग सम्पन्न भएपनि कोरोनाका कारण प्रतियोगिता हुन नसक्ने अवस्था भएको हो ।
नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो । खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार अन्र्तगत स्वीमिङ, सुटिङ र हकिबाहेक अरु खेलका पूर्वाधारहरु निर्माण भइसकेका छन् । स्वीमिङ र सुटिङको लागि टेन्डर पारित भएको छ भने हकीको लागि जग्गा खोज्ने कार्य भैइरहेको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरामा नै हुने र पुर्वाधारका कारण खेल नरोकिने राखेपको भनाई छ । यद्यपी खेल कहिले हुने भन्ने सम्बन्धमा राखेपले छिट्टै निर्णय गर्नेपनि सदस्य श्रेष्ठको भनाई छ ।