काठमाडौं । बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्किएको छ । नेपाली राष्ट्रिय टोली बिहीबार स्वदेश फर्किएको हो ।
Advertisement
नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा भएको पहिलो खेल २-० ले गुमाएको थियो भने दोस्रो खेल गोलरहित बराबरीमा टुङ्ग्याएको थियो ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसकै तयारीका रुपमा मैत्रीपुर्ण खेललाई लिएको छ ।
मैत्रीपुर्ण खेलबाट विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, छिरिङ गुरुङ, पुजन उपरकोटी र सेसेहाङ आङ्देम्बेले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । मैत्रीपुर्ण खेलका लागि बगंलादेश पुगेका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ भने उतैबाट आइलिग खेल्न भारत पुगिसकेका छन् ।

