खिमबहादुर विक/हैदरावाद (भारत) ।।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको उत्तर हैदरावाद नगर समितिअन्तर्गत गत २५ वर्षदेखि निरन्तर भूमिका निर्वाह गर्दै आउनुभएका बिनबहादुर नेपालीलाई विदाइ गरिएको छ । नोकरीबाट अवकास लिई स्वदेश फर्कने भएपछि शनिवार एक औपचारिक कार्यक्रमको आयोजना गरी उहाँलाई विदाइ गरिएको हो ।
कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य रामप्रसाद आचार्यले माला लगाइदिएर उहाँलाई विदाइ गर्नुभएको थियो । सो अवसरमा मध्यदक्षिण क्षेत्रीय समितिका सदस्य घनश्याम शर्मा, उत्तर हैदरावाद नगर समितिका अध्यक्ष मोहनलाल शर्माको समेत उपस्थिति रहेको थियो ।
प्युठान स्वर्गद्वारी नगरपालिकाको भिङ्ग्री प्युठानमा जन्मनुभएका बिनबहादुर नेपाली हाल दाङको लमही नगरपालिकामा बसोबास गर्दै आउनुभएको छ । उहाँले स्वदेशमा गएर दाङमा राष्ट्रिय जनमोर्चाको पक्षमा काम गर्ने बताउनुभएको छ ।