• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघ गठन, संयोजकमा पृथ्वी थापा


  •   आइतबार, कार्तिक ०२, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल राष्ट्रिय खेलकुद महासङ्घ गठन भएको छ । कार्तिक १ गते खेलकुदप्रेमी तथा खेलकुद विज्ञसहितको भर्चुअल बैठकबाट महासङ्घ गठन भएको हो ।

    Advertisement

    महासङ्घ केन्द्रीय न्युक्लसका संयोजक पृथ्वी थापाको हस्ताक्षरमा कार्तिक २ गते प्रसारित प्रेसविज्ञप्तीमा सो जानकारी दिइएको छ । सरकारको गलत नीति, भ्रष्टाचार र अनियमितताको विरोध गर्दै खेलक्षेत्रलाई स्वतन्त्र, अनुशासित, मर्यादित र व्यावसायिक रूपमा विकास गर्न अखिल नेपाल राष्ट्रिय खेलकुद महासङ्घ गठन गरिएको विज्ञप्तीमा उल्लेख छ ।

    भर्चुअल बैठकद्वारा महासङ्घको सात सदस्यीय केन्द्रीय न्युक्लियस गठन भएको जानकारी दिइएको सो विज्ञप्तीमा आगामी ६ महिनाभित्र खेलक्षेत्रको देशव्यापी सङ्गठन विस्तार गरेर राष्ट्रिय भेला आयोजना गर्ने लक्ष्य निर्धारित गरिएको बताइएको छ ।

    प्रेसविज्ञप्तीको पूर्ण पाठ यस्तो छ–

    “खेलकुदसम्बन्धी खेलकुदकर्मी र खेलकुद विज्ञसहित पृथ्वी थापाको संयोजकत्वमा गठन भएको केन्द्रीय न्युक्लसको प्रथम भर्चुअल बैठक यही २०७७ कार्तिक १ गते सम्पन्न भएको छ ।

    यस बैठकले खेलकुदसम्बन्धी नेपाल सरकारको नीति, खेलकुद सम्बन्धमा देशमा विद्यमान रहेको अवस्था, राष्ट्रिय खेलकुद परिषदमा भएको भ्रष्टाचार र खेलकुद विकासका लागि सरकारद्वारा अपनाइएको गलत नीतिको विरुद्ध समीक्षा गर्दै आफ्नो सङ्गठनात्मक विस्तार अघि बढाउने कार्यक्रम अघि सार्दै आवश्यक निर्णयहरू गरेको छ । त्यसको जानकारीका लागि यो विज्ञप्ती प्रकाशित गरिएको छ ।

    खेलकुद विकासका लागि पछिल्लो समयमा आएर केही सकारात्मक गतिविधिहरू अगाडि बढेतापनि नेपाल सरकारको स्पष्ट र आवश्यक नीति र यसको कार्यदिशाको अभाव, खेलकुद विकासमा सत्ता राजनीतिकरणको विकास भइरहेको, खेलकुदको स्वतन्त्र र व्यावसायिक विकासका लागि सरकारको स्पष्ट नीति र कार्यक्रम नभएको, सरकारी खेलकुद परिषद्मा हुने गरेको र भइरहेको चरम भ्रष्टाचार र अनियमितता व्याप्त भइरहेको अवस्थामा देशमा कार्यरत खेलकुद, सङ्घ–सङ्गठन, क्लबहरूको स्पष्ट कार्यदिशा नभएको कारण खेलकुद सङ्गठनको आवश्यकताबोध भएकाले “अखिल नेपाल राष्ट्रिय खेलकुद महासङ्घ” गठन भएको छ । यसले निकट भविष्यमै विधान र घोषणापत्र तयार गरी सङ्गठनलाई महासङ्घमा लैजाने, खेलकुदलाई स्वतन्त्र, अनुशासित, मर्यादित र व्यावसायिक रूपमा विकास गर्ने र सत्ता राजनीति र खेलकुदमा भइरहेको भ्रष्टाचार, अनियमितताको विरुद्ध देशव्यापी सङ्गठनको नेटवर्क निर्माण गर्दै छ महिनाभित्र राष्ट्रिय भेला गरी सङ्गठनलाई अघि बढाउने निर्णय गरेको छ ।

    यसले पृथ्वी थापाको संयोजकत्वमा ७ सदस्यीय केन्द्रीय न्युक्लसको समेत विस्तार गरेको छ; जसमा सचिव भक्त विश्वकर्मा, कोषाध्यक्ष कुलबहादुर बुढा तथा सदस्यहरूमा विशनसिंह खड्का, विनोद गैरे र समीर सिंह हुनुहुन्छ भने १ स्थान पछि थप्ने निर्णय गरेको छ । साथै पृथ्वी थापा, भक्त विश्वकर्मा र कुलबहादुर बुढा रहेको कार्यालयसमेत निर्माण गरेको छ ।

    बैठकले खेलकुद विकासका लागि नेपाल सरकारको तर्फबाट स्पष्ट नीति र कार्यक्रम ल्याउनुपर्ने, यस प्रकारको नीति र कार्यक्रम ल्याउँदा खेलकुद जगतका स्वतन्त्र सङ्घ–सङ्गठनहरूको पनि राय लिनुपर्ने, खेलकुदमा भइरहेको अराजकता, अनुशासनविहीनता, भ्रष्टाचार बन्द गर्न नेपाल सरकारसँग माग गर्दछ । साथै कोभिड–१९ ले खेलकुद जगत्मा पारेको असरबाट प्रभावित खेलाडी र खेलकुद व्यवस्थापनलाई विशेष ध्यान दिन र खेलाडीलाई राहतको समेत प्रभावकारी व्यवस्था गर्न माग गर्दछ ।
    उक्त बैठकमा विशेष अतिथि भैरवराज रेग्मीले खेलकुद जगत्मा नेपाल सरकारबाट अपनाइएको गलत नीतिहरूको आलोचना र यो सङ्गठनले गर्नुपर्ने तात्कालिक र दीर्घकालीन कार्यबारे प्रकाश पार्नुभएको थियो ।”

    आइतबार, कार्तिक ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट
    सुनचाँदीको मूल्य बढ्यो
    गोरखा ११ लाई एनआरएनए टी–१० क्रिकेटको उपाधि
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न
    सार्वजनिक यात्रुवाहक सवारीको दर्ता खुला, उपत्यका बाहिर ईभीलाई प्राथमिकता
    सर्वदलीय बैठकले एक साताभित्र विशेष समिति बनाउने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.