काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले १८ जना महिला क्रिकेट खेलाडीको कोरोना बिमा गरेको छ । पहिलो चरणमा पुरुष खेलाडीको कोरोना बिमा गरेको क्यानले विभेद गरेको आवाज उठेपछि महिला खेलाडीको पनि कोरोना बीमा गरेको गरिदिएको हो ।
क्यानले मङ्गलबार विज्ञप्ती जारी गर्दै सिनियर टोलीका खेलाडीको कोरोना बिमा गरेको जानकारी दिएको छ । क्यानले पहिलो चरणमा राष्ट्रिय टोलीका खेलाडीसहित त्रिवि खेल मैदान, मूलपानी क्रिकेट मैदानका कर्मचारी तथा क्यान कार्यालयका कर्मचारी गरी ५१ जनाको कोरोना बिमा गरेको थियो ।
क्यानले पुरुष राष्ट्रिय टोलीका २५ खेलाडी तथा त्रिभुवन विश्वविद्यालय खेल मैदान, मूलपानी क्रिकेट मैदानका कर्मचारी तथा क्यान कार्यालयका कर्मचारीको कोरोना बिमा गरेको हो ।
क्यानले खेलाडी, मैदानका कर्मचारी तथा कार्यालयका कर्मचारीको प्रत्येकको एक वर्षको एक लाख रुपियाँ बराबरको कोराना बिमा गरेको हो ।