• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, मङि्सर ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको निधन

घातक स्वायत्त हतियार नियमन गर्न सहमति

एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको दाबी

विश्व टेलिभिजन दिवसमा भिडियो पत्रकारको भेला

विदेशस्थित नेपालीको मताधिकारका लागि तीन विकल्पमा विचार हुँदै

बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको निधन, एक बालक गम्भीर घाइते

बाँकेको डुडुवामा भूमिहीन सुकुम्वासी सङ्घर्ष समिति

मधेसको नयाँ मुख्यमन्त्रीमा जसपाका यादव

यस वर्ष पनि मेसिनबाट रोपियो खैरहनीमा आलु

लोकप्रिय समाचार

  • १. राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

  • २. रसुवाका बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटासहित)

  • ३. युवाहरूको आक्रोशलाई एउटा षड्यन्त्रको हतियारका रूपमा प्रयोग गरियो

  • ४. ‘निर्धारित समयमै चुनाव हुनुपर्दछ’ मसाल भन्छ– ‘रास्वपा र राप्रपासित तालमेल हुँदैन’

  • ५. न्यायाधीशका पीएसओको गोली लागेर निधन

  • ६. दोस्रो पटक बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटोसहित)

  • ७. अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक वर्षयताकै कम

  • ८. भारतस्थित नेपालीहरूका हकहित र अधिकारका लागि मूल प्रवाहले अभिभावकीय भूमिका खेल्दै आएको छ : प्रेम पौडेल

  • ९. प्रगतिशील देउसीभैलोलाई सहयोग गर्ने सबैलाई रक्तिमको धन्यवाद

  • १०. राजमो कावा अध्यक्ष नेपाली उपचारपछि डिस्चार्ज

एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको दाबी


  •   शनिबार, मङि्सर ०५, २०८३ मा प्रकाशित
  • काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन् ।

    Advertisement

    थाइल्यान्डमा फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी) का अध्यक्षसहितका पदाधिकारीसँग छलफल गरेर स्वदेश फर्किएका मन्त्री पोखरेले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको जानकारी दिएका हुन् ।

    उनका अनुसार निलम्बन फुकुवासँगै फिफा र एएफसी एन्फाको तहगत निर्वाचन गराउन सहमत भएका छन् । निर्वाचन कसरी र कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा फिफाले आउँदो डिसेम्बरमा प्रस्तावसहितको रोडम्याप पठाउनेछ ।

    ‘अब फिफाले नै एन्फा निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढाउँछ । तहगत निर्वाचनको हकमा पनि डिसेम्बरसम्ममा रोडम्यापको प्रस्ताव लिएर आउने भन्नुभएको छ’ मन्त्री पोखरेलले भने ।

    एन्फाको निर्वाचन पुरानै नेतृत्वबाट गर्ने वा अन्तरिम कमिटी बनाएर गर्ने भन्ने विषय भने टुङ्गिन बाँकी रहेको उनले बताए ।

    ‘तहगत निर्वाचन गर्ने भन्नेमा सहमति भएको हो । कुन मोडालिटीमा गर्ने, कस्तो गर्ने र कहिले गर्ने भन्ने विषयमा टुङ्गिन बाँकी छ’ मन्त्री पोखरेलले भने ।

    उनका अनुसार फिफाले नेपाली फुटबलमा सरकारको भूमिकालाई थर्ड पार्टी इन्टरफेरेन्सका रूपमा बुझेको थियो तर सरकारले नेपालको आफ्नै कानुन र राज्यको अधिकारबारे स्पष्ट पारेपछि फिफा सकारात्मक बनेको उनले बताए ।

    ‘राज्यले गर्ने काम आफैँ गर्छ । देशको कानुनअनुसार काम हुन्छ । त्योभन्दा बाहेक हामीले केही हस्तक्षप गर्दैनौँ भनेर उहाँहरूलाई जानकारी गरायौँ । त्यसमा उहाँहरू सकारात्मक हुनुभयो’ मन्त्री पोखरेलले भने ।

    एएफसी अवार्ड समारोहमा सहभागी हुन थाइल्यान्ड पुगेका मन्त्री पोखरेलले फिफा अध्यक्ष इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका थिए ।

    शनिबार, मङि्सर ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विश्व टेलिभिजन दिवसमा भिडियो पत्रकारको भेला
    विदेशस्थित नेपालीको मताधिकारका लागि तीन विकल्पमा विचार हुँदै
    बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको निधन, एक बालक गम्भीर घाइते
    बाँकेको डुडुवामा भूमिहीन सुकुम्वासी सङ्घर्ष समिति
    मधेसको नयाँ मुख्यमन्त्रीमा जसपाका यादव
    यस वर्ष पनि मेसिनबाट रोपियो खैरहनीमा आलु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

    • २.
      रसुवाका बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटासहित)

    • ३.
      युवाहरूको आक्रोशलाई एउटा षड्यन्त्रको हतियारका रूपमा प्रयोग गरियो

    • ४.
      ‘निर्धारित समयमै चुनाव हुनुपर्दछ’ मसाल भन्छ– ‘रास्वपा र राप्रपासित तालमेल हुँदैन’

    • ५.
      न्यायाधीशका पीएसओको गोली लागेर निधन

    • ६.
      दोस्रो पटक बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटोसहित)

    भर्खरै

    • १.
      भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको निधन

    • २.
      घातक स्वायत्त हतियार नियमन गर्न सहमति

    • ३.
      एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको दाबी

    • ४.
      विश्व टेलिभिजन दिवसमा भिडियो पत्रकारको भेला

    • ५.
      विदेशस्थित नेपालीको मताधिकारका लागि तीन विकल्पमा विचार हुँदै

    • ६.
      बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको निधन, एक बालक गम्भीर घाइते

    • ७.
      बाँकेको डुडुवामा भूमिहीन सुकुम्वासी सङ्घर्ष समिति

    • ८.
      मधेसको नयाँ मुख्यमन्त्रीमा जसपाका यादव

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.