काठमाडौँ । विश्व टेलिभिजन दिवसका अवसरमा काठमाडौँका विभिन्न सञ्चारमाध्यममा कार्यरत भिडियो पत्रकारको भेलाले नेपाल भिडियो जर्नालिस्ट एसोसिएसन तदर्थ समिति गठन गरेको छ ।
काठमाडौँमा २०८३ मङ्सिर ५ गते सम्पन्न भेलाले नेपाल टेलिभिजनका भिडियो पत्रकार शिव पङ्गेनीको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
एसोसिएसनको सदस्यमा कान्तिपुर टेलिभिजनका मुरारी घिमिरे, ग्लोबल टेलिभिजनका राजु थापा, न्युज एजेन्सी नेपालका देवानन्द शिल्पकार तथा भिडियो पत्रकारहरू निरनराज वाना, विनोद थापा, सुरेन्द्र श्रेष्ठ, कृष्ण श्रेष्ठ, कुमार मानन्धर, विष्णु पन्थी र कृति पन्त रहेका छन् ।
तदर्थ समितिका संयोजक पङ्गेनीले नेपालभर व्यावसायिक रूपमा काम गर्ने भिडियो पत्रकारलाई सङ्गठित बनाई उनीहरूको पेसागत हकहित, अधिकार र व्यावसायिक सुरक्षाका लागि संस्था गठन गरिएको बताए ।
त्यस अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले अहिलेको युग मल्टिमिडियाको भएकाले फोटो तथा भिडियो पत्रकारिताको क्षेत्रमा काम गर्ने सबै एकजुट हुन आवश्यक रहेको बताए ।