काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१ मा आफैँलाई गोली प्रहार गरेका प्रहरी हवल्दार डोलनाथ ढकालको उपचारका क्रममा निधन भएको छ ।
Advertisement
उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) रहेका ढकालले बिहीबार साँझ ड्युटीमा प्रयोग गर्ने पेस्तोलबाट आफैँलाई गोली प्रहार गरेका थिए ।
टाउकोमा चोट लागेका उनलाई परिवारका सदस्यले त्रिवि शिक्षण अस्पताल पुर्याएका थिए । घटनाबारे प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।