• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, मङि्सर ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको निधन

घातक स्वायत्त हतियार नियमन गर्न सहमति

एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको दाबी

विश्व टेलिभिजन दिवसमा भिडियो पत्रकारको भेला

विदेशस्थित नेपालीको मताधिकारका लागि तीन विकल्पमा विचार हुँदै

बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको निधन, एक बालक गम्भीर घाइते

बाँकेको डुडुवामा भूमिहीन सुकुम्वासी सङ्घर्ष समिति

मधेसको नयाँ मुख्यमन्त्रीमा जसपाका यादव

यस वर्ष पनि मेसिनबाट रोपियो खैरहनीमा आलु

लोकप्रिय समाचार

  • १. राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

  • २. रसुवाका बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटासहित)

  • ३. युवाहरूको आक्रोशलाई एउटा षड्यन्त्रको हतियारका रूपमा प्रयोग गरियो

  • ४. ‘निर्धारित समयमै चुनाव हुनुपर्दछ’ मसाल भन्छ– ‘रास्वपा र राप्रपासित तालमेल हुँदैन’

  • ५. न्यायाधीशका पीएसओको गोली लागेर निधन

  • ६. दोस्रो पटक बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटोसहित)

  • ७. अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक वर्षयताकै कम

  • ८. भारतस्थित नेपालीहरूका हकहित र अधिकारका लागि मूल प्रवाहले अभिभावकीय भूमिका खेल्दै आएको छ : प्रेम पौडेल

  • ९. प्रगतिशील देउसीभैलोलाई सहयोग गर्ने सबैलाई रक्तिमको धन्यवाद

  • १०. राजमो कावा अध्यक्ष नेपाली उपचारपछि डिस्चार्ज

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने


  •   शुक्रबार, मङि्सर ०४, २०८३ मा प्रकाशित
  • बर्लिन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुशनरले युद्ध अन्त्यपछि युक्रेनलाई नेटोको धारा ५ सरहको सुरक्षा ग्यारेन्टी दिने प्रस्तावमा रुस सहमत हुन सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    Advertisement

    बर्लिनमा बिहीबार करिब ४० युरोपेली नेताहरूसँग भएको छलफलमा कुशनरले रुसी पक्षलाई यस्तो सुरक्षा व्यवस्थाप्रति सहज बनाइएको बताउनुभयो । उहाँसँगै उपस्थित अर्का अमेरिकी विशेष दूत स्टिभ विटकफले पनि चीनमा राष्ट्रपति ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको छलफलका विषयमा युरोपेली नेताहरूलाई जानकारी गराउनुभएको थियो ।

    कुशनरका अनुसार राष्ट्रपति ट्रम्प युक्रेनलाई नेटोको धारा ५ सरहको सुरक्षा ग्यारेन्टी दिन सकारात्मक हुनुहुन्छ । तर, यस्तो व्यवस्था अमेरिकी हितअनुकूल र व्यापक सुरक्षा प्याकेजको हिस्सा हुनुपर्ने उहाँको भनाइ छ । कुनै पनि सम्झौता युक्रेन र युरोपसँगको परामर्शमा मात्रै गरिने उहाँले स्पष्ट पार्नुभयो ।युक्रेनले भविष्यमा रुसी आक्रमण हुन नदिन भरपर्दो सुरक्षा व्यवस्था माग्दै आएको छ भने रुसले नेटोको सैन्य प्रभाव आफ्नो सीमाबाट टाढा राख्न चाहेको छ । नेटोको धारा ५ अनुसार कुनै सदस्य राष्ट्रमाथि भएको आक्रमणलाई सबै सदस्य राष्ट्रमाथिको आक्रमण मानिन्छ । यद्यपि, प्रस्तावित सुरक्षा ग्यारेन्टीको स्वरूप र त्यसमा रुस तथा युक्रेनको सहमति हुने विषय अझै स्पष्ट भएको छैन ।

    यसैबीच, युक्रेनले क्रिमियालाई रुसी मुख्य भूमिसँग जोड्ने १९ किलोमिटर लामो केर्च पुलमा गरेको आक्रमणले युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक प्रयासलाई थप चुनौती दिएको छ । आक्रमणबाट पुलको सडक खण्डमा गम्भीर क्षति पुगेको पुटिनले बताउनुभएको छ । उहाँले चीनको सेन्जेनमा पत्रकारहरूसँग कुरा गर्दै आक्रमणको जवाफ दिने चेतावनी दिनुभयो ।

    रुसले सन् २०१४ मा कब्जा गरेको क्रिमियामाथिको नियन्त्रणको प्रतीक मानिने उक्त पुल रुसी सेनाको आपूर्तिका लागि पनि महत्त्वपूर्ण मार्ग हो । आक्रमणपछि रातभर रोकिएको रेल सेवा बिहीबार दिउँसो पुन: सञ्चालन गरिएको रुसी समाचार संस्था आरआइए नोभोस्तीले जनाएको छ । युक्रेनको रक्षा मन्त्रालयले आक्रमणले रुसी सेनाको इन्धन र गोलाबारुद आपूर्तिमा अवरोध पुर्‍याउने जनाएको छ ।

    रुसी रक्षा मन्त्रालयका अनुसार बिहीबार राति देशका १० क्षेत्रमा ५३ युक्रेनी ड्रोन खसालिएका थिए । साराटोभ क्षेत्रमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको र दुई जना घाइते भएको स्थानीय गभर्नर रोमन बुसार्गिनले बताउनुभएको छ । ब्रायन्स्क क्षेत्रमा आठ वर्षीय नातिसँग साइकलमा रहेकी एक महिलाको पनि ड्रोन आक्रमणमा मृत्यु भएको छ ।

    युक्रेनी अधिकारीहरूका अनुसार रुसले एन्टी–शिप क्षेप्यास्त्र र ९८ ड्रोन प्रहार गर्दा १८ स्थानमा आक्रमण भएको थियो । रुसी आक्रमणबाट युक्रेनका १२ क्षेत्रमा क्षति पुग्नुका साथै दुई जनाको मृत्यु र कम्तीमा २३ जना घाइते भएका छन् । किएभस्थित नेदरल्यान्ड्स र अस्ट्रियाका दूतावासमा समेत सामान्य क्षति पुगेको बताइएको छ ।

    रुसले सैनिक तथा सैन्य स्रोतसाधनको सङ्ख्यात्मक क्षमताका आधारमा युक्रेनलाई कमजोर पार्ने रणनीति अपनाएको छ । तर, युक्रेनले ड्रोनको प्रयोगबाट रुसी सेनाको अग्रगमन रोक्दै आएको छ । रुसले जाडोयामअघि युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र बनाएको छ भने युक्रेनले लामो दूरीका ड्रोन र क्षेप्यास्त्रबाट रुसी तेल प्रशोधन केन्द्रलगायतका लक्ष्यमा प्रहार गरिरहेको छ ।

    चीनमा पुटिनसँगको भेटमा ट्रम्पले उहाँलाई ‘मित्र’ सम्बोधन गर्नुभएको थियो । यसले युक्रेनका युरोपेली सहयोगीहरूमा चिन्ता बढाएको छ ।

    ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबीचको सम्बन्धसमेत पछिल्लो समय कमजोर बनेको छ । युरोपेली नेताहरूले ट्रम्प र पुटिनबीचको प्रत्यक्ष वार्ताले आफूहरूलाई निर्णय प्रक्रियाबाट बाहिर पार्न सक्ने आशङ्का गरेका छन् ।

    कुशनरले भने ट्रम्पले पुटिन र सी जिनपिङ दुवैलाई शान्तिका लागि स्पष्ट सन्देश दिएको बताउनुभयो । पुटिनले पनि युक्रेन युद्धसम्बन्धी वार्तामा युरोपेली सहभागिताको विरोध नगरेको तर युरोपले कस्तो भूमिका निर्वाह गर्न चाहन्छ भन्ने स्पष्ट हुनुपर्ने बताउनुभएको छ । क्रेमलिनले युरोपेली अधिकारीहरूलाई आफ्नो धारणा प्रस्तुत गर्न मस्को आउन प्रस्ताव गरेको भए पनि भ्रमणको मिति तय भएको छैन । कुशनरको विश्वास

    शुक्रबार, मङि्सर ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको निधन
    घातक स्वायत्त हतियार नियमन गर्न सहमति
    एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको दाबी
    विश्व टेलिभिजन दिवसमा भिडियो पत्रकारको भेला
    विदेशस्थित नेपालीको मताधिकारका लागि तीन विकल्पमा विचार हुँदै
    बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको निधन, एक बालक गम्भीर घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

    • २.
      रसुवाका बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटासहित)

    • ३.
      युवाहरूको आक्रोशलाई एउटा षड्यन्त्रको हतियारका रूपमा प्रयोग गरियो

    • ४.
      ‘निर्धारित समयमै चुनाव हुनुपर्दछ’ मसाल भन्छ– ‘रास्वपा र राप्रपासित तालमेल हुँदैन’

    • ५.
      न्यायाधीशका पीएसओको गोली लागेर निधन

    • ६.
      दोस्रो पटक बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटोसहित)

    भर्खरै

    • १.
      भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको निधन

    • २.
      घातक स्वायत्त हतियार नियमन गर्न सहमति

    • ३.
      एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको दाबी

    • ४.
      विश्व टेलिभिजन दिवसमा भिडियो पत्रकारको भेला

    • ५.
      विदेशस्थित नेपालीको मताधिकारका लागि तीन विकल्पमा विचार हुँदै

    • ६.
      बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको निधन, एक बालक गम्भीर घाइते

    • ७.
      बाँकेको डुडुवामा भूमिहीन सुकुम्वासी सङ्घर्ष समिति

    • ८.
      मधेसको नयाँ मुख्यमन्त्रीमा जसपाका यादव

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.