काठमाडौँ । राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष रश्मिराज नेपाली फोक्सो र निमोनियाको उपचारपछि डिस्चार्ज हुनुभएको छ ।
गत कात्तिक २२ गते त्रिवि टिचिङ अस्पताल भर्ना हुनुभएका नेपाली २०८३ कात्तिक २९ गते आइतबार डिस्चार्ज हुनुभएको थियो ।
यसअघि पनि उहाँ कात्तिक २० गते सोही अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो । श्वासप्रश्वाससँगै निमोनियाको समस्या देखा परेपछि उहाँ पुन: कात्तिक २२ गते टिचिङ भर्ना हुनुभएको थियो ।
युगदर्शनसित सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले पहिलेभन्दा आफ्नो स्वास्थ्यस्थितिमा सुधार आएको बताउनुभयो ।
‘कात्तिक २२ गते भर्ना हुनुभन्दा अहिले मेरो स्वास्थ्यमा धेरै नै सुधार भएको छ’ उहाँले भन्नुभयो– ‘श्वासप्रश्वासका विज्ञ डक्टरलाई पुन: फोक्सो देखाउने गरी मलाई आज ४ बजे डिस्चार्ज गरिएको छ ।’
अध्यक्ष नेपालीले यतिखेर भर्ना हुने गरी उपचार गर्नुपर्ने अवस्था नरहे पनि ओपिडीमार्फत उपचार गर्नुपर्ने स्थिति रहेको बताउनुभयो ।
कावा अध्यक्ष नेपाली उमेरले यतिखेर ८५ वर्षमा हुनुहुन्छ ।