• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारत भ्रमण गर्ने टपटेन देशमध्ये नेपाली दशौँ

ङिमा ङिटु, पिङमच्चे, फुक्सिङ सिरिज : एउटा जीवनदर्शन

एमाले तयार, नेकपा अलमलमा

भीमफेदी दुर्घटनामा मृतकको सङ्ख्या १४ पुग्यो

बालेनको भारत भ्रमणमा पञ्चेश्वर आयोजना प्रमुख एजेन्डा

नासाको ठक्करबाट बाटो बदलिएको क्षुद्रग्रहमा युरोपेली यानको निगरानी

युद्धबन्दी रिहा गर्न रुस र युक्रेन तयार

भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाललाई ज्यान मार्ने धम्की, सात करोत फिरौती माग

लोकप्रिय समाचार

  • १. एमाले तयार, नेकपा अलमलमा

  • २. मूल प्रवाहका गौरवमय ४७ वर्ष

  • ३. राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

  • ४. ट्रम्प र नेतान्याहूको पराजय साम्राज्यवादकै पराजय भएको मसालको निष्कर्ष

  • ५. भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

  • ६. मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४८औँ वर्षमा प्रवेश

  • ७. जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन

  • ८. ‘कसैले पछि काम गर्ला’ भनेर उधारोमा एमबिबिएस कोटा दिइएको गेटा मेडिकल कलेज

  • ९. चेन्नैमा संयुक्त प्रगतिशील भैलो कार्यक्रम

  • १०. ‘संसारमा सुन्दर छ नेपाल’ विमोचन

काठमाडौँ उपत्यकामा पनि छठको तयारी सुरु


  •   बिहिबार, कार्तिक २६, २०८३ मा प्रकाशित
  • काठमाडौँ । छठका लागि काठमाडौँ उपत्यकाका विभिन्न नदीकिनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ ।

    Advertisement

    काठमाडौँमा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको सङ्ख्या बढ्दै गएपछि यस वर्ष पनि विभिन्न १७ स्थानमा छठघाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको हो ।

    गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदीकिनार, टेकु र वंशीघाटलगायत स्थानमा छठ मनाउने तयारी गरिएको छ ।

    छठको अवसरमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिइ पूजा गर्ने परम्परा छ । चार दिनसम्म विभिन्न विधि र धार्मिक आस्थाका साथ मनाइने यस पर्वमा नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर व्रतालुले सूर्यको उपासना गर्छन् ।

    गौरीघाटस्थित छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहका अनुसार गौरीघाटमा मात्रै पाँच सय ५७ जना ब्रतालुले पूजा गर्न सक्ने गरी घाट निर्माण भइरहेको छ । घाटमा पाल टाँग्ने, बत्तीको व्यवस्था गर्ने, नदीकिनार सरसफाइ गर्ने तथा आवश्यक पूर्वाधार तयार पार्ने काम भइरहेको उनले जानकारी दिए ।

    काठमाडौँमा छठ मनाइने प्रमुख स्थानमा गौरीघाट र गुह्येश्वरी क्षेत्र, कमलपोखरी, बागमती नदीकिनारको थापाथली, टेकु, वंशीघाट, कुपण्डोल र बल्खु क्षेत्र रहेका छन् ।

    त्यसैगरी विष्मणुती नदीकिनार, नख्खु नदीकिनार, तीनकुने दोभान, टङ्केश्वर, बोक्सीदह, कुलेश्वर, रामघाट तथा बालाजुस्थित बाइसधारामा पनि छठपूजा गर्ने गरिएको छ ।

    काठमाडौँ महानगरपालिकाले विगतका वर्षमा कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभान, टङ्केश्वर, बल्खुस्थित कुमारी क्लब क्षेत्र, कुलेश्वर भलिबल ग्राउन्ड र रामघाटलाई छठ पूजाका प्रमुख स्थलका रूपमा व्यवस्थापन गर्दै आएको छ ।

    बालाजु बाइसधारा र वंशीघाटलगायत स्थानमा पनि पर्वका अवसरमा घाट निर्माण तथा व्यवस्थापन हुँदै आएको छ ।

    छठअन्तर्गत कात्तिक २८ गते शनिबार खरनाविधि गरिनेछ । कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गरिनेछ भने कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व सम्पन्न हुनेछ ।

    विशेषगरी तराई मधेशमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पछिल्लो समय काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा विस्तार हुँदै गएको छ ।

    बिहिबार, कार्तिक २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारत भ्रमण गर्ने टपटेन देशमध्ये नेपाली दशौँ
    ङिमा ङिटु, पिङमच्चे, फुक्सिङ सिरिज : एउटा जीवनदर्शन
    एमाले तयार, नेकपा अलमलमा
    भीमफेदी दुर्घटनामा मृतकको सङ्ख्या १४ पुग्यो
    बालेनको भारत भ्रमणमा पञ्चेश्वर आयोजना प्रमुख एजेन्डा
    नासाको ठक्करबाट बाटो बदलिएको क्षुद्रग्रहमा युरोपेली यानको निगरानी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      एमाले तयार, नेकपा अलमलमा

    • २.
      मूल प्रवाहका गौरवमय ४७ वर्ष

    • ३.
      राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

    • ४.
      ट्रम्प र नेतान्याहूको पराजय साम्राज्यवादकै पराजय भएको मसालको निष्कर्ष

    • ५.
      भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

    • ६.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४८औँ वर्षमा प्रवेश

    भर्खरै

    • १.
      भारत भ्रमण गर्ने टपटेन देशमध्ये नेपाली दशौँ

    • २.
      ङिमा ङिटु, पिङमच्चे, फुक्सिङ सिरिज : एउटा जीवनदर्शन

    • ३.
      एमाले तयार, नेकपा अलमलमा

    • ४.
      भीमफेदी दुर्घटनामा मृतकको सङ्ख्या १४ पुग्यो

    • ५.
      बालेनको भारत भ्रमणमा पञ्चेश्वर आयोजना प्रमुख एजेन्डा

    • ६.
      नासाको ठक्करबाट बाटो बदलिएको क्षुद्रग्रहमा युरोपेली यानको निगरानी

    • ७.
      युद्धबन्दी रिहा गर्न रुस र युक्रेन तयार

    • ८.
      भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.