दाङ । प्रगतिशील कलाकार नवीन बस्यालको शब्दरचना र रक्तिमका गायक थुमराज ढुङ्गानाको स्वर रहेको ‘संसारमा सुन्दर छ नेपाल’ गीतको विमोचन भएको छ ।
Advertisement
दाङको कम्युनिस्ट आन्दोलनका संस्थापक सेक्रेटरी, प्रेस काउन्सिलका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार तथा साहित्यकार नारायणप्रसाद सर्माले सो गीत विमोचन गर्नुभएको हो ।
रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिद्वारा आयोजित प्रगतिशील देउसीभैलो कार्यक्रममाझ २०८३ कात्तिक २२ गते उक्त गीतलाई बजाएर शर्माले विमोजन गर्नुभएको थियोे ।
कार्यक्रमको सञ्चालन रक्तिमका अध्यक्ष गिरीप्रसाद बुढाले गर्नुभएको थियोे भने गायक ढुङ्गानाले गीतका शब्द र सन्दर्भका विषयमा प्रकाश पार्नु भएको थियोे ।
गीत विमोचनपछि देउसीभैलोमा सहभागी सम्पूर्ण कलाकार उत्साहजनक गीतसङ्गीत र नृत्य प्रस्तुत गर्नुभएको थियो ।






