— दीप गोले तामाङ ###
Advertisement
पूँजीवादको गर्वभित्रबाट
जन्मिएको असमानताको पर्खाल
ढल्दै छ।
राता झन्डाहरू फरफराउँदै छन्
युरोपका राजधानीहरूमा,
जनताको हुंकारले
शोषणको सत्ता ढाल्दै छ।
न त सेनाको बन्दुकसँग डराए ती भीडहरू,
न त प्रहरीका पानीका फोहरासँगै भागे।
पेरिसका सडकहरूमा
विद्रोहको आगो दन्किँदै छ,
संसद् भवनका पर्खालहरूमा
जनताको आक्रोश गुञ्जिँदै छ।
सत्ता र शोषणका प्रतीकहरू
जनताको प्रतिरोधले हल्लिँदै छन्।
जारशाहहरूको मुटु काँप्यो,
यो अन्याय र अत्याचारविरुद्धको आवाज हो।
यो असमानता र विभेदविरुद्ध
इन्कलाबको नारा हो।
यो संसारभरि फैलिनेछ,
यो पूँजीवाद ढल्नेछ।
न्याय र समानताको गीत गाइनेछ,
वर्गविहीन समाजको उदय हुनेछ।





