• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

अविरल वर्षाले दुई घर र गोठमा क्षति

कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • ९. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

  • १०. चाडपर्वले नेपाली मौलिकताको रक्षा गर्छ : नेपाली

कञ्चनपुरमा ७५ फिट अग्लो नेपालआमाको मूर्ति बन्दै


  •   शनिबार, कार्तिक १४, २०८३ मा प्रकाशित
  • भीमदत्तनगर । धार्मिक पर्यटनले पूर्वपश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका–८ चुरेफेदस्थित भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण भइरहेको छ ।

    Advertisement

    ऐतिहासिक धामलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नका लागि साविकका ७५ ओटा जिल्ला चिनाउने ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुन लागेको हो ।

    नेपालको पूर्व र पश्चिमलाई धार्मिक पर्यटनले जोड्ने उद्देश्यका साथ २०७५ सालदेखि काम थालिएको मूर्ति निर्माण समितिका अध्यक्ष जनक जोशीले जानकारी दिए ।

    ‘जगत्गुरु मोहनशरण देवाचार्यको अभियानमा मूर्ति निर्माण सुरु भएको हो’ उनले भने– ‘मूर्तिको ३९ फिट ढलान भइसकेको छ, बजेट अभावले केही समय निर्माण प्रभावित भएको थियो यसपटक प्रदेश सरकारबाट बजेट आएको छ ।’

    उनले मूर्तिनिर्माणका लागि २५ टन तामा आवश्यक रहेको बताए । अध्यक्ष जोशीका अनुसार हाल समितिसँग १५ टन पित्तल मौज्दात छ ।

    जगत्गुरु मोहनशरण देवाचार्यले २०७२ वैशाखदेखि २०७४ माघसम्म नेपाललाई दाहिने पारेर परिक्रमा गर्ने क्रममा २२ टन तामा, पित्तललगायत धातु सङ्कलन गर्नुभएको उहाँले बताए । सोबाहेक यहाँका स्थानीयको धातु सहयोगबाट मूर्ति निर्माण भइरहेको उनको भनाइ छ ।

    मूर्ति निर्माणका लागि २०७४ सालमा निर्माण कम्पनी भ्याली कन्स्ट्रक्सनसँग १० करोड ८० लाखमा सम्झौता भएको थियो ।

    भम्केनी धाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुरन खत्रीले भम्केनी धामका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा रु तीन करोड २७ लाख बजेट विनियोजन भएको जानकारी दिए ।

    पछिल्लो समय यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै गएको उनको भनाइ छ । ‘नेपालका विभिन्न जिल्लाबाट धामको दर्शनका लागि भक्तजन आउने गरेका छन्’ उनले भने– ‘नेपालआमाको मूर्ति निर्माणपछि धाम धार्मिक पर्यटनको केन्द्र बन्ने अपेक्षा छ ।’

    धाममा सुदूरपश्चिम प्रदेशका नौओटै जिल्लाको फरकफरक कुण्ड निर्माण गरिएकाले यसले सुदूरपश्चिमका नौओटै जिल्लाका धार्मिक पर्यटक पनि यहाँ पुग्ने उनले विश्वास व्यक्त गरे । (रासस)

    शनिबार, कार्तिक १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन
    बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ
    व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने
    कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी
    अविरल वर्षाले दुई घर र गोठमा क्षति
    कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ३.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    • ४.
      व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

    • ५.
      नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

    • ६.
      कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

    • ७.
      अविरल वर्षाले दुई घर र गोठमा क्षति

    • ८.
      कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.