राम गैरे ‘पाल्पाली’ ##
Advertisement
अन्याय र महँगीको बजारमा छु ।
उदाउने बिहानकै इन्तजारमा छु ।१।
देख्ने र सुन्ने काम सबै पूरा भइसक्यो ।
अराजक पुँजीवादको कारागारमा छु ।२।
जनचेतनाले पुँजीवादको अन्त्य हुन्छ ।
हिजो र आज म त्यसैको प्रचारमा छु ।२।
उठ जाग निमुखा घरगाउँ बस्तीहरू
सबै खाले अन्यायको चिरफारमा छु ।३।
गाउँले सहर घेर्ने योजना बनाउनुछ
भन्छ गैरे यो सत्ताको प्रतिकारमा छु ।४।





