• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ६. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

अर्घाखाँचीको मौलिक पहिचान सराये नाच


  •   सोमबार, कार्तिक ०९, २०८३ मा प्रकाशित
  • अर्घाखाँची । हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै भाइ हो’ भन्ने उत्साहपूर्ण आवाज । दसैँको उल्लाससँगै अर्घाखाँचीका शक्ति पीठ तथा भगवती मन्दिरहरूमा देखिने यो दृश्य जिल्लाको मौलिक सांस्कृतिक पहिचान बोकेको सराये नाच को हो ।

    Advertisement

    हिन्दूहरूको महान् पर्व बडादसैँका अवसरमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म विभिन्न दिनमा नाचिने सराये अर्घाखाँचीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत नाच हो । आसुरी शक्तिमाथि दैवी शक्तिले विजय प्राप्त गरेको खुसियालीमा यो नाच नाच्ने परम्परा रहेको छ ।

    अर्घाखाँचीका विभिन्न शक्ति पीठ तथा भगवती देवीका मन्दिरहरूमा नाचिने सरायेमा महिला तथा पुरुषहरू तरवार, खुँडा र अन्य परम्परागत हतियार हातमा लिएर पञ्चेबाजाको तालमा नाच्दै हतियार प्रदर्शन गर्छन् । देवीका प्रतीकका रूपमा मानिने आलमसमेत सहभागी गराइने यस नाचले धार्मिक आस्था र वीरताको परम्परालाई जीवन्त बनाएको छ ।

    अर्घा भगवती मन्दिर तथा अर्घा दरबारलाई सराये नाचको उद्गमस्थलका रूपमा लिने गरिन्छ । अर्घाको सराये नाच पञ्चाङ्ग पात्रोमा पनि समावेश भएको र यो नेपालकै प्रसिद्ध सांस्कृतिक नाचमध्ये एक रहेको अर्घा भगवती मन्दिर तथा दरबार संरक्षण समितिका अध्यक्ष सरोज भुसालले बताउनुभयो ।

    तरवार, खँुडा र अन्य परम्परागत हतियारका साथै देवीका प्रतीक आलमलाई लिएर पञ्चेबाजाको तालमा नाचिने सरायेले धार्मिक आस्था र सांस्कृतिक गौरवलाई प्रतिबिम्बित गर्ने सन्धिखर्क नगरपालिका–७ खाँचीकोटका वडाध्यक्ष चुराबहादुर केसीको भनाइ छ । पाणिनी बहुमुखी क्याम्पसका प्राध्यापक तथा साहित्यकार माधवराज चुँदालीका अनुसार तरवार, खुडा र हतियार प्रदर्शन गर्दै आलम देवीका साथमा नाचिने यस परम्पराले देवी प्रसन्न हुने धार्मिक मान्यता रहेको छ ।

    बडादसैँका अवसरमा अर्घाखाँचीका विभिन्न स्थानमा निश्चित दिनमा सराये नाच्ने परम्परा छ । एकादशीको दिन सन्धिखर्क, द्वादशीका दिन शीतगङ्गा नगरपालिकाको ठाडा र भूमिकास्थान नगरपालिकाको ढिकुरा, त्रयोदशीको दिन सन्धिखर्क नगरपालिकाको खाँचीकोट र भूमिकास्थान नगरपालिकाको ताराखसे, चतुर्दशीको दिन मालारानी गाउँपालिकाको रागामारे र सन्धिखर्कको कुर, कोजाग्रत पूर्णिमाका दिन अर्घा भगवती मन्दिर तथा अर्घा दरबारमा नाचिने परम्परा रहेको छ ।

    दसैँमा विशेष रूपमा नाचिने सराये चैतेदसैँका अवसरमा पनि प्रदर्शन गरिन्छ । यसले वर्षौंदेखि पुस्तान्तरण हुँदै आएको अर्घाखाँचीको सांस्कृतिक सम्पदालाई निरन्तरता दिएको छ । सराये नाच केवल धार्मिक अनुष्ठान वा मनोरञ्जनमा सीमित छैन । यसले हिन्दू सांस्कृतिक परम्पराको संरक्षणसँगै विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको अर्घाखाँचीका सांसद हरिप्रसाद भुसालको भनाइ छ ।

    महिला र पुरुष मात्र नभई विभिन्न जातजाति तथा समुदायका मानिसहरू एकै ठाउँमा भेला भएर उत्साहपूर्वक सहभागी हुने भएकाले सराये सामाजिक एकताको प्रतीक पनि बनेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । सराये अर्घाखाँचीको नाच मात्र होइन, इतिहास, आस्था, वीरता, संस्कृति र सामाजिक सद्भावलाई एउटै लयमा जोड्ने मौलिक सम्पदा हो ।

    आधुनिकताको प्रभावसँगै मौलिक कला, संस्कृति र परम्परा ओझेलमा पर्दै गइरहेका बेला अर्घाखाँचीको सराये नाचले पुर्खाले हस्तान्तरण गरेको सांस्कृतिक विरासतलाई जीवन्त राखेको छ । यसको संरक्षण, प्रवद्र्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्न सके अर्घाखाँचीको पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा चिनाउन थप सहयोग पुग्ने देखिन्छ ।

    सोमबार, कार्तिक ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै
    गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते
    प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु
    इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    • ६.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    भर्खरै

    • १.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • २.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ३.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ४.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ७.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    • ८.
      फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.