• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध

सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

कवि

गजल

लागुऔषधसहित १३ जना पक्राउ

मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध


  •   आइतबार, कार्तिक १५, २०८३ मा प्रकाशित
  • काठमाडौं, कात्तिक १५ । राष्ट्रिय जनमोर्चाले विभिन्न सञ्चारमाध्यमका कार्यालयमा भएको हस्तक्षेप तथा पत्रकारहरूको गिरफ्‌तारीप्रति विरोध जनाउँदै प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेको छ ।

    Advertisement

    पार्टीका प्रवक्ता तथा उपाध्यक्ष दुर्गा पौडेलद्वारा जारी प्रेस वक्तव्यमा समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, धम्क्याउने र दबाब दिने कार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरेको उल्लेख छ ।

    त्यसैगरी, इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीशबीच विचाराधीन मुद्दाका विषयमा भएको भनिएको संवाद विवरण सार्वजनिक भएको घटनाप्रति ध्यानाकर्षण गराउँदै पार्टीले न्यायपालिकाको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठाएको छ । उक्त घटनामा संलग्न सबै पक्षमाथि निष्पक्ष तथा स्वतन्त्र छानबिन गरी दोषीलाई कडा कारबाही गर्न पनि माग गरेको छ ।

    वक्तव्यमा अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकिएको भनी दिएको अभिव्यक्ति र प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको भनी दिएको अभिव्यक्तिको विरोध गरिएको छ । पार्टीले यी अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान, स्वाधीनता र सार्वभौमिकतामा आँच पुर्‍याउने भन्दै आपत्ति जनाएको छ ।

    वक्तव्यमा लेखिएको छ :

    “विभिन्न पत्रपत्रिकाका कार्यालयहरूमा भएको हस्तक्षेप र पत्रकारहरूलाई गिरफ्तार तथा धरपकड गरिएको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । प्रेस जगत लोकतन्त्रको महत्वपूर्ण खम्बा हो । प्रेस जगतले सत्यतथ्यलाई जनताको बिचमा ल्याउनुपर्दछ । समाचार लेखेको आधारमा पत्रकारलाई भयभित बनाउने, पक्राउ गर्ने र अनावश्यक दबाब दिने कार्य प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो । नेपालको संविधान र कानुनमा पनि प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको व्यवस्था रहेको छ । यसरी संविधान र कानुनको धज्जी उडाउँदै पत्रकार र प्रेस जगतमाथि गरिएको गिरफ्तारी र हस्तक्षेपले सरकारको गैर लोकतान्त्रिक चरित्रको पर्दाफास गरेको छ । सरकारको त्यस प्रकारको कार्यको हामीले कडा विरोध गर्दछौँ र पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताको प्रत्याभूति सुनिश्चित हुनुपर्ने आवश्यकतामाथि हामीले जोड दिन चाहन्छौँ ।

    इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीशबिचमा विचारारधीन मुद्याका विषयमा सार्वजनिक भएको संवाद विवरणले देशको न्यायप्रणाली र सरकारको असामान्य एवम् भ्रष्ट चरित्रलाई सतहमा ल्याएको छ । सार्वजनिक भएका विवरणहरूले न्यायपालिकाको निष्पक्षता र विश्वसनीयतामा कति धेरै ह्रास र देशको न्यायक्षेत्रप्रति सरकार कति धेरै गैरजिम्मेवार रहेका छन् भन्ने कुराको पुष्टि गर्दछन् । न्यायालयका न्यायधीश र विचौलिया बिचमा भएका सम्पर्क, मुद्यामा प्रभाव पार्ने गतिविधि र आर्थिक कारोबार सम्बन्धीका विवरणले न्यायालयमा मौलाउँदै गएको भ्रष्ट र जवाफदेहिता अभावलाई स्पष्ट रूपमा अगाडि ल्याएका छन् । यसबाट न्यायालयको स्वच्छ, न्यायिक, निष्पक्ष, पारदर्शी कार्यप्रणाली नष्ट हुँदै गएको स्पष्ट देखिन्छ । अहिले सार्वजनिक भएको काण्डमा सामेल भएका तथा मुछिएका सबै पक्षको निष्पक्ष र स्वतन्त्र छानवीन भएर दोषीहरूलाई कडा कारबाही गर्नुपर्ने आवश्यकतामाथि हाम्रो पार्टीले जोड दिन्छ ।

    अर्थमन्त्री स्वर्णीम वाग्लेले “नेपालमा भारत विरोधी राष्ट्रवादको युग सकियो”  भनेर दिएको अभिव्यक्ति र केही समय पहिले नेपालको संसदमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि कैयौँ स्थानमा भारतको भूमि अतिक्रमण गरेको भनेर दिएको अभिव्यक्तिको सम्पूर्ण अर्थ भारतीय शासकवर्गको गम्भीर र नाङ्गो दलाली हो भन्ने कुरा प्रष्ट गर्दछ । यसरी देशको प्रधानमन्त्री र अर्थमन्त्रीले दिएका समान अभिव्यक्तिले उनीहरूको राष्ट्रघाती चरित्रलाई संस्थागत रूपमा नै प्रमाणित गर्दछ । प्रधानमन्त्री बालेन्द्र शाहले “नेपालले पनि कैयौँ स्थानमा भारतको भूमि अतिक्रमण गरेको” भनेर दिएको अभिव्यक्तिको अहिलेसम्म उनकै नेतृत्वको सरकारले कुनै आधिकारिक प्रमाण प्रस्तुत गर्न सकेको छैन । उनीहरुको त्यस प्रकारको दृष्टिकोण वा चरित्रले देशको स्वाभिमान, राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता र सार्वभौमिकतामाथि गम्भीर आँच पु¥याउँदै लैजाने कुरा निश्चित छ । हामीले त्यस प्रकारको राष्ट्रघाती अभिव्यक्ति, क्रियाकलाप वा गतिविधिको कडा शब्दमा विरोध गर्दछौँ ।”

    २०८३ कार्तिक १५ गते ।

    आइतबार, कार्तिक १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध
    सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू
    लागुऔषधसहित १३ जना पक्राउ
    मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व
    हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन
    वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

    • २.
      राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध

    • ३.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    • ४.
      कवि

    • ५.
      गजल

    • ६.
      लागुऔषधसहित १३ जना पक्राउ

    • ७.
      मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

    • ८.
      हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.