• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

बागलुङका प्रहरीलाई बन्यो आवास

आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • ७. वेदकालीन समाज

  • ८. मनरो डक्ट्रिनको बहसमा स्वर्णिम वाग्ले : नेपालको राष्ट्रवाद र परराष्ट्र नीतिमाथि प्रश्न

  • ९. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • १०. लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

बागलुङका प्रहरीलाई बन्यो आवास


  •   सोमबार, कार्तिक १६, २०८३ मा प्रकाशित
  • बागलुङबजार । जस्ताले छाएका टहरा, ३० वर्ष पुरानो साँघुरो भवन र भाडाका कोठामा प्रहरीको आवास । जिल्ला सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङको अवस्था कुनै दुर्गम गाउँको प्रहरीचौकीभन्दा फरक थिएन ।

    Advertisement

    जग्गा भएर पनि पर्याप्त भवन नहुँदा प्रशासनिक कामदेखि प्रहरी आवास र हिरासत कक्षसम्म एउटै पुरानो भवनबाट सञ्चालन गर्नुपर्ने बाध्यता थियो । प्रहरी परिसरभित्र एकैपटक चारवटा नयाँ भवन निर्माण भएपछि प्रहरीको वर्षौँदेखिको भौतिक पूर्वाधारसम्बन्धी समस्या समाधान भएको छ ।

    नयाँ भवन निर्माणसँगै प्रहरीलाई आवासको व्यवस्था भएको छ भने व्यारेक, हिरासत कक्ष र कार्यालय प्रमुखको निवास उपलब्ध भएको छ । यसअघि भाडाको कोठामा बस्दै आएका प्रहरी अब कार्यालय परिसरभित्रै बस्न थालेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंका अनुसार पुरानो भवनबाट प्रशासनिक काम, हिरासतकक्ष र हातहतियार भण्डारणसमेत गर्नुपर्ने अवस्था थियो । प्रहरी आवासका लागि पर्याप्त ठाउँ नहुँदा केही प्रहरी भाडाको कोठामा बस्नुपर्ने बाध्यता थियो ।

    सङ्घीय सरकारको प्रहरी पूर्वाधार निर्माण कार्यक्रमअन्तर्गत रु नौ करोड ७१ लाख ९३ हजार पाँच सय लागतमा प्रहरी परिसरमा ब्यारेक, हिरासतकक्ष, वरिष्ठ प्रहरी अधिकृतको आवास, कार्यालय प्रमुखको निवास, मोटर ग्यारेज, पर्खाल र प्रवेशद्वार निर्माण गरिएको छ । पुरानो कार्यालय भवनको मर्मतसम्भार र सौन्दर्यकरण गरिएको छ ।

    नवनिर्मित व्यारेक भवनको भुइँतलामा मेस, भण्डारकक्ष तथा प्रहरी कर्मचारीका लागि आवासको व्यवस्था गरिएको छ । महिला प्रहरीका लागि छुट्टै सुविधासम्पन्न ब्यारेक निर्माण गरिएको छ । पहिलो र दोस्रो तलासहित आठ हजार छ सय ७१ वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको उक्त भवनमा एक सय ४० जना प्रहरी बस्न सक्ने क्षमता छ ।

    त्यस्तै, प्रहरी परिसरमा महिला र पुरुषका लागि छुट्टाछुट्टै हिरासतकक्ष निर्माण गरिएको छ । हिरासत भवनमा सुरक्षाकक्ष, भेटघाटकक्ष, नाबालिगका लागि दुईवटा छुट्टै हिरासतकक्ष, अन्तरवार्ताकक्ष र हातहतियार भण्डारणकक्षको व्यवस्था गरिएको छ । शौचालयसहितको हिरासतकक्ष निर्माण भएपछि थुनुवाको व्यवस्थापनमा सहज भएको छ ।

    प्रहरी अधिकृत र कार्यालय प्रमुखका लागि दुइटा आवासीय भवन निर्माण गरिएका छन् । यसअघि कार्यालय प्रमुखको निवास पुरानो अञ्चल प्रहरी कार्यालयबाट सञ्चालन हुँदै आएको थियो ।

    पर्याप्त कार्यकक्ष र आवासको व्यवस्था भएपछि प्रहरीको दैनिक कार्यसम्पादन, सुरक्षा व्यवस्थापन र सेवा प्रवाहमा सहजता थपिएको प्रहरीको भनाइ छ । सुरक्षित र सुविधासम्पन्न वातावरणमा बस्न पाउँदा प्रहरी कर्मचारीको मनोबल बढ्ने अपेक्षा गरिएको छ ।

    जिल्ला सदरमुकामस्थित प्रहरी कार्यालयको भौतिक अवस्था सुधार भए पनि जिल्लाका अन्य प्रहरीचौकीको अवस्था भने अझै कमजोर छ । जिल्लाभरका १५ ओटा प्रहरीचौकी भाडाका घरबाट सञ्चालन भइरहेका छन् ।

    प्रहरी उपरीक्षक प्रसाईंका अनुसार जिल्लाका आठवटा प्रहरीचौकीको आफ्नै जग्गा छैन भने जग्गा भएका सातोटा चौकीमा भवन निर्माण हुनसकेको छैन । जिल्लाको मुख्य प्रवेशद्वार मालढुङ्गास्थित प्रहरीचौकीका भवन अभावमा चार वर्षदेखि घाटको सत्तलमा बसेर सेवा दिइरहेका छन् । उक्त चौकीका लागि भने हाल भवन निर्माणको शिलान्यास गरिएको छ । (रासस)

    सोमबार, कार्तिक १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड
    आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने
    हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो
    जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान
    सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष
    भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    भर्खरै

    • १.
      वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

    • २.
      बागलुङका प्रहरीलाई बन्यो आवास

    • ३.
      आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

    • ४.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • ५.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ६.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ७.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ८.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.