• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मङ्गलको चन्द्रमाबाट नमुना ल्याउन जापानको अभियान

अमेरिकी मध्यावधि चुनावमा कडा प्रतिस्पर्धा हुने

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार गरियो

चौबिस घण्टाका घटनामा एकको मृत्यु, ११ घाइते

जलवायु चेतनाका लागि भारतीय र्‍यापरको सङ्गीत सन्देश

मालीमा सशस्त्र आक्रमण हुँदा ५० जनाको मृत्यु

सुनखानी भत्किँदा १४ जनाको मृत्यु

केन्याली धर्मगुरु म्याकेन्जी हत्यामा दोषी

अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक सञ्चालनमा

लोकप्रिय समाचार

  • १. चार मन्त्रीद्वारा राजीनामा

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. बुढीगण्डकी बाढीले दिएको चेतावनी

  • ४. खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

  • ५. मूल प्रवाहको सहयोगमा हराएकी निर्मला सुनार परिवारको सम्पर्कमा

  • ६. सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

  • ७. किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

  • ८. निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड

  • ९. महँगो दशैं, खर्चिलो बजार

  • १०. भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा

अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक सञ्चालनमा


  •   मङ्गलबार, कार्तिक ०३, २०८३ मा प्रकाशित
  • खाँदबारी । नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि सञ्चालनमा आएको छ । नेपाल–चीन जोड्ने लाइफलाइन सो सडकखण्ड विगत तीन महिनादेखि अवरुद्ध थियो ।

    Advertisement

    गत साउनमा भोटखोला गाउँपालिका–२ स्थित छुम्सुरमा ठुलाठुला चट्टानसहितको पहिरो खस्दा सो सडकमा पूर्ण रूपमा सवारीसाधन आवतजावत गर्न अवरुद्ध भएको थियो ।

    किमाथाङ्काबाट करिब २१ किलोमिटर र खाँदबारीबाट करिब एक सय ४१ किलोमिटर दुरीमा रहेको उक्त स्थानमा खसेको पहिरो हटाउन उत्तर–दक्षिण (कोशी) राजमार्ग आयोजनाले नेपाली सेनालाई अनुरोध गरेको थियो । सोही आग्रहअनुसार नेपाली सेनाको नं. १ विकास निर्माण गण अन्तर्गत छुम्सुर पोस्टबाट सैनिक टोली संलग्न भएको आयोजनाले जनाएको छ ।

    श्री इन्द्रदल गुल्मको जिम्मेवारी क्षेत्रभित्र पर्ने उक्त स्थानमा खटिएको सैनिक टोलीले विष्फोटन (ब्लास्टिङ) मार्फत् ठुलाठुला विशाल चट्टानलाई ससाना टुक्रामा विभाजन गरेको थियो भने आयोजनाले उक्त चट्टान हटाएर सडक पुन: पूर्ण रूपमा सञ्चालनमा ल्याएको आयोजना प्रमुख रामबहादुर गुरुङले जानकारी दिए ।

    गुरुङका अनुसार पहिरोमा खसेका ठुला चट्टान हटाउन सामान्य उपकरणले सम्भव नभएपछि विस्फोटक पदार्थसमेत प्रयोग गर्नुपर्ने परेको थियो । नेपाल–चीन व्यापारीक सम्पर्कका प्रमुख नाका रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको तातोपानी र मुस्ताङको कोरला नाका प्राकृतिक बिपद् तथा सडक अवरोधका कारण आवागमन र पारवहन प्रभावित भइरहेका छन् । यस्तो अवस्थामा किमाथाङ्का सडकखण्डमा यातायात सेवा पुन:सञ्चालन हुँदा थप सहज हुने अपेक्षा गरिएको छ, साथै उत्तरी सीमासम्मको पहुँचको महत्त्वलाई थप उजागर गरेको छ ।

    आयोजना प्रमुख गुरुङले भने– ‘भोटखोला–२ स्थित छुम्सुरमा ठुला चट्टानसहितको पहिरो हटाउन भौगोलिक अवस्थाका कारण अत्यन्त कठिन थियो । चुनौतीपूर्ण परिस्थितिमा चट्टानको अवरोध हटाउन नेपाली सेनाको अथक योगदान र सहयोग रह्यो ।”

    सडक अवरुद्ध हुँदा दैनिक आवागमन, सामान ढुवानी तथा स्थानीय जनजीवनमा समेत समस्या उत्पन्न भएको थियो । सडक आयोजना कार्यालयले अन्य सडक खण्डमा नियमित मर्मतसम्भार गरेर यातायात सञ्चालन भइरहेको जनाएको छ । कोशी क्षेत्रको सडक सञ्जाललाई उत्तरी सीमावर्ती क्षेत्रसम्म जोड्ने रणनैतिक रूपमा महत्त्वको रूपमा रहेको यस सडकमा वर्षायाममा पहिरो र चट्टान खस्ने जोखिमले यातायात सञ्चालनमा चुनौती थपिँदै आएको छ ।

    भौगोलिक रूपमा अतिविकट कडा चट्टान भएका कारण खाँदबारी–किमाथाङ्का सडकखण्डको एक सय ६२ किमिमध्ये १०.८ किमी सडक निर्माणको जिम्मा सरकारले सेनालाई दिएको थियो । कडा चट्टान र भौगोलिक विकटता भएका कारण सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर सडक निर्माण सम्पन्न गरेर गत वैशाखमा हस्तान्तरण गरेको थियो । उत्तरी क्षेत्रमा पर्ने किमाथाङका नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ । किमाथाङ्का–जोगबनी खण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडकका रूपमा मानिन्छ । किमाथाङका–जोगबनी सडकखण्ड सञ्चालन भएपछि कोशी प्रदेशका सङ्खुवासभा, धनकुटा, तेह्रथुम, सुनसुरी, मोरङ, झापा र भोजपुरवासी लाभान्वित हुनेछन् । (रासस)

    मङ्गलबार, कार्तिक ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार गरियो
    चौबिस घण्टाका घटनामा एकको मृत्यु, ११ घाइते
    चितवनबाट तीन हजार बढी मतदाताको नाम सूचीबाट हट्यो
    विष्णुकुमारी तिवारीको स्मृतिमा राजमोको श्रद्धाञ्जली सभा
    साइकलमा ड्रागन फ्रुट बेचेर स्वरोजगारको सन्देश प्रवाह गरिँदै
    पाँच लाख ७६ हजार बढीले छाडे काठमाडौँ उपत्यका

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार मन्त्रीद्वारा राजीनामा

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      बुढीगण्डकी बाढीले दिएको चेतावनी

    • ४.
      खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

    • ५.
      मूल प्रवाहको सहयोगमा हराएकी निर्मला सुनार परिवारको सम्पर्कमा

    • ६.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    भर्खरै

    • १.
      मङ्गलको चन्द्रमाबाट नमुना ल्याउन जापानको अभियान

    • २.
      अमेरिकी मध्यावधि चुनावमा कडा प्रतिस्पर्धा हुने

    • ३.
      जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार गरियो

    • ४.
      चौबिस घण्टाका घटनामा एकको मृत्यु, ११ घाइते

    • ५.
      जलवायु चेतनाका लागि भारतीय र्‍यापरको सङ्गीत सन्देश

    • ६.
      मालीमा सशस्त्र आक्रमण हुँदा ५० जनाको मृत्यु

    • ७.
      सुनखानी भत्किँदा १४ जनाको मृत्यु

    • ८.
      केन्याली धर्मगुरु म्याकेन्जी हत्यामा दोषी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.