• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

एनपिएलले आइसिसीको मान्यता विश्वसनीयता बढेको दाबी

किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

एलनिनो जोखिमले मेडागास्करमा भोकमरीको चिन्ता

अफगानिस्तानमा कुपोषण सङ्कट चर्कियो

हुथी विरुद्ध इजरायली सहयोग लिन ट्रम्पको आग्रह

ट्रम्पकी प्रेससचिव एक सातामै पदमुक्त

मेक्सिकोको तटमा १६ जनाको उद्धार, ११ जना बेपत्ता

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

लोकप्रिय समाचार

  • १. चार मन्त्रीद्वारा राजीनामा

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. रोपडमा कलाकार सम्मान तथा सापकोटा दम्पतीको मूल प्रवाहबाट बिदाइ समारोह सम्पन्न

  • ४. रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

  • ५. सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

  • ६. भीषण बाढीका कारण पाकेको धानबाली नष्ट

  • ७. बूढीगण्डकीको बाढीले चार जलविद्युत् आयोजनामा क्षति

  • ८. बुढीगण्डकी बाढीले दिएको चेतावनी

  • ९. उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

  • १०. खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ


  •   शनिबार, असोज ३१, २०८३ मा प्रकाशित
  • काठमाडौँ । बालेन्द्र सरकारको रवैयाबाट सहकारी ठगहरू यति उत्साहित छन्, गोर्खा मिडियालगायतका सहकारी ठगीमा संलग्न जिबी (गीतेन्द्रबाबु) राईले समेत आफूमा सार्वजनिक हिम्मत जुटाउने अवस्था आएको बताइरहेका छन् ।

    Advertisement

    बालेन्द्र सरकारको कामकाबाहीबाट आफू उत्साहित भएको भन्दै सहकारी ठग राईले अज्ञात स्थानबाट जारी गरिएको उक्त दाबीयुक्त प्रेसवक्तव्य २०८३ असोज ३१ गते सेतोपाटी मिडियाले प्रकाशन गरेको हो ।

    यसअघिको सुशीला कार्की सरकारले रवि लामिछानेसँगै जिबी राईको पनि सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिएपछि जिबीसहितका सहकारी ठगको यतिखेर हौसला बुलन्द रहेको जिबीले सार्वजनिक गरेको वक्तव्यबाट थाहा लाग्दछ ।

    अहिलेको सरकार कानुन निर्माण गर्ने क्रममै सहकारी ठगलाई उन्मुक्ति दिने गरी प्रस्तुत भएपछि जिबीजस्ता सहकारी ठगले यस्तो हिम्मत गरेको बुझ्न गाह्रो छैन ।

    लामो समयदेखि फरार अवस्थामा रहेका सहकारी ठग राईले आफ्नो वक्तव्यमा रवि, छविराज जोशीलाई समेत चोख्याउन खोजेका छन् ।

    उनको यस्तो मनसाय सहकारी ठगको स्वार्थसँग मेल खाने भनिरहनुपर्ने विषय होइन । सँगसँगै यो प्रश्न पनि उठेको छ– कतै रविलगायतलाई जोगाउन नै यो प्रेसवक्तव्य सार्वजनिक गरिएको त होइन ?

    प्रेसवक्तव्यमा राईले आफू कहाँ छु ? कहिले सार्वजनिक हुन्छु भन्नेजस्ता विषयमा भने केही बोलेका छैनन् ।

    राईको उक्त सन्देशको पूर्ण पाठ यस्तो छ :

    आदरणीय सम्पूर्ण सेयरधनी, बचतकर्ता तथा ऋणी महानुभावहरू

    सबभन्दा पहिले म तपाईंहरूप्रति सम्मान व्यक्त गर्दै केही यथार्थ कुरा स्पष्ट रूपमा राख्न चाहन्छु । तपाईंंहरूले सहकारीप्रति देखाउनुभएको विश्वास, साथ र भरोसाप्रति म सदैव आभारी छु ।

    लामो समयसम्म, डेढ दशकभन्दा बढी अवधिसम्म, तपाईंहरूको बचत सुरक्षित नै थियो । सहकारी प्रणालीले नियमित रूपमा आफ्नो कार्य सञ्चालन गरिरहेको थियो र हामी सबैले त्यसको सकारात्मक यात्रा पनि अनुभव गरिरहेका थियौँ तर विश्वव्यापी रूपमा आएको कोभिड–१९ महामारीपछि सुरु भएको आर्थिक मन्दी पूर्ण रूपमा सामान्य हुन नपाउँदै रुस–युक्रेन युद्ध सुरू भयो । त्यसले विश्व अर्थतन्त्रमा गम्भीर प्रभाव पार्‍यो र त्यसको प्रत्यक्ष असर हाम्रो देशको आर्थिक गतिविधिमा समेत पर्न गयो । विशेष गरी ऋणअसुली प्रक्रियामा यसको प्रभाव स्पष्ट रूपमा देखिन थाल्यो ।

    सहकारीको मापदण्डभित्र रहेर काम गर्नुपर्ने भए पनि विभिन्न परिस्थितिका कारण धेरै सहकारी संस्थाले आफ्नो सीमाभन्दा बाहिर गएर लगानी गरेका थिए । हामी पनि त्यस परिस्थितिबाट पूर्ण रूपमा अलग रहन सकेनौँ । बजारमा ऋणको माग कम हुँदै गएपछि बचतकर्ताको बचत र ब्याजलाई सुनिश्चित गर्ने उद्देश्यले केही निजी कम्पनीमा लगानी गरियो तर बिग्रँदो आर्थिक अवस्थाका कारण ती कम्पनीले अपेक्षित प्रतिफल दिन सकेनन् । अन्तत: केही कम्पनी धरासायी भए र बन्द गर्नुपर्ने अवस्था आयो । त्यसमध्ये ग्यालेक्सी टिभीलगायत केही कम्पनी पूर्ण रूपमा बन्द भइसकेका कारण ती कम्पनीबाट रकम असुल हुने सम्भावना अत्यन्त न्यून देखिएको थियो ।

    यति हुँदाहुँदै पनि प्रयास भने कहिल्यै रोकिएको थिएन । समाधान खोज्ने प्रयास निरन्तर जारी थियो तर एकै समयमा सम्पूर्ण बचतकर्ताहरू बचत फिर्ता लिन आउनुभएपछि त्यो अवस्था तत्काल व्यवस्थापन गर्न सम्भव हुन सकेन । उदहारणका लागि कुनै बैङ्कको निराधार हल्ला चल्यो र बचतकर्ताको भिड लाए, सो बैङ्क छोटो समयमै टाट पल्टिन सक्छ भने सहकारी त झन् नियामक निकाय नभएसरहले चलिरहेका थिए, साथै सहकारी संस्थामाथि आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न सिँगो राज्य लागेपछि को नै बच्न सक्छ र ? त्यस समयमा तत्कालीन सरकारबाट सहयोग र सहकार्यको अपेक्षा गरिएको थियो तर सहयोगको सट्टा बचतकर्तालाई मुद्दा हाल्न प्रेरित गरियो र विभिन्न शीर्षक तयार गरेर अनेक ठाउँमा मुद्दा दर्ता गरियो । परिस्थिति यति जटिल बन्यो कि ज्यान मार्ने धम्कीसम्म आउन थालेपछि बाध्य भएर भूमिगत हुनुपर्ने अवस्था सिर्जना भयो । त्यसपछि अन्तर्राष्ट्रिय माध्यमबाट समेत खोजी गर्ने काम भयो ।

    म आज एउटा प्रश्न गर्न चाहन्छु, के मेरो पक्राउ नै यो सम्पूर्ण समस्याको समाधान हो ? यदि यही नै समाधान हो भने कसैले खोज्नुपर्ने आवश्यकता छैन, म आफै उपस्थित हुन्छु र तोकिएको प्रक्रिया स्वीकार गर्न तयार छु तर के यसो गर्दा लाखौँ बचतकर्ताको अर्बौं रकम फिर्ता आउँछ ? पक्कै पनि आउँदैन । सरकारलाई आग्रह छ, मेरो खोजलाई शक्तिसंयन्त्र प्रयोग गर्नैपर्दैन, म बचतकर्ताको रकम निश्चित समयभित्र विभिन्न वैकल्पिक उपायको अवलम्बन गरी व्यवस्थापन गर्न प्रतिबद्ध छु ।

    वास्तविक समाधान कसैलाई दोषी देखाएर मात्र सम्भव हुँदैन तर अहिले वर्तमान सरकारले बचतकर्ताको बचत सुरक्षित गर्नका लागि जुन किसिमका पहल र कदम अगाडि बढाएको छ, त्यो स्वागतयोग्य र सकारात्मक प्रयास हो ।

    म ओखलढुङ्गाको सामान्य राई परिवारबाट अत्यन्त दु:खकष्ट गरेर आएको किसानको छोरो हुँ । त्यहाँबाट यहाँसम्म आइपुग्दा मैले कति हन्डरठक्कर खानुपर्‍यो ? मलाई मात्र थाहा छ तर यो समय मेरो दु:खको कथा सुन्ने कसले ? पत्याउने कसले ? मलाई त यस देशको इतिहासकै सबभन्दा ठुलो अपराधी भनेर मिडिया र समाजले एकोहोरो प्रमाणित गरिसक्यो तर मैले हिम्मत हारेको छैन । वर्तमान सरकारको कामकारबाहीले मलाई यसरी सार्वजनिक हुने हिम्मत दिलाएको छ । म जीवनभर लुकेर, भागेर हिँड्न चाहन्न, साथै आर्थिक अपराधसँग जोडिएर जीवनभर जेल बस्न चाहन्न ।

    राज्यको ज्यादतीले मेरो व्यवहार र कारोबार बिग्रिएको मात्र हो, राज्यले चाह्यो भने यो सब मिल्न सक्छ । बचतकर्ताले रकम फिर्ता पाउन सक्छन् । म सरकारसँग सहकार्य गर्न चाहन्छु । त्यसको सुरुआतस्वरूप मैले साथीभाइ, आफन्त तथा शुभेच्छुकबाट केही जग्गाजमिनको व्यवस्थापन गरेको छु । आवश्यकता परे त्यही सम्पत्ति प्रयोग गरेर वा कुनै अरू विकल्पबाट भए पनि म तपाईं सम्पूर्णको बचत सुरक्षित गर्न र आफ्नो दायित्व पूरा गर्न अन्तिम क्षणसम्म प्रयासरत रहनेछु ।

    म अर्को एउटा महŒवपूर्ण विषय पनि स्पष्ट गर्न चाहन्छु । ग्यालेक्सी टिभीमा सहकारीबाट गएको सम्पूर्ण रकमको जिम्मेवारी अध्यक्षको हैसियतले मेरो नै जिम्मेवारीभित्र पर्छ र यसरी आर्थिक स्रोत व्यवस्थापनमा अन्य कुनै सञ्चालकको कुनै पनि संलग्नता रहेको छैन, साथै कर्मचारी वा अन्य कुनै व्यक्तिबाट अभिलेख राख्ने क्रममा नाम वा कागजातको दुरूपयोग भए असावधानीवश नाम दुरूपयोग भएको हुन सक्छ । त्यस विषयमा अन्य व्यक्तिहरूलाई अनावश्यक रूपमा जोड्नु उचित हुँदैन भन्ने मेरो धारणा छ ।

    गोर्खा मिडिया नेटवर्क मेरो हो । म सम्बन्धित सहकारीसँगको जिम्मेवारी पनि मेरो हो, अरू कसैको होइन । समाधानको जिम्मेवारी पनि मेरो हो । त्यसैगरी रवि लामिछाने र छविलाल जोशीलाई यस विषयसँग जोड्नु उचित होइन भन्ने मेरो बुझाइ छ, साथै सहकारीसँग जोडिनुभएका पूर्वसञ्चालक, केही वर्तमान सञ्चालक, सम्पूर्ण कर्मचारी भाइबहिनी र मेरा शुभचिन्तक साथीभाइले पनि आफूले नगरेको कार्यका कारण अनावश्यक रूपमा पीडित हुनुभएको भए उहाँहरूप्रति म क्षमायाचना व्यक्त गर्न चाहन्छु ।

    म सरकारसमक्ष पनि हार्दिक अपिल गर्न चाहन्छु कि वास्तविक रूपमा जिम्मेवार व्यक्तिको पहिचान गरी निर्दोष व्यक्ति अन्यायको सिकार हुनुनपर्ने वातावरण निर्माण गरियोस् । म मात्र नभई अरू आर्थिक मुद्दासँग जोडिएका अन्य फरार व्यक्तिलाई थुन्नेभन्दा पनि समाधान गर्ने योजना सरकारले ल्यायो भने मजस्ता धेरै साथीहरू स्वदेश फर्किन चाहन्छन् । म सरकारको सकारात्मक घोषणाको प्रतीक्षामा छु ।

    तपाईंहरूको विश्वास केवल आर्थिक विषय मात्र होइन । त्यो मेरो जिम्मेवारी, नैतिक दायित्व र जीवनसँग जोडिएको विषय हो । कठिन समय अवश्य भएको छ तर विश्वास छ, धैर्य, समझदारी र सहकार्यका साथ हामी समाधानको बाटोमा अगाडि बढ्नेछौँ । धन्यवाद, नमस्कार ।

    — जिबी राई

    शनिबार, असोज ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएलले आइसिसीको मान्यता विश्वसनीयता बढेको दाबी
    किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन
    एलनिनो जोखिमले मेडागास्करमा भोकमरीको चिन्ता
    लघुजलविद्युत्को भरमा लमजुङका बस्ती
    तातोपानी नाका तीन दिन खुल्दै
    खोटाङ र कपिवस्तुमा सवारी दुर्घटना

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार मन्त्रीद्वारा राजीनामा

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      रोपडमा कलाकार सम्मान तथा सापकोटा दम्पतीको मूल प्रवाहबाट बिदाइ समारोह सम्पन्न

    • ४.
      रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

    • ५.
      सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    • ६.
      भीषण बाढीका कारण पाकेको धानबाली नष्ट

    भर्खरै

    • १.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    • २.
      एनपिएलले आइसिसीको मान्यता विश्वसनीयता बढेको दाबी

    • ३.
      किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

    • ४.
      एलनिनो जोखिमले मेडागास्करमा भोकमरीको चिन्ता

    • ५.
      अफगानिस्तानमा कुपोषण सङ्कट चर्कियो

    • ६.
      हुथी विरुद्ध इजरायली सहयोग लिन ट्रम्पको आग्रह

    • ७.
      ट्रम्पकी प्रेससचिव एक सातामै पदमुक्त

    • ८.
      मेक्सिकोको तटमा १६ जनाको उद्धार, ११ जना बेपत्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.