• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा

रसुवाबाढीले खोस्यो बर्दियाका थारू परिवारको बडादसैँ

नवदुर्गासँगै नेवार समुदायले मनाए मोहनीनख:

क्षेत्रीय सुरक्षामा सहकार्य गर्न श्रीलङ्काको जोड

भारत–अमेरिका व्यापार सम्झौता हुँदै

ठमेलमा विदेशी पर्यटकले लगाए बडादसैँको टीका

चाहेर पनि बडादसैँको टीका लगाउन नपाउनेहरू

दुईतिहाइ बढी मतसँगै अल्बर्टा क्यानडामै रहने जनादेश

टेस्ला र स्पेसएक्स गाभिएर बलियो बहुराष्ट्रिय कम्पनी बन्दै

लोकप्रिय समाचार

  • १. चार मन्त्रीद्वारा राजीनामा

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

  • ४. सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

  • ५. किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

  • ६. दुर्गापूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु

  • ७. कङ्ग्रेस संस्थापनको पदाधिकारीमा को को छन् ?

  • ८. यस्ता छन् शुक्रबार सम्पन्न मन्त्रिपरिषद्का १३ निर्णय

  • ९. चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

  • १०. बडादशैँ मनाउँदै गर्दा मुटु जोगाउनुहोस् (अन्तर्वार्ता)

बडादशैँ मनाउँदै गर्दा मुटु जोगाउनुहोस् (अन्तर्वार्ता)


  •   शनिबार, असोज ३१, २०८३ मा प्रकाशित
  • वरिष्ठ मुटुरोग विशेषज्ञ डा कमल शर्मा लम्साल

    Advertisement

    ० बडादशैँलाई नेपालीको ठुलो पर्व मानिन्छ र मिठा परिकार खाने र रमाइलो गर्ने चलन छ । चाडपर्वमा हाम्रो खानपानको मात्रा र शैली नमिल्दा मुटुको स्वास्थ्य बिग्रने खतरा रहन्छ । बडादशैँको खानपानलाई कसरी व्यवस्थित गर्नुपर्ला ?

    :: हाम्रो स्वास्थ्यसँग दैनिक जीवनशैली, शारीरिक गतिविधि या गतिशीलता, सोचाइ र खानपानको प्रत्यक्ष सम्बन्ध हुन्छ । मुटुको स्वास्थ्यका लागि यी सबै र खानपानको विशेष महत्त्व छ । धेरै क्यालोरी भएका खानेकुरा, अत्यधिक मासुभात, गुलियो पदार्थ तथा चिसो पेय पदार्थको सेवन गर्दा शरीरमा आवश्यकताभन्दा बढी ऊर्जा सञ्चित हुन्छ ।

    यसले तौल बढ्ने, रक्तचाप बढ्ने, मधुमेह हुने र शरीरमा बोसोको मात्रा (कोलेस्ट्रोल) बढ्ने जोखिम बढी मात्रामा निम्त्याउँछ । त्यसमाथि शारीरिक गतिविधि पनि कम भयो भने यससँग जोडिएर आउने अरू विभिन्न कारणले मुटुरोगको जोखिम बढ्छ । त्यसैले चाडपर्वमा पनि सन्तुलित खानपान र सक्रिय जीवनशैली अपनाउनुपर्छ । चाडबाडका नाम र निहुँमा शरीरले नथेग्ने र आवश्यक पनि नपर्नेगरी अत्यधिक खानपान गर्नुहुँदैन । अघिपछि जस्तै सन्तुलित र आवश्यक खानामा मात्र ध्यान दिनुपर्दछ ।

    ० बडादशैँमा चिल्लो पदार्थको मात्रा बढी भएका तथा एउटै तेल पटकपटक प्रयोग गरेर तारे भुटेका परिकार बढी खाने चलन छ । यस्ता खानाले विशेषगरी मुटुरोगको जोखिम के कस्तो हुन्छ ?

    :: एक/दुई दिन यसरी तारेका या भुटेका चिल्ला परिकार खाँदैमा तत्कालै ठुलो जोखिम हुन्छ भन्ने त होइन तर नियमित रूपमा यस्ता खानेकुरा खाँदा स्वास्थ्यमा असर पक्कै गर्छ । एउटै तेल पटकपटक प्रयोग गरेर खाना तार्दा त्यसको गुणस्तर बिग्रन सक्छ र मुटु र त्यो मात्र नभएर शरीरलाई हानि पुर्‍याउने पदार्थ बन्न सक्दछ । त्यसैले यस्ता परिकार कम खानु नै राम्रो हुनेछ । विशेषगरी मधुमेह, उच्च रक्तचाप वा मुटुरोग भएका व्यक्ति त झन् यस्ता खानेकुराबाट टाढा रहेकै राम्रो हुन्छ । सकेसम्म कम चिल्लो भएका, उमालेर वा अन्य स्वस्थ तरिकाले पकाइएका परिकार खानु उपयुक्त हुन्छ ।

    ० हामी नेपालीका पर्वमध्ये बडादशैँसँग जोडिएर आउनेमा मासु एक हो । बडादशैँका नाम र निहुँमा अनियन्त्रित रूपमा मासु खाने प्रचलन अद्यापि छ । मुटुको स्वास्थ्यका दृष्टिले कस्तो प्रकारको मासु सेवन गर्नु उपयुक्त होला ?

    :: मासु आफैँमा नराम्रो या अखाद्य पदार्थ होइन तर यसको सेवन मात्रा र पकाउने तरिकामा ध्यान दिनुपर्छ । सबैभन्दा पहिले त मासु तयार पार्ने या किन्ने ठाउँ सफा हुनु अति आवश्यक छ । यो स्वच्छ र सफा भएन भने यहीँको मासुका कारण खाद्य विषाक्तता, झाडापखाला लगायतको जोखिम रहन्छ । त्यसपछि मासु केको भन्ने पनि हुन्छ; जस्तो कि रातो मासुको अत्यधिक सेवनले कोलेस्ट्रोल तथा युरिक एसिड बढ्ने र स्वास्थ्यमा अन्य जोखिम निम्त्याउने सम्भावना हुन्छ । धेरै तेलमा तारिएको मासु तथा अत्यधिक पोलेको मासुको सेवनमा पनि ध्यान दिनु आवश्यक छ । त्यसैले रातो मासुको अत्यधिक सेवन धेरै राम्रो होइन भनेर बुझ्नुपर्दछ ।

    मासुको विकल्पमध्ये माछा राम्रो मानिन्छ । त्यसपछि कुखुराको हो तर माछा खाँदा पनि धेरै तेलमा तारेर खानुहुँदैन । मासुको मात्रा सीमित राख्ने र पकाउने स्वस्थ तरिका अपनाउने गर्नुपर्दछ । त्यसैले म भन्छु, मासु खानुहोस्, बडादशैँ मनाउनुहोस् तर मुटु भने जोगाउनुहोस् ।

    ० उमेरअनुसार खानपानमा के कस्तो सावधानी अपनाउनुपर्ला ?

    :: उमेरसँगै स्वास्थ्य अवस्था र रोगको जोखिम पनि फरक हुन्छ । ६०–७० वर्ष उमेरका व्यक्तिमा उच्च रक्तचाप, मुटुरोग वा पाचनसम्बन्धी समस्या हुन सक्छ । त्यस्ता व्यक्तिले आफ्नो स्वास्थ्य अवस्थाअनुसार खानपानमा नियन्त्रण गर्नुपर्छ ।

    बालबालिका तथा किशोरकिशोरी शारीरिक रूपमा बढी सक्रिय हुन्छन् । उनीहरूको आवश्यकता फरक हुन सक्छ तर उमेर जुनसुकै भए पनि आवश्यकताभन्दा बढी खाने बानी राम्रो होइन ।

    बडादशैँमा मासुसँगै मदिरा, चिसो पेय पदार्थ तथा धूमपानको सेवन पनि बढ्ने गरेको छ । मुटुरोग भएका वा जोखिम समूहमा रहेका व्यक्तिले विशेष सावधानी अपनाउनुपर्छ । नियमित औषधी सेवन गरिरहेका व्यक्तिले चाडपर्वका कारण औषधी छुटाउनु हुँदैन ।

    ० हृदयघातका प्रमुख लक्षण केके हुन् ? लक्षण देखिएमा तत्काल के गर्नुपर्छ ?

    :: हृदयघातका प्रमुख लक्षणमध्ये छातीको बिच भागमा दुख्ने, भारी हुने वा कुनै वस्तुले थिचेजस्तो महसुस हुनु हो । यसबाहेक मुटुको धड्कन बढ्ने, धेरै पसिना आउने, वाकवाकी लाग्ने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने तथा बेहोस हुनेजस्ता लक्षण पनि देखिन सक्छन् । सबै व्यक्तिमा एउटै प्रकारका लक्षण नदेखिन सक्छन् । त्यसैले छातीमा असहजता हुने वा हृदयाघातको शङ्का लाग्ने लक्षण देखिएमा त्यसलाई सामान्य ठानेर बस्नुहुँदैन । यस्तो अवस्थामा नजिकको अस्पतालको आकस्मिक कक्षमा तत्काल पुग्नुपर्छ । अस्पतालमा प्रारम्भिक रूपमा इलेक्ट्रोकार्डियोग्राम (इसिजी) र आवश्यक रगत परीक्षण गरी हृदयाघात भए–नभएको जाँच गरिन्छ । त्यसपछि अवस्थाअनुसार उपचार अघि बढाइन्छ ।

    ० मुटुरोगको जोखिम भएका व्यक्तिका परिवारका सदस्यले के कुरामा ध्यान दिनुपर्छ ?

    :: पहिले नै मुटुरोग भएका, उच्च रक्तचाप वा मधुमेह भएका, कोलेस्ट्रोल बढी भएका, लामो समयदेखि धूमपान गर्ने तथा मोटोपन भएका व्यक्ति मुटुरोगको जोखिममा हुन्छन् । परिवारका सदस्यले यस्ता व्यक्तिलाई छाती दुख्ने, सास फेर्न गाह्रो हुने वा अन्य असामान्य लक्षण देखिएमा तत्काल अस्पताल लैजानुपर्छ भन्ने कुरा बुझ्नुपर्छ । उनीहरूले नियमित सेवन गरिरहेका औषधी छुटाउनुहुँदैन । चाडपर्वका बेला भोजभतेर, रङरमाइलो बढी हुने भएकाले औषधी छुट्ने सम्भावना बढी हुन्छ । यस्तो बेलामा परिवारका सदस्यले पनि ध्यान दिनुपर्छ । खानपानमा नियन्त्रण र नियमित स्वास्थ्य जाँच परिवारले ध्यान दिने र निगरानी गर्नुपर्ने कुरा हुन् ।

    ० स्वस्थ व्यक्तिले पनि बडादशैँमा खानपान नियन्त्रण गर्नुपर्छ कि मुटुरोग भएका व्यक्तिले मात्र सावधानी अपनाए पुग्छ ?

    :: स्वस्थ व्यक्तिले पनि खानपानमा ध्यान दिनुपर्छ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो हो भन्ने त सबैले बुझेकै कुरा हो । बडादशैँ, तिहारलगायत विभिन्न चाडपर्वमा नेपालीले खाने र रमाइलो गर्ने परम्परा छ । यो राम्रो पक्ष हो तर त्यसलाई अत्यधिक बनाउनुहुँदैन ।

    बडादशैँ धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व बोकेको पर्व हो । यस समयमा परिवारका सदस्य भेट्ने, आफन्तसँग समय बिताउने, पूजापाठ गर्ने र नयाँ ठाउँमा घुम्न जाने अवसर पनि त मिल्छ । यस्ता गतिविधिले मुटु मात्र होइन, समग्र स्वास्थ्यमा नै सकारात्मक प्रभाव पार्दछ । त्यसैले बडादशैँलाई खानपिनमा मात्र केन्द्रित गर्नुहुँदैन । परिवारसँग भेटघाट गर्ने, रमाइलो गर्ने, घुमघाममा जाने, शारीरिक रूपमा सक्रिय रहने अवसरका रूपमा पनि लिनुपर्छ ।

    ० नियमित हिँडडुल र व्यायामले मुटुको स्वास्थ्यमा कस्तो फाइदा पुर्‍याउँछ ?

    :: नियमित व्यायामले मुटुको स्वास्थ्य कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ । दिनमा कम्तीमा ३० देखि ४५ मिनेट छिटो छिटो हिँड्ने, दौडिने, पौडी खेल्ने वा आफूलाई अनुकूल हुने शारीरिक गतिविधि गर्नुपर्छ । सबैले एकै प्रकारको व्यायाम गर्नुपर्छ भन्ने छैन । कसैले हिँडडुल गर्न सक्छन्, कसैले खेलकुदमा सहभागी हुन सक्छन् भने कसैले खेतीबारीमा पनि काम गर्न सक्छन् । जसरी होस् शरीरलाई चलायमान र जतिसक्दो सक्रिय राख्ने गर्नाले शारीरिक तन्दुरुस्तीका साथै मुटुलाई पनि स्वस्थ राख्न सहयोग पुग्दछ ।

    सन्तुलित खानपान, नियमित व्यायाम, तौल नियन्त्रण, रक्तचाप, मधुमेह र कोलेस्ट्रोलको नियमित जाँच तथा नियन्त्रण आवश्यक छ । चिकित्सकको सल्लाहअनुसार औषधी सेवन गर्ने र धूमपान तथा मदिराबाट टाढा रहने हो भने मुटुरोगको जोखिम घटाउन सकिन्छ ।

    ० पछिल्लो समय कम उमेरमै हृदयघात हुने गरेका समाचार सुन्ने गरिएको छ । यसका कारण के हुन सक्छन् ?

    : उमेर बढ्दै जाँदा मुटुरोगको जोखिम पनि बढ्छ तर पहिले ५०–६० वर्षको उमेरमा बढी देखिने हृदयघात अहिले ३०–३५ वर्षका व्यक्तिमा पनि देखिन थालेको छ । कतिपय २०–२५ वर्षका व्यक्तिमा समेत भएका घटना पनि हाम्रा अभिलेखमा छन् ।
    यसमा बजारिया खाना (जङ्क फुड) को अत्यधिक सेवन, शारीरिक गतिविधिमा कमी, धूमपान र बदलिँदो जीवनशैलीले भूमिका खेलेको हुन सक्छ । सहरी जीवनशैलीमा लामो समय मोबाइल वा कम्प्युटर प्रयोग गर्दै बस्ने र शारीरिक श्रम कम गर्ने प्रवृत्ति पनि बढ्दै गएको छ ।

    बालबालिकामा पनि जङ्क फुडको सेवन बढ्दै गएको छ । त्यसैले घरपरिवार, स्वास्थ्य संस्था र राज्यका विभिन्न तहबाट स्वस्थ खानपान र सक्रिय जीवनशैलीका बारेमा सचेतना बढाउन आवश्यक छ । अबका दिनमा यस्ता कुरामा राज्य र सम्बद्ध निकाय एवम् संस्थाले लगानी बढाउनुपर्ने अवस्था मैले देखेको छु अन्यथा मुटुरोगको अहिलेको अवस्था झन् बढ्दै गयो भने यसले भोलिका दिन थप भयावह बन्दै जाने खतरा देखिँदैछ ।

    ० अन्त्यमा मानिसलाई आफ्नो मुटु जोगाउन आम नागरिकलाई के सुझाव दिन चाहनुहुन्छ ?

    :: हामीले स्वास्थ्यका लागि के गर्नुपर्छ भन्ने धेरै कुरा थाहा पाएकै छौँ । नियमित व्यायाम गर्नुपर्छ, धेरै खानु हुँदैन, खानपान नियन्त्रण गर्नुपर्छ र धूमपान तथा मदिराबाट टाढा रहनुपर्छ भन्ने कुरा बुझेकै छौँ । अब आफूले बुझेका कुरा व्यवहारमा लागु गर्न आवश्यक छ ।
    सन्तुलित खानपान गर्ने, शरीरलाई सक्रिय राख्ने, तौल नियन्त्रण गर्ने र रक्तचाप, मधुमेह तथा कोलेस्ट्रोललाई नियन्त्रणमा राख्ने बानी बसालौँ । दीर्घरोग भएका व्यक्तिले नियमित औषधी सेवन गरौँ । चाडपर्वमा रमाइलो गर्दा पनि स्वास्थ्यलाई बेवास्ता नगरौँ, ध्यान दिऊँ ।
    औषधी र उपचारको आफ्नै भूमिका हुन्छ तर आफ्नो स्वास्थ्यको हेरचाह गर्ने जिम्मेवारी सबैभन्दा पहिला त आफ्नै हो । त्यसैले यस बडादशैँमा हामी सबैले स्वस्थ जीवनशैली अपनाउने प्रयास गरौँ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिऊँ । चाडबाड मनाउँदा खानपान र त्यसबाट मुटु स्वास्थ्यमा आउन सक्ने जोखिमलाई विशेष ध्यान दिऊँ ।

    – प्रगति ढकाल, रासस

    शनिबार, असोज ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युक्रेन युद्ध अन्त्यका लागि पुटिनसँग अमेरिकी दूतहरूको ‘ठोस योजना’बारे छलफल
    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली
    प्रशिक्षणपछि किसान तथा आम जनतासँग भेटघाट गर्नेछौँ : ठाडामगर (भिडियोसहित)
    द्वन्द्ववाद धेरैपटक पढियो तर व्यावहारिक रूपमा कमजोर छौँ भन्ने महसुस भयो : खडायत (भिडियो)
    हामी सही नीति लिएर गएका छौँ तर जनताले बुझ्न सकिरहेका छैनन्, : अधिकारी (भिडियोसहित)
    जनताको चेतनास्तरअनुसार राजनीति लिएर जानुपर्छ : (भिडियोसहित)

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार मन्त्रीद्वारा राजीनामा

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

    • ४.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    • ५.
      किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

    • ६.
      दुर्गापूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु

    भर्खरै

    • १.
      यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा

    • २.
      रसुवाबाढीले खोस्यो बर्दियाका थारू परिवारको बडादसैँ

    • ३.
      नवदुर्गासँगै नेवार समुदायले मनाए मोहनीनख:

    • ४.
      क्षेत्रीय सुरक्षामा सहकार्य गर्न श्रीलङ्काको जोड

    • ५.
      भारत–अमेरिका व्यापार सम्झौता हुँदै

    • ६.
      ठमेलमा विदेशी पर्यटकले लगाए बडादसैँको टीका

    • ७.
      चाहेर पनि बडादसैँको टीका लगाउन नपाउनेहरू

    • ८.
      दुईतिहाइ बढी मतसँगै अल्बर्टा क्यानडामै रहने जनादेश

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.