• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा

रसुवाबाढीले खोस्यो बर्दियाका थारू परिवारको बडादसैँ

नवदुर्गासँगै नेवार समुदायले मनाए मोहनीनख:

क्षेत्रीय सुरक्षामा सहकार्य गर्न श्रीलङ्काको जोड

भारत–अमेरिका व्यापार सम्झौता हुँदै

ठमेलमा विदेशी पर्यटकले लगाए बडादसैँको टीका

चाहेर पनि बडादसैँको टीका लगाउन नपाउनेहरू

दुईतिहाइ बढी मतसँगै अल्बर्टा क्यानडामै रहने जनादेश

टेस्ला र स्पेसएक्स गाभिएर बलियो बहुराष्ट्रिय कम्पनी बन्दै

लोकप्रिय समाचार

  • १. चार मन्त्रीद्वारा राजीनामा

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

  • ४. सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

  • ५. किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

  • ६. यस्ता छन् शुक्रबार सम्पन्न मन्त्रिपरिषद्का १३ निर्णय

  • ७. दुर्गापूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु

  • ८. कङ्ग्रेस संस्थापनको पदाधिकारीमा को को छन् ?

  • ९. चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

  • १०. जापानी आख्यान ‘इजुकी नर्तकी’ नेपालीमा

चाहेर पनि बडादसैँको टीका लगाउन नपाउनेहरू


  •   बुधबार, कार्तिक ०४, २०८३ मा प्रकाशित
  • भरतपुर । स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि परिवारसँगसँगै बसेर बडादसैँको टीका लगाउन पाउँदैनन् । कतिपय कार्यव्यस्तताले त कतिपय घरबाट टाढा भएकाले टीका थाप्नबाट वञ्चित हुन्छन् ।

    Advertisement

    कतिपय नागरिक भने स्वदेशमै रहेर पनि सेवा अवरुद्ध गर्न नहुने भएकाले परिवारका साथमा बसेर बडादसैँ मनाउन पाएका हुँदैनन् । स्वास्थ्य, सुरक्षालगायत अत्यावश्यक वस्तुको सेवा प्रवाह गर्नेहरू यसरी बडादसैँको टीका थाप्नबाट बञ्चित हुन्छन् ।

    अरूको बडादसैँलाई सहज र सुरक्षित बनाई टीका लगाउन दिनका लागि सुरक्षा निकायमा खटिने टीका लगाउनबाट बञ्चित हुन्छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेल नब्बे प्रतिशत हाराहारी प्रहरी सेवामा रहेका घरमा गएर टीका थाप्नका लागि घर जान नपाउने बताउँछन् ।

    उनले भने– ‘सर्वसाधारणले सुरक्षित चाडपर्व मनाउन् भनेर हामी परिवारसँग टीका लगाउन पाउँदैनौँ । यो कति वर्ष भन्ने होइन, कैयौँ वर्षसम्म पनि यस्तै हुने गरेको छ ।’

    संवेदनशील जिल्लामा अन्यत्रबाट थप सुरक्षाकर्मी पठाएर सुरक्षा दिइने गरेको पनि उनले बताए । जिम्मेवारी लिएकाले बिदा पाउँदैनन् । अन्यले मिलाएर न्यूनतम सङ्ख्या मात्रै परिवारसँग बडादसैँ मनाउने उनले जानकारी दिए ।

    त्यस्तै नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानमा कार्यरत पनि यो पर्वमा परिवारसँग सबैले बडादसैँ मनाउन पाउँदैनन् ।

    त्यसो त निजी क्षेत्रमा काम गर्ने सुरक्षा गार्डहरूले पनि बिदा नपाउने गरेको गढी सेक्युरिटीका सञ्चालक अश्विन गोले बताउँछन् ।

    चाडपर्वको समयमा कतिपय उद्योगव्यवसाय बन्द हुने हुँदा सुरक्षाको जिम्मेवारी सुरक्षागार्डको हुने भएको बिदा नपाउने उनको भनाइ छ । उनले भने– ‘चाडपर्वमा सुरक्षा दिन थप जनशक्ति माग हुने गर्दछ ।’

    भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगाले ३० प्रतिशत चिकित्सक, नर्स र स्वास्थ्यकर्मी अस्पतालमा नै रहने भएकाले उनीहरूले परिवारसँग बडादसैँको टीका थाप्न नपाउने बताउँछन् ।

    बहिरङ्ग सेवाबाहेक आकस्मिक र अन्तरङ्ग सेवा सुचारु हुने भएकाले चिकित्सक, स्वास्थ्यकर्मी र सरसफाईकर्मी बिदा बस्न नपाउने उनको भनाइ छ ।

    उनीहरूले बडादसैँ र तिहार पालो मिलाएर बिदा लिने गर्दछन् । बगालेले भने– ‘जुनसुकै बेला सेवा दिनुपर्ने भएकाले तयारी अवस्थामा हुनुपर्छ ।’

    पर्वको समयमा अधिकांश समय नर्सिङ कर्मचारीले समय दिने गर्दछन् । नेपाल नर्सिङ सङ्घ चितवनका अध्यक्ष विष्ण्ॉ अधिकारी ५० प्रतिशत नर्सले बिदा लिएर बस्न नपाउने बताउँछन् ।

    उनले भने– ‘बडादसैँ र तिहारमध्ये आलो पालो गरेर बिदा मिलाइन्छ ।’ यसका कारण ५० प्रतिशत नर्सले बडादसैँमा परिवारसँग टीका थाप्न नपाउने उनको भनाइ छ ।

    विदेशमा ठुलो सङ्ख्यामा नेपाली छन् । उनीहरूमध्ये अधिकांशले परिवारसँग बसेर टीका लगाउन पाउँदैनन् । कतिपयले एकाघरको परिवारलाई उतै बोलाउँछन् भने कतिपयले बिदा मिलाएर बडादसैँमा नेपाल आउने गर्दछन् ।

    चार वर्षपछि बुबा आमाको हातबाट टीका लगाउन चितवनको रत्ननगर आएका विष्ण्ॉ पौडेल पर्वमा परिवारसँग बस्न पाउनु निकै खुसीको कुरा हुने बताउँछन् । उनले भने– ‘विदेशमा रहनेले परिवारसँग कमैले मात्र पर्व मनाउन पाउँछन् ।’

    यस्तै अन्य क्षेत्रमा पेसा गर्नेहरू पनि टीका लगाउनबाट वञ्चित हुन्छन् । सञ्चार क्षेत्र, यातायत, सरसफाइ, हस्पिटलिटी क्षेत्रमा काम गर्ने पनि सबैले परिवारसँगै बसेर टीका थाप्न पाउँदैनन् । आलो पालो गरेर उनीहरूले काम गर्छन् । (रासस)

    बुधबार, कार्तिक ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा
    रसुवाबाढीले खोस्यो बर्दियाका थारू परिवारको बडादसैँ
    नवदुर्गासँगै नेवार समुदायले मनाए मोहनीनख:
    ठमेलमा विदेशी पर्यटकले लगाए बडादसैँको टीका
    दुईतिहाइ बढी मतसँगै अल्बर्टा क्यानडामै रहने जनादेश
    मध्ययुगीन पाण्डुलिपि पढ्न सघाउन सक्छ एआईले

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार मन्त्रीद्वारा राजीनामा

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

    • ४.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    • ५.
      किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

    • ६.
      यस्ता छन् शुक्रबार सम्पन्न मन्त्रिपरिषद्का १३ निर्णय

    भर्खरै

    • १.
      यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा

    • २.
      रसुवाबाढीले खोस्यो बर्दियाका थारू परिवारको बडादसैँ

    • ३.
      नवदुर्गासँगै नेवार समुदायले मनाए मोहनीनख:

    • ४.
      क्षेत्रीय सुरक्षामा सहकार्य गर्न श्रीलङ्काको जोड

    • ५.
      भारत–अमेरिका व्यापार सम्झौता हुँदै

    • ६.
      ठमेलमा विदेशी पर्यटकले लगाए बडादसैँको टीका

    • ७.
      चाहेर पनि बडादसैँको टीका लगाउन नपाउनेहरू

    • ८.
      दुईतिहाइ बढी मतसँगै अल्बर्टा क्यानडामै रहने जनादेश

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.