• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

एनपिएलले आइसिसीको मान्यता विश्वसनीयता बढेको दाबी

किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

एलनिनो जोखिमले मेडागास्करमा भोकमरीको चिन्ता

अफगानिस्तानमा कुपोषण सङ्कट चर्कियो

हुथी विरुद्ध इजरायली सहयोग लिन ट्रम्पको आग्रह

ट्रम्पकी प्रेससचिव एक सातामै पदमुक्त

मेक्सिकोको तटमा १६ जनाको उद्धार, ११ जना बेपत्ता

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

लोकप्रिय समाचार

  • १. चार मन्त्रीद्वारा राजीनामा

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. रोपडमा कलाकार सम्मान तथा सापकोटा दम्पतीको मूल प्रवाहबाट बिदाइ समारोह सम्पन्न

  • ४. रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

  • ५. सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

  • ६. भीषण बाढीका कारण पाकेको धानबाली नष्ट

  • ७. उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

  • ८. बूढीगण्डकीको बाढीले चार जलविद्युत् आयोजनामा क्षति

  • ९. बुढीगण्डकी बाढीले दिएको चेतावनी

  • १०. खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

भीषण बाढीका कारण पाकेको धानबाली नष्ट


  •   सोमबार, असोज २६, २०८३ मा प्रकाशित
  • – महेश रिजाल

    Advertisement

    भालुबाङ, आश्विन २५ । राजपुर गाउँपालिका–५ स्थित महतिनी खोलामा आश्विन २१ गते अपराह्न आएको भीषण बाढीले स्थानीय किसानका खेतमा पाकेको धानबाली नष्ट गर्नुका साथै व्यापक क्षति पुर्‍याएको छ।

    महतिनी खोलाको दक्षिण–पश्चिमतर्फबाट बग्ने पण्डितबासे खोलामा आएको बाढीले धार परिवर्तन गर्दा स्थानीय कमला बुढाको १५ कठ्ठा र चैती पुनको १० कठ्ठा खेतमा काटेर सुकाउन राखिएको धानबालीमा क्षति पुर्‍याएको छ।

    त्यसैगरी, चमारे खोलामा आएको भीषण बाढीका कारण नीलम रोकाको १२ कठ्ठा, कृष्ण बुढाको १२ कठ्ठा र मनकुमार रानाको १० कठ्ठा खाली जग्गामा बाढी पसेर क्षति पुगेको छ। पण्डितबासे खोलामा आएको बाढीले मनकुमार रानाको जमिनमा समेत क्षति पुर्‍याएको छ भने राजु रोकाको मोटरसमेत बगाएको छ।

    पूर्व–दक्षिणबाट बग्ने चमारे खोलामा आएको भीषण बाढीले स्याले सिँचाइ कुलोको बाँध नाघेर धार परिवर्तन गर्दा स्थानीय डिलबहादुर बुढाको १० कठ्ठा र गन्जु बुढाको १० कठ्ठा खेतमा लगाइएको पाकेको धानबाली बगाएको छ। त्यस्तै, सोही खोलाको बाढीले राजु रोकाको पाँच कठ्ठा र टेकबहादुर बुढाको १५ कठ्ठा खेतबारीमा लगाइएको पाकेको धानबाली नष्ट गरी क्षति पुर्‍याएको छ।

    यसैगरी, सोही दिन परेको अविरल वर्षाका कारण झुप्पा खाडा खोलामा आएको भीषण बाढीले स्थानीय ओखबिर घर्तीको १५ कठ्ठा, चन्द्रसिंह घर्तीको १५ कठ्ठा, मोहन गिरीको १२ कठ्ठा, कमानसिंह भण्डारीको दुई कठ्ठा, सीता गिरीको सात कठ्ठा, पूर्णबहादुर बुढाको १० कठ्ठा, देवबहादुर बुढाको १० कठ्ठा, रामसरी रोकाको १० कठ्ठा र माघुराम चौधरीको एक बिघा क्षेत्रफलमा लगाइएको पाकेको धानबाली नष्ट गरेको छ।

    बाढीले कृषि क्षेत्रमा मात्र नभई सडक तथा विद्युत् संरचनामा समेत क्षति पुर्‍याएको छ। गाउँसम्म पुग्ने पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत जङ्रहवादेखि महतिनी खोलासम्मको करिब १५ किलोमिटर क्षेत्रमा रहेको बगर तथा ग्राभेल सडक महतिनी खोला र कोरिया खोलामा आएको बाढीले ध्वस्त बनाएको छ।

    त्यसैगरी, चङ्गुवादेखि महतिनी खोलासम्म करिब १५ किलोमिटर दूरीमा विस्तार गरिएको विद्युत् लाइनका पोलहरू ढलेर क्षति पुगेको छ।

    बाढीका कारण किसानलाई पाकेको धानबाली भित्र्याउनसमेत समस्या भएको छ। खेतमा काट्न बाँकी रहेको धान र काटेर सुकाउन राखिएको धान उठाउन नसकिएको स्थानीय अवस्थाले देखाएको छ। सडक क्षतिग्रस्त हुँदा तथा जेसीबीको अभावमा थ्रेसर मेसिन खेतसम्म पुर्‍याउन कठिनाइ भएपछि किसानहरू थप समस्यामा परेका छन्।

    यसैबीच, सोही दिन आएको भीषण बाढीका कारण जनज्योति आधारभूत विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरूको आवागमनमा समेत समस्या भएको छ। विद्यालयको प्राङ्गणनजिकै रहेको जाबुनको सुकेको रूख जरैदेखि ढलेर बाटो अवरुद्ध भएपछि विद्यार्थीहरूलाई विद्यालय आउजाउ गर्न कठिनाइ भएको छ।

    सोमबार, असोज २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ
    एनपिएलले आइसिसीको मान्यता विश्वसनीयता बढेको दाबी
    किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन
    लघुजलविद्युत्को भरमा लमजुङका बस्ती
    तातोपानी नाका तीन दिन खुल्दै
    खोटाङ र कपिवस्तुमा सवारी दुर्घटना

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार मन्त्रीद्वारा राजीनामा

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      रोपडमा कलाकार सम्मान तथा सापकोटा दम्पतीको मूल प्रवाहबाट बिदाइ समारोह सम्पन्न

    • ४.
      रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

    • ५.
      भीषण बाढीका कारण पाकेको धानबाली नष्ट

    • ६.
      सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    भर्खरै

    • १.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    • २.
      एनपिएलले आइसिसीको मान्यता विश्वसनीयता बढेको दाबी

    • ३.
      किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

    • ४.
      एलनिनो जोखिमले मेडागास्करमा भोकमरीको चिन्ता

    • ५.
      अफगानिस्तानमा कुपोषण सङ्कट चर्कियो

    • ६.
      हुथी विरुद्ध इजरायली सहयोग लिन ट्रम्पको आग्रह

    • ७.
      ट्रम्पकी प्रेससचिव एक सातामै पदमुक्त

    • ८.
      मेक्सिकोको तटमा १६ जनाको उद्धार, ११ जना बेपत्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.