काठमाडौँ । बूढीगण्डकी नदीमा आएको बाढीले चारवटा जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। बाढीले क्याम्प क्षेत्र, निर्माण उपकरण, बेलिब्रिज, पहुँच सडक तथा पुलमा क्षति पुर्याएको प्रारम्भिक विवरण छ।
Advertisement
बाढीबाट ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना सबैभन्दा बढी प्रभावित भएको छ। टाइम्स इनर्जी प्रालिले प्रवर्द्धन गरिरहेको उक्त आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाउनुका साथै निर्माण उपकरणसमेत बगाएको छ।
त्यस्तै, २४.५ मेगावाटको दोभान खोला आयोजनाको क्याम्पका केही घर र बेलिब्रिजमा क्षति पुगेको छ। ३०.९१ मेगावाटको यारु खोला आयोजनाको बेलिब्रिज, निर्माण सामग्री तथा उपकरणमा क्षति भएको छ भने १६ मेगावाटको माछा खोला आयोजनाको पहुँच सडक र पुलमा क्षति पुगेको छ।
बाढीबाट भएको कुल आर्थिक क्षति र निर्माण कार्यमा परेको असरबारे विस्तृत विवरण आउन बाँकी छ।


