गोरखाबजार । गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बुढीगण्डकीको बाढीले पैयुँ र बगर गाउँका ३५ घर बगाएको छ ।
२०८३ असोज २५ गते बिहान ४ बजे दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा बाढी पसेपछि नदी स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए ।
चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार वडा नं. ३ का बजारमा बाढीबाट धेरै क्षति भएको बताउनुभयो ।
बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिए ।
बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पुल बगाएको छ । बाढीले स्यारखोलामा बाढीसँगै पहिरो आएको स्थानीय होटल व्यवसायी गोपाल लामाले जानकारी दिए ।
उनका अनुसार स्यारखोलामा थुनिएर आएको बाढीले बुढीगण्डकी नदीमा बाढी आएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
हालसम्म बाढीबाट मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन भने क्षतिको विस्तृत विवरण पनि प्राप्त हुन बाँकी छ ।


