तौलिहवा । कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नं. ४ मा राष्ट्रिय जनमोर्चाको तेस्रो भेला हुसेन मुल्लालाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ ।
राजमो कपिलवस्तुका सचिव केरसिंह अदैको प्रमुख आतिथ्यमा २०८३ असोज १५ गते बिहीबार वनकट्टीमा सो भेला सम्पन्न भएको हो ।
पदमबहादुर जिसीको अध्यक्षतामा अगाडि बढेको उक्त भेलाले हुसेन मुल्ला अध्यक्ष रहनुभएको सल्लाहकारसहित १५ सदस्यीय राजमोको ४ नम्बर वडासमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा बेलौता विक, सचिवमा कृष्ण गिरी, सहसचिवमा सोमनाथ गिरी, कोषाध्यक्षमा शिवकुमार गोशै तथा सदस्यमा प्रमिला केवट, सीता भुसाल, कनही यादव, मेहबब मन्सुरी, जाकिर हुसेन र टेकबहादुर विक रहनुभएको छ ।
भेलाले पदमबहादुर जिसी, सुरज कुँवर, छविबहादुर शावत र राधा केवटलाई सल्लाहकारमा चयन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि अदैले मन्तव्य राख्दै देशको तात्कालिक राजनीतिक परिस्थिति, राष्ट्रियता, गणतन्त्रको रक्षा र सङ्घीयताको खारेजीलगायतका विषयमा प्रकाश पार्नुभएको थियो ।
सो अवसरमा राजमो कपिलवस्तुका कोषाध्यक्ष तथा शिवराज नगर समितिका अध्यक्ष केहरसिंह पुनमगर, जातीय समता समाज कपिलवस्तुका सचिव रामबहादुर चमार र अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला उपाध्यक्ष रूपलाल घर्तीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
नवनिर्वाचित समितिलाई राजमो शिवराज–३ का अध्यक्ष रामदेव कुर्मीले बधाई दिनुभएको थियो ।
कार्यक्रममा सञ्चालन कृष्ण गिरीले र स्वागत बेलौता विकले गर्नुभएको थियो ।

