काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्डका नवनियुक्त ६ सदस्यले सोमबार पद तथा गोपनियताको शपथ लिएका छन् । त्रिपुरेश्वर स्थित राखेपमा आयोजित एक कार्यक्रमबीच युवा तथा खेलकुद मन्त्री तथा परिषदका अध्यक्ष जगत बहादुर विश्वकर्मा सुनुवारले ६ सदस्यलाई शपथ खुवाउनुभयो ।
शपथ लिनेमा रिम रानाभाट, ईन्दिरा निरौला, गोविन्द भट्टराई, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठ रहेका छन् ।
मन्त्रिपरिषदबाट ६ सदस्यलाई साउन १४ गते मनोनयन गरेको थियो । उनीहरुले सोमबार मात्र सपथ लिएका हुन । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विश्वकर्माले नियुक्त सदस्यहरुलाई जिम्मेवारीका कार्यभार पूरा गर्न शुभकामना दिनुभयो ।
नयाँ ऐन राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार कुल ३७ जनाको बोर्ड हुनेछ । यसअघि राखेपको उपाध्यक्षमा शिव कोइराला र सदस्यसचिवमा रमेशकुमार सिलवाल नियुक्त भइसकेका छन् ।

