• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

अष्ट्रेलियालीको आप्रवासन नीतिमा कडाइ


  •   बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
  • क्यानबेरा, १ असोज । अष्ट्रेलिया सरकारले देशमा आप्रवासन नियन्त्रण गर्न तयार गरिएको आप्रवासन नियन्त्रण तथा परिवर्तन नीति अन्तर्गत अन्तरराष्ट्रिय विद्यार्थीको परिवारका सदस्यका लागि भिसा प्रतिबन्ध जारी गर्ने जनाएको छ ।

    Advertisement

    गृह मामिलामन्त्री टोनी बर्कले बिहीबार राष्ट्रिय प्रेस क्लबलाई सम्बोधन गर्दै आप्रवासन नियममा परिवर्तन भएकोे पुष्टि गर्दै चालू आर्थिक वर्षमा शुद्ध विदेशी आप्रवासन दुइ लाख ४५ हजार र सन् २०२७–२८ मा  दुई लाख २५ हजार कटौती गर्ने बताउनुभयो ।

    यो घोषणा अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सको नयाँ तथ्याङ्कसँग मिल्दोजुल्दो थियो जसले गत मार्चमा शुद्ध विदेशी आप्रवासनले राष्ट्रिय जनसङ्ख्यामा दुई खाल ९२ हजार १०० मानिस थपेको देखायो, जुन अघिल्लो १२ महिनामा तीन लाख नौ हजार ५०० थियो ।

    बर्कले घोषणा गरेका परिवर्तन अन्तर्गत, अष्ट्रेलियामा अध्ययन गर्न आएका र भिसा अवधि वाँकी भएका अन्तरराष्ट्रिय विद्यार्थीले अब स्वचालित रूपमा पहिलेको जसरी आफ्नो परिवार ल्याउन पाउने छैनन् ।

    सरकारी तथ्याङ्कअनुसार अस्ट्रेलियाले सन् २०२५–२६ मा  तीन लाख ३७ हजार ४२७ विद्यार्थी भिसा प्रदान गरेको थियो, जसमध्ये ४५  हजार ९९१ जना आश्रित वा प्राथमिक आवेदकका परिवारका सदस्यका लागि थियो ।

    यसअघि नै आफ्नो परिवार आफ्नो भिसामा संलग्न गरिसकेका साथै प्यासिफिक र आसियान राष्ट्रका अन्तरराष्ट्रिय विद्यार्थी र पिएचडी विद्यार्थीलाई परिवर्तित नियमबाट छुट दिइने बर्कले बताउनुभयो ।

    उहाँले भिसा अवधि सकिएपछि पनि लामो समयसम्म अष्ट्रेलियामै बस्ने, अस्थायी भिसाबाट अन्य भिसा परिवर्ननको प्रयास गर्ने र भिसा प्रणलीको दुरुपयोग गर्ने अन्तरराष्ट्रिय विद्यार्थीमाथि नयाँ नियमअनुसार कारबाहि हुने बताउनुभएको छ ।

    उहाँले नयाँ नियम अनुसनर अन्तरराष्ट्रिय विद्यार्थीलाई आफ्नो प्रवास विस्तार गर्न योग्यता मापन बढाउन आवश्यक रहेको बताउँदै भिसाको अवधि सकिएकालाई अष्ट्रेलिया छोड्न सुनिश्चित गर्न १०० जना नयाँ अनुगमन अधिकारी नियुक्त गरिने उल्लेख गर्नुभएको छ ।

    “यदि तपाईँ अस्थायी रूपमा अष्ट्रेलिया आउन चाहनुहुन्छ भने, अस्थायी भिसाका लागि आवेदन दिनुहोस् स्थायी रूपमा अष्ट्रेलिया आउन चाहनुहुन्छ भने स्थायी भिसाका लागि आवेदन दिनुहोस्” बर्कले भन्नुभयो ।  यदि तपाईसँग अब वैध भिसा छैन भने, तपाईँले अस्ट्रेलिया छोड्नुपर्छ,” उहाँले थप्नुभयो ।

    उहाँका अनुसार निर्माण र कृषिसहित आवश्यक क्षेत्रमा सीप भएका आप्रवासीलाई प्राथमिकता दिन कुशल श्रमिक भिसाका लागि आवेदन विचार गर्ने आदेशमा संशोधन गरिनेछ र सक्रिय छुट्टी भिसा कार्यक्रममा प्रणाली सुरु गर्न आवाश्यक सुधार गरिनेछ ।

    बाह्र महिनाको कार्य तथा छुट्टी भिसामा आएका आगन्तुकलाई हाल यदी तिनीले ८८ दिनको क्षेत्रीय काम पूरा गरी थप छ महिना काम पूरा गरे भने स्वचालित रूपमा दोस्रो वर्ष दिइने जनाइएको छ ।

    करीव ४५ हजार योग्य र छुट्टी भिसा भएका मानिसलाई दोस्रो वर्ष र पाँच हजारलाई तेस्रो वर्ष प्रदान गरिने जनाइएको छ ।

    बुर्केका अनुसार सन् २०२५–२६ मा ५७ हजार मानिस दोस्रो वर्षका लागि र ३१ हजार तेस्रो वर्षका लागि योग्य भएका छन् ।

    बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.