• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

रुसमा ‘शान्ति’ शब्द नै विवादित


  •   बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित
  • टम्बोभ (रुस), ३१ भदौ । युक्रेनी ड्रोन आक्रमणको प्रत्यक्ष प्रभाव भोगेको रुसी सहर टम्बोभमा संसदीय निर्वाचन नजिकिँदै गर्दा युद्ध अन्त्य र शान्तिको पक्षमा बोल्ने उम्मेदवारले कठिन राजनीतिक वातावरणको सामना गरेका छन् । सेप्टेम्बर १८ देखि २० सम्म हुने निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीले सहज बहुमत कायम गर्ने अपेक्षा गरिएको छ ।

    Advertisement

    करिब दुई लाख ५० हजार जनसङ्ख्या रहेको टम्बोभमा गत जुलाईमा युक्रेनी ड्रोनले वाइल्डबेरीको गोदाममा आक्रमण गर्दा सात जनाको मृत्यु र २५ जना घाइते भएका थिए । त्यसको एक महिनापछि भएको अर्को आक्रमणमा गोदाम पूर्ण रूपमा ध्वस्त भएको थियो । त्यहाँ करिब पाँच हजार मानिस कार्यरत थिए ।

    युद्धको विरोध गर्ने याब्लोको पार्टीकी उम्मेदवार याना जेनकिनाले युद्ध अन्त्यका लागि खुला रूपमा आवाज उठाउनुभएको छ । उहाँका निर्वाचनसम्बन्धी भिडियो स्थानीय टेलिभिजनबाट प्रसारण गर्न रोकिएको छ । स्थानीय अधिकारीहरूले सामग्रीमा ‘चरमपन्थी प्रकृतिका सङ्केत’ रहेको आरोप लगाएका छन् । जेनकिनाले भने रुसमा ‘शान्ति’ शब्द नै आपत्तिजनक र खतरनाकजस्तो व्यवहार हुन थालेको बताउनुभएको छ । उहाँका अनुसार लामो युद्धबाट युवा र वृद्ध दुवै थकित छन् र मानिसहरू सुरक्षित तथा स्थिर जीवन चाहन्छन् ।

    तर युद्धको समर्थन गर्ने धारणा पनि बलियो छ । कम्युनिस्ट पार्टीका उम्मेदवार आन्द्रेई झिडकोभले किएभसँग शान्ति वार्ताको विरोध गर्दै युद्धलाई रुसको अस्तित्व र राज्य सुरक्षासँग जोड्नुभएको छ । उहाँका अनुसार स्थानीय कम्युनिस्ट पार्टीका छ सदस्य युक्रेन युद्धमा मारिएका छन् ।

    युद्धका कारण तेल प्रशोधन केन्द्र प्रभावित हुँदा इन्धन अभाव र मूल्यवृद्धिको दबाबसमेत देखिएको छ । विश्लेषकहरूका अनुसार क्रेमलिनले उच्च मतदानलाई शासनप्रतिको समर्थन र वैधता प्रदर्शन गर्ने माध्यमका रूपमा लिएको छ । तर जेनकिनाले टम्बोभमा भएको ड्रोन आक्रमणले समेत युद्धविरोधी अभियानलाई अपेक्षित जनसमर्थन नदिएको बताउनुभएको छ।

    बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.