• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो


  •   मङ्गलबार, भदौ ३०, २०८३ मा प्रकाशित
  • भिल्नियस, ३० भदौ । रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका बेला नेटोका लडाकू विमानले लिथुआनियाको हवाई क्षेत्रमा प्रवेश गरेको एक ड्रोन खसालेका छन् । राष्ट्रपति गितानास नौसेदाले मङ्गलबार उक्त जानकारी दिँदै रुसले युक्रेनविरुद्ध सैन्य कारबाही तीव्र बनाइरहेकाले क्षेत्रीय सुरक्षाका लागि यस्तो तयारी महत्त्वपूर्ण भएको बताउनुभयो ।

    Advertisement

    लिथुआनियाली राष्ट्रिय रेडियो (एलआरटी) का अनुसार राष्ट्रिय सङ्कट व्यवस्थापन केन्द्रको प्रारम्भिक विवरणमा ड्रोन छिमेकी बेलारुसबाट आएको र पश्चिमतर्फ गइरहेको थियो । ड्रोन देशको मध्य भागमा रहेको कौनास ताल नजिकको ग्रामीण क्षेत्रमा खसेको जनाइएको छ । विदेशमन्त्री केस्टुटिस बुड्रिसले लिथुआनियाको हवाई सुरक्षा मजबुत बनाउन सहयोग गर्ने सहयोगी राष्ट्रलाई धन्यवाद दिनुभयो ।

    यसैबीच, पोल्यान्डले पनि युक्रेनमा आक्रमण गरिरहेका रुसी मानवरहित विमानको गतिविधिका कारण आफ्नो हवाई क्षेत्रमा पूर्वसावधानीस्वरूप सुरक्षा अभियान सुरु गरेको जनाएको छ । उक्त कदम विशेष जोखिममा रहेका क्षेत्र आसपासको हवाई क्षेत्र सुरक्षित गर्न चालिएको पोल्यान्डले जनाएको छ ।

    यो घटना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनले एकअर्काका ऊर्जा संरचनामाथि आक्रमण रोक्न सहमति गरेको घोषणा गरेपछि भएको हो । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले पनि सहमति पालना गरे युक्रेन तनाव कम गर्ने कदमका लागि तयार रहेको बताउनुभएको थियो ।

    यसैबीच, युक्रेनी सेनाले रुसको क्रास्नोडार क्षेत्रमा सैन्य लक्ष्यविरुद्ध लामो दूरीका आक्रमण जारी राखेको जनाएको छ भने रुसले युक्रेनतर्फ १०२ ड्रोन प्रक्षेपण गरेको बताइएको छ ।

    यसअघि मे महिनामा नेटोका लडाकू विमानले इस्टोनियाको हवाई क्षेत्रमा प्रवेश गरेको युक्रेनी ड्रोन खसालेका थिए । सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि बाल्टिक क्षेत्रमा नेटोले विदेशी ड्रोन खसालेको त्यो पहिलो घटना थियो ।

    लिथुआनियाका राष्ट्रपति नौसेदाले जुलाईमा आफ्नो देश रुसविरुद्ध पश्चिमी आणविक प्रतिरोध क्षमतामा सहभागी हुन चाहेको बताउनुभएको थियो । त्यसयता लिथुआनियाले आफ्नो भूमिमा आणविक हतियार भण्डारण गर्न रोक लगाउने संवैधानिक प्रावधान हटाउने प्रक्रिया अघि बढाएको छ ।

    मङ्गलबार, भदौ ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.