रिकङ पीओ–हिमाचल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नगर समिति रिकाङ पिओको आयोजनामा हरितालिका तीज कार्यक्रम स्थानीय महात्मा गान्धी पार्कमा भव्य रूपमा सम्पन्न भएको छ ।
Advertisement
सेप्टेम्बर १४, २०२६ का दिन सम्पन्न उक्त तीज कार्यक्रममा किन्नौर जिल्लाका उपायुक्त (डीसी) डा. अमित कुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै हिमाचल राज्य समितिका मिथुन सिंहको विशेष उपस्थिति रहेको थियो ।
देशको विषम् परिस्थितिका बाबजुद प्रदेशमा पनि आफ्नो संस्कृति र एकतालाई जीवन्त राख्दै कार्यक्रममा सहभागी हुने सम्पूर्ण अतिथि सदस्य तथा दिदीबहिनीहरूलाई नगर समिति रिकाङ पिओले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
कार्यक्रम नगर समिति उपाध्यक्ष निर्मल सिंहको अध्यक्षता तथा कोषाध्यक्ष प्रकाश चन्द्रको सञ्चालनमा सम्पन्न भएको थियो ।


