• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

अमेरिका–इरान तनाव चर्किंदै


  •   बुधबार, भदौ २४, २०८३ मा प्रकाशित
  • पेरिस । इरान र संयुक्त राज्य अमेरिकाबीच सैन्य तनाव थप चर्किएको छ । आफ्ना जहाजमाथि अमेरिकी आक्रमणको जवाफी कारबाहीस्वरूप इरानले बुधबार हर्मुज जलघाँटीमा अमेरिकी जहाज र तेल ट्याङ्करलाई लक्षित गर्नुका साथै जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । बढ्दो तनावले मध्यपूर्वको सुरक्षा र विश्वव्यापी तेल आपूर्तिमाथि जोखिम बढाएको छ ।

    Advertisement

    इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले हर्मुजबाट पार गर्न खोजिरहेका दुई अमेरिकी जहाज, आठ तेल ट्याङ्कर र १० ‘गैर–अनुपालन जहाज’ लाई लक्षित गरेको जनाएको छ । साथै कुवेत र बहराइनका बन्दरगाहमा रहेका तेल ट्याङ्करलाई समेत आक्रमण गर्ने चेतावनी दिँदै चालक दललाई जहाज छाड्न आग्रह गरेको छ ।

    इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ भने जोर्डनको सेनाले इरानबाट प्रहार गरिएका १८ क्षेप्यास्त्र खसालेको बताएको छ ।

    तनावसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ । बुधबार एसियाली बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९९।४६ अमेरिकी डलर तथा वेस्ट टेक्सास इन्टरमिडियटको मूल्य ९४।४५ डलर पुगेको थियो ।

    अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानी तेलवाहक जहाजले अमेरिकी युद्धपोतमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकी सेनाले मङ्गलबार पाँच इरानी तेलवाहक जहाज नष्ट गरेको थियो । इरानी सञ्चारमाध्यमले खर्ग टापुनजिकै एउटा सानो तेल ट्याङ्करमाथि अमेरिकी क्षेप्यास्त्र प्रहार भएको तथा जास्क बन्दरगाहमा विस्फोट भएको जनाएका छन् ।

    यसअघि इरानी सशस्त्र बलका चिफ अफ स्टाफ अली अब्दुल्लाहिले इरानी तेल ट्याङ्करमाथि आक्रमण भए क्षेत्रका अमेरिकी सैन्य आधारलाई लक्षित गर्ने चेतावनी दिनुभएको थियो ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यमनका हुथी विद्रोहीले साउदी अरबमाथि गरेको आक्रमणमा इरानको हात रहेको आरोप लगाउनुभएको छ । चार वर्षको युद्धविरामपछि यमनमा पुनः द्वन्द्व चर्किरहेका बेला हुथीहरूले लाल सागरको प्रवेशद्वार बाब अल–मन्डब नजिकै आक्रमण तीव्र पारेका छन् ।

    इरानले अमेरिकी मानवरहित पनडुब्बी र एमक्यू–१ ड्रोन नष्ट वा कब्जा गरेको दाबी गरेको छ । अमेरिकी सेनाले भने पानीमुनि ड्रोनमा खराबी आएको र त्यसमा संवेदनशील सूचना नरहेको जनाएको छ ।

    यसैबीच अमेरिकाले इरानमाथि आर्थिक दबाब पनि बढाएको छ । अमेरिकी अर्थ मन्त्रालयले इरानको उड्डयन क्षेत्रमार्फत हतियार, कर्मचारी र अवैध कार्गो ओसारपसारमा सहयोग पुगेको आरोपमा ३६ वटा व्यक्ति तथा संस्थामाथि प्रतिबन्ध लगाएको जनाएको छ ।

    पछिल्ला घटनाक्रमले हर्मुज जलघाँटीमा सम्भावित अवरोधका कारण मध्यपूर्वको सुरक्षा मात्र नभई विश्वव्यापी ऊर्जा बजारमा समेत थप अस्थिरता आउनसक्ने चिन्ता बढाएको छ ।

    बुधबार, भदौ २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.