• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

सामाजिक सञ्जालमा अफवाह फैलाउने विरुद्ध प्रहरी निर्मम बन्दै


  •   मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
  • काठमाडौँ । सामाजिक सहिष्ण्ॉतामा आघात पुर्‍याउने भिडियो सामग्री प्रसारण गर्ने विरुद्ध काठमाडौँ प्रहरी निर्मम बन्दै जान थालेको देखिएको छ ।

    Advertisement

    काठमाडौँ चन्द्रागिरी नगरपालिका–१२ बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडैलाई आइतबार पक्राउ परेसँगै यस्तो देखिएको हो ।

    बैतडी सुर्नया गाउँपालिका–७ का वीरेन्द्रलाई साइबर ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

    उनले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति सम्बन्धमा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा विपत्तिमा खुसी व्यक्त गर्ने भिडियो सामग्री बनाई फेसबुक रिलमा अपलोड गरेका थिए ।

    पछिल्लो समय सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह, भ्रामक समाचारलगायत सामग्री प्रसारण गर्ने विरुद्ध प्रहरीले आक्रमक रुपमा कारबाही थालेको छ ।

    केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले संवेदनशील घडीमा पीडामा रहेका नागरिकले व्यक्त गरेका विचारमाथि अनावश्यक टिप्पणी गरी होच्याई थप पीडा दिनेको निगरानी गरी त्यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी निर्मम रूपमा प्रस्तुत भइरहेको बताए ।

    ‘बाढीका कारण भएको मानवीय क्षति तथा भौतिक क्षतिको यस दु:खद घडीमा विभिन्न व्यक्ति, समूह तथा अराजक मानसिकता बोकेका व्यक्तिले हृदयविदारक, विभत्स तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरी जनमानसमा थप पीडा हुने गरी त्रास फैलाउने गतिविधि नियन्त्रण गर्न प्रहरी थप सचेत भएको छ’ उनले भने ।

    प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार फेसबुकमा एक सय ६८, टिकटकमा चार र इन्स्टाग्राममा एक गरी कुल एक सय ७३ ओटा गलत सूचना र अफवाहसहितका समाचार सामग्री प्रसारण भएको देखिन्छ । त्यसमध्ये साइबर सक्रियतामा फेसबुकबाट ७९ र टिकटकबाट चारोटा त्यस्ता सामग्री सामाजिक सञ्जालबाट हटाइएको प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिए ।

    यस खालका गतिविधिको अनुगमन गरी ती सामग्री तत्कालै हटाउन र त्यस्ता गतिविधिलाई रोक्न साइबर ब्युरोका प्रहरी नायब उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको बताइएको छ ।

    समितिले सामाजिक सहिष्ण्ॉतामा आघात पुर्‍याउने कार्यमा संलग्नउपर अनुसन्धान एवम् पहिचान गरी सम्बन्धित प्रहरी कार्यालय वा सरोकारवाला निकायसँग समन्वय, सहकार्य गरी आवश्यक कारबाही गर्नेछ ।

    प्रनाउ आचार्यले सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह, भ्रामक समाचारलगायत सामग्री प्रसारण गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन समितिले काम गरिरहेको जानकारी दिए ।

    ‘सामाजिक सञ्जालमार्फत अञ्जानमा पोस्ट गरेका वा सेयर गरेका समाचारको गाम्भीर्यता हेरी सचेत गराई हटाउन लगाइएको छ’ उनले भने ।
    बिपद्का नाममा हुन सक्ने अपराध र गलत सूचना नियन्त्रण गर्न, बिपद्को मौका छोपी राहत सङ्कलनका नाममा हुन सक्ने ठगीलाई पनि नियन्त्रण गर्नसमेत प्रहरी सक्रिय रहेको केन्द्रीय प्रहरी प्रवक्ता काफ्ले बताउँछन् ।

    मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.