• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

दश मिनेटमा गाउँपालिका पुगिन्छ, ९४ वर्षकी आमा लिएर सदरमुकाम आउनुपर्यो’


  •   शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
  • पाँचथर, १९ भदौ । पाँचथरको हिलिहाङ गाउँपालिका–४ पञ्चमीकी ९४ वर्षीया धनमाया योङहाङ लिम्बू भूमि प्रशासन कार्यालय पाँचथरको सेवाग्राही बस्ने बेन्चमा सुतिरहनुभएको थियो ।

    Advertisement

    उहाँका छोरा रिकुमार योङहाङ आफ्ना बाबुको नाममा रहेको जग्गा आमा धनमाया र आफ्नो नाममा अंशवण्डा तथा नामसारीका लागि कार्यालयका विभिन्न फाँटमा धाइरहनुभएको थियो ।

    दृष्टि गुमाएर १६ वर्षदेखि ओच्छ्यान पर्नुभएकी धनमायाको हातपाउ पनि लाग्न छोडिसकेका छन् । सामान्य हिँडडुल गर्नदेखि शौचालय जानसमेत उहाँलाई सहारा नभइ हुँदैन । बेन्चमा सुतिरहनुभएकी धनमायालाई आफन्तले पटकपटक शौचालय लैजाँदै र ल्याउँदै गरिरहनुभएको थियो ।

    जग्गा अंशवण्डा तथा नामसारीका लागि बायोमेट्रिक अनिवार्य भएकाले धनमायाको हातगोडा चल्न छाडे पनि भूमि प्रशासन कार्यालय आउनैपर्ने बाध्यता आइलागेको थियो । छोरा रिकुमारले आफन्त र छिमेकीसँग सहयोग मागेर गाउँदेखि सदरमुकाम चल्ने सवारीमा आमालाई लिएर आउनुभएको हो । बाबुको आठ वर्षअघि नै निधन भइसकेको र आफू लामो समय वैदेशिक रोजगारीमा रहनुपरेकाले जग्गा अंशवण्डा र नामसारी गर्न नभ्याएको उहाँको भनाइ थियो ।

    रिकुमारको घरदेखि हिलिहाङ गाउँपालिकाको कार्यालय पुग्न पैदल हिँड्दा १० मिनेटमात्रै लाग्छ । नापी र मालपोतसँग सम्बन्धित काम जिल्लास्थित कार्यालयबाट मात्रै हुने हुँदा नजिकै गाउँपालिकाको कार्यालय भए पनि बूढी आमा लिएर सदरमुकाम आउनुपरेको दुःखेसो रिकुमारको छ ।

    “पैदल हिँड्दा पनि आमालाई बोकेर १० मिनेटमा गाउँपालिकाको कार्यालय पुग्थ्यौँ । तर त्यहाँ जग्गाको काम नहुने भएकाले फिदिम झर्नुपर्ने बाध्यता आइलाग्यो”, रिकुमारले भन्नुभयो, “यहाँको सेवा पनि गाउँपालिका वा वडा कार्यालयबाटै दिइएको भए मजस्ता सेवाग्राहीलाई सहज हुन्थ्यो होला ।”

    बिहान गाउँबाट सदरमुकाम आउने सवारीसाधनमा आमालाई लिएर आइपुग्दा ढिला भइसकेको थियो । त्यसमाथि हातपाउ बसेकी आमालाई खाना खुवाएर कार्यालय आइपुग्न रिकुमारको टोलीलाई थप समय लाग्यो । भूमि प्रशासन कार्यालयमा काम सम्पन्न गर्दा ४ः३० भइसकेको थियो ।

    विभिन्न फाँटमा धाउँदै गर्दा गाउँ फर्कने सवारीका चालकले रिकुमारलाई फर्कने बेला भइसकेको भनेर पटकपटक फोन गरिरहेका थिए । काम नसकी नर्फकने भनेपछि रिकुमारको टोलीको गाउँ फर्कने गाडी पनि छुट्यो ।

    “यहाँ (फिदिममा) गोर्खा वेलफेयर सेन्टरमा पनि थोरै काम थियो । त्यहाँ त भिडिओ कलबाट पनि काम हुन्छ”, रिकुमारले भन्नुभयो, “यहाँ (भूमि प्रशासन कार्यालयमा) पनि त्यस्तै व्यवस्था भएको भए झनै सहज हुन्थ्यो । आज ढिलो हुँदा गाउँ जाने गाडी पनि छुट्यो”, सदरमुकाम फिदिममा आफन्तले कोठा लिएकाले आजै त्यतै बस्ने योजनामा उहाँहरू हुनुहुन्थ्यो ।

    भूमिसम्बन्धी सेवा स्थानीय तहमा विस्तार नहुँदा सेवाग्राहीले रिकुमार र धनमायाले जस्तै सास्ती खेप्दै आएका छन । फिदिम नगरपालिकाबाहेक जिल्लाका सातवटै गाउँपालिकाबाट भूमिसम्बन्धी सेवा प्रवाह हुनुपर्ने स्थानीयको माग छ ।

    जग्गाको किनबेच, अंशवण्डा र नामसारी गर्दा जग्गाधनी स्वयं उपस्थित भइ बायोमेट्रिक गर्नुपर्ने व्यवस्था भएका कारण जेष्ठ नागरिक कार्यालय आउनैपर्ने बाध्यता रहेको भूमि प्रशासन कार्यालय पाँचथरका सूचना अधिकारी पदमबहादुर नेम्वाङको भनाइ छ ।

    “उहाँको (रिकुमार) हकमा एक्लो छोरा भएकाले आमाको शेखपछि (निधनपछि) जग्गा स्वतः छोराको नाममा आउने हो । तर गाउँमा कुनै संस्थालाई जग्गा दिनुपर्ने भएका कारण अंशवण्डा र नामसारीका लागि आउनुभएको रहेछ”, नेम्वाङले भन्नुभयो, “जग्गाको कारोबार गर्नैपर्ने अवस्थामाचाहिँ बायोमेट्रिक गर्न जोकोही कार्यालय आउनैपर्छ ।”

    भूमि प्रशासन कार्यालयको सेवा स्थानीय तहबाटै प्रदान हुनुपर्ने धेरै सेवाग्राहीले माग गरे पनि जिल्लाको याङवरक गाउँपालिकाले मात्रै प्रक्रिया अगाडि बढाएको नेम्बाङको भनाइ छ । “याङवरक गाउँपालिकाले भूमि प्रशासनको सेवा दिनका लागि प्रक्रिया अघि बढाएको छ”, नेम्वाङले भन्नुभयो, “स्थानीय तहबाटै सेवा प्रदान गर्दा सेवाग्राहीलाई केही न केही सहज हुन्छ होला । अन्य गाउँपालिकाले भन प्रक्रिया अगाडि बढाएको बुझेका छैनौँ ।”

    शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.