• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

भोटेकोशी बाढीः बाँसका संरचना निर्माण गर्न दिक्तेल रुपाकोट मझुवागढीले सहयोग गर्ने


  •   शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
  • खोटाङ, १९ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको अस्थायी बासस्थान निर्माणका लागि बाँस खरिदमा आर्थिक सहयोग गर्ने भएको छ । नगरपालिकाले सम्बन्धित निकायको समन्वयमा विपद् प्रभावित क्षेत्रमा बाँस तथा काठ उपलब्ध गराई बासस्थान निर्माणमा सहयोग गर्ने निर्णय गरेको हो ।

    Advertisement

    प्रभावित नागरिकका लागि बाँसका संरचना निर्माण गर्न नगरपालिकाको तर्फबाट रु ६२ लाख नौ हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।

    नगरपालिकाका जनप्रतिनिधिबाट रु नौ लाख ८९ हजार तथा कर्मचारी, शिक्षक र विद्यालय कर्मचारीबाट रु ५२ लाख २० हजार उपलब्ध गराइनेछ । जनप्रतिनिधिको एक महिनाको सेवासुविधाबापतको रकम उपलब्ध गराइनेछ । कर्मचारी, शिक्षक तथा विद्यालय कर्मचारीको भने तहअनुसारको पारिश्रमिक कट्टा गरेर एकमुस्ट उपलब्ध गराइनेछ ।

    नगरपालिकाले वडा नं ३, ६, ७ र १२ तथा ज्येष्ठ नागरिक सङ्घबाट एक–एक गाडी बाँस उपलब्ध गराउने निर्णय गरेको छ । अन्य वडाबाट प्रतिवडा रु १५ हजारका दरले बाँस खरिद तथा ढुवानीका लागि खर्च व्यवस्थापन गरिने नगरपालिकाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

    खोटाङ बाँसको राजधानी भएकाले विपद् प्रभावित क्षेत्रमा बाँसका संरचना निर्माणमा सहयोग गर्ने निर्णय भएको नगरप्रमुख भट्टराईले जानकारी दिए ।

    “विपद् प्रभावित क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले बाँस प्रविधिसँग सम्बद्ध विज्ञ र सम्बद्ध निकायको पहलमा बाँसको वैज्ञानिक तथा आधुनिक प्रविधिबाट विभिन्न संरचना निर्माण गर्ने योजना अघि सारिएको छ । यसका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेका छौँ”, उनले भने, “बाँस स्थानीय रूपमा सहजै उपलब्ध हुने, नवीकरणीय, कम लागतमा संरचना तयार गर्न सकिने तथा उचित प्रशोधन र संरचनात्मक डिजाइन गर्दा दश वर्षसम्म टिक्छ ।”

    विपद् प्रभावित क्षेत्रमा साना सरकारी तथा सामुदायिक भवन, अस्थायी आवास, सेवा केन्द्र, प्रतीक्षालय, विद्यालय तथा स्वास्थ्यचौकीका अस्थायी संरचना निर्माणमा बाँसको प्रयोग गर्न सकिन्छ । स्थानीय स्रोत र श्रमको उपयोग गरी रोजगारी सृजना गर्ने, दिगो पुनर्निर्माणलाई प्रवर्द्धन गर्ने तथा वैज्ञानिक प्रशोधन र संरचनात्मक मापदण्डमार्फत बाँसलाई भरपर्दो तथा दिगो निर्माण सामग्रीका रूपमा स्थापित गर्ने नगरपालिकाको लक्ष्य छ ।

    बाँसको प्रयोगबाट निर्माण गर्न उपयुक्त सरकारी, सार्वजनिक, सामुदायिक तथा आवासीय संरचनाको आवश्यकता र प्राथमिकताबारे जानकारी दिन नगरपालिकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गरेको छ ।

    नगरपालिकाले जोखिममा रहेका नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वेच्छिक सहयोग गर्न आग्रह गरेको छ । दश स्थानीय तह रहेको जिल्लाका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाहेक अन्य स्थानीय तहले बाढी प्रभावित क्षेत्रमा सहयोग गर्नेबारे हालसम्म निर्णय गरेका छैनन् ।

    शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.