• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

विभिन्न स्थानबाट १७७ शव सङ्कलन


  •   बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
  • त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परेर ज्यान गुमाएका विभिन्न स्थानबाट १७७ शव सङ्कलन भएको छ ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालयका प्रमुख (प्रहरी उपरीक्षक) विपिन रेग्मीका अनुसार जमिनको सतहमा रहेका शवको खोजतलास एवं सङ्कलनअन्तर्गत १७७ जनाको शव फेला पारिएको छ । तीमध्ये १६ जनाको पहिचान भएकाले सम्बन्धित परिवारलाई बुझाएको र बाँकी शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

    “नेपाली सेनाको हेलिकप्टरसहित नेपाल प्रहरीले ड्रोन क्यामेरा, तालिम प्राप्त कुकुरसहित जिल्लाको विभिन्न ३० स्थानलाई आधार इलाका बनाई शव खोजतलासअन्तर्गत जमिनको सतहमा रहेका शव सङ्कलनको पहिलो चरणको काम पूरा गरेको छ”, प्रहरी प्रमुख रेग्मीले भन्नुभयो, “जमिनको सतह, घरभित्र देखिने अवस्थाका शव सङ्कलन गरिएकाले कहीँकतै देखेमा प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ ।”

    प्रहरीले अब उत्खनन र खानतलासीमार्फत शव सङ्कलन सुरु गरेको जनाएको छ । संयुक्त सुरक्षा फौजमार्फत भइरहेको शव व्यवस्थापनमा नेपाल प्रहरीलाई जमिनको सतहमा सशस्त्र प्रहरी बल र सङ्कलन भएको शव हवाई उडानमार्फत ल्याउन हेलिकप्टर प्रयोगमा नेपाली सेनाले सहयोग पुर्याउँदै आएको छ ।

    शव सङ्कलनअन्तर्गत सोमबार बेत्रावतीस्थित बच्चु अवस्थीको घर परिसरमा एकैस्थानमा २१ जनाको शव बरामद भएको थियो । उक्त स्थानमा सार्वजनिक सवारीसाधन रोकेर सुरक्षित स्थान भन्ने ठानेर आश्रय लिएका व्यक्ति भएको जनाइएको छ । उक्त स्थानबाट सङ्कलन भएको अधिकांश शवको बेत्रावतीमा पहिचान नभएसँगै परीक्षणका लागि काठमाडौँ पठाइएको छ ।

    बाढीले प्रभावित बनाएको बेत्रावतीसहित सोलेबजार, तुप्चे, त्रिशूली बजार, ढुङ्गे र देवीघाटमा घर तथा सडकमा भरिएका ग्रेगर र लेदो हटाई प्रहरीले खानतलासीमार्फत पुरिएका स्थानमा शव खोजतलास सुरु गरेको हो ।

    यसअघि विभिन्न ३० स्थानमा परिचालन भएको शव सङ्कलन टोली अब मुख्य प्रभावित क्षेत्रको बस्तीमा केन्द्रित भएको छ ।

    बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.