काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेशका असन्तुष्ट सांसदहरू मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत दिन तयार भएका छन्।
Advertisement
मंगलबार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटपछि उनीहरूले विश्वासको मत दिने निर्णय गरेका हुन्। राप्रपासँगको सत्ता सहकार्य र मन्त्रालय भागबन्डालगायत विषयमा असन्तुष्ट सांसदहरूले केन्द्रीय संयोजन समितिको बैठकबाट थप निर्णय गर्ने सहमति गरेका छन्।
सांसद गङ्गानारायण श्रेष्ठका अनुसार प्रचण्डले तत्काल विश्वासको मत दिन र बाँकी विषय केन्द्रीय संयोजन समितिको बैठकमा छलफल गर्न आग्रह गरेका थिए। असन्तुष्ट पक्षमा कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा, ओमकुमारी श्रेष्ठलगायत सांसद छन्।

