• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, भदौ ०६, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिष्ट संग्रहालयको चौथो भेला बुटवलमा सम्पन्न

बागलुङमा महिलानेतृ सकुन्तलाको शोकसभा (फोटासहित)

गरिमाको चीत्कार सिङ्गो समाजअगाडिको प्रश्न : महिला सङ्घ

रामपुर बुशहरबाट नेपाली महिला र दुई वर्षीय बालक बेपत्ता, खोजीका लागि मूल प्रवाहसँग अपिल

चार महिनामा बिपदका पाँच हजार बढी घटना, ढाइ सयको मृत्यु

जघन्य अपराध रोक्न बलियो कानुनी व्यवस्था आवश्यक : गृहमन्त्री

विद्यालय कर्मचारीको आन्दोलन किन रोकियो ?

गुल्मीमा धुर्कोटको ग्रेटवाल नयाँ पर्यटकीय गन्तव्य

मसालका सदस्य तेजपाल केसीको दाहसंस्कार

लोकप्रिय समाचार

  • १. उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

  • २. मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

  • ३. स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

  • ४. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • ५. मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

  • ६. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ७. कङ्ग्रेस इतर पक्षको धर्मसम्बन्धी विचारको अभिप्राय हिन्दु राष्ट्र : मसाल

  • ८. जापानमा मौलिक तिजगीत प्रतियोगिता हुँदै

  • ९. मसालका शिक्षकले सरल भाषामा प्रशिक्षण दिनुहुन्छ : बराल (भिडियोसहित)

  • १०. नेकपाले छान्यो ४ मन्त्री

गरिमाको चीत्कार सिङ्गो समाजअगाडिको प्रश्न : महिला सङ्घ


  •   शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल महिला सङ्घले बाराकी तीन वर्षीया गरिमा चौधरीको चीत्कार सिङ्गो समाजअगाडिको प्रश्न भएको विचार व्यक्त गरेको छ ।

    Advertisement

    अध्यक्ष मीना पुनको हस्ताक्षरमा २०८३ भदौ ६ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै महिला सङ्घले सो धारणा व्यक्त गरेको हो ।

    “गरिमाको चीत्कार अब केवल एउटा परिवारको पीडा होइन, यो सिङ्गो समाजको सामु खडा भएको प्रश्न हो” महिला सङ्घले माग गरेको छ– “बालिका तथा महिलामाथिको हिंसा अन्त्य गर्न राज्य गम्भीर बनोस् र पीडित परिवारलाई शीघ्र न्याय सुनिश्चित गरियोस् ।”

    घटनाको निष्पक्ष र गहन छानबिन गरी अपराधीलाई कुनै बहानामा उन्मुक्ति नदिन आग्रह गरिएको उक्त प्रेसवक्तव्यको अन्तमा मृतक गरिमाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ ।

    यस्तो छ, वक्तव्यको पूर्ण पाठ :

    “बाराकी तीन वर्षीया अबोध बालिका गरिमा चौधरीलाई बलात्कारपछि निर्मम र क्रुरतापूर्वक गरिएको हत्याको घटनाले सिङ्गो मानव समाज स्तब्ध र शोकाकुल बनेको छ । कलिलो उमेरमै उनको जीवनमाथि गरिएको यो क्रुर प्रहार सभ्य समाजकै लागि कलङ्क हो ।

    अखिल नेपाल महिला सङ्घ यस अमानवीय र आपरािधक घटनाको घोर निन्दा तथा भत्र्सना गर्दछ । यस प्रकारको जघन्य अपराधको जति नै विरोध गरे पनि कमी हुन्छ । अपराधीलाई कुनै पनि बहानामा उन्मुक्ति दिनुहुँदैन । घटनाको निष्पक्ष र गहन अनुसन्धान गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गर्दछौँ । पीडित परिवारलाई शीघ्र न्याय र उचित क्षतिपूर्ति सुनिश्चित गरियोस् ।

    बालिका हराएको सूचना समयमै प्राप्त हुँदासमेत खोजीकार्यमा कुनै कमजोरी वा लापरबाही भएको भए त्यसको समेत निष्पक्ष छानबिन गरी सम्बन्धित दोषी तथा जिम्मेवार व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरियोस् ।

    गरिमाको चीत्कार अब केवल एउटा परिवारको पीडा होइन, यो सिङ्गो समाजको सामु खडा भएको प्रश्न हो । बालिका तथा महिलामाथिको हिंसा अन्त्य गर्न राज्य गम्भीर बनोस् र पीडित परिवारलाई शीघ्र न्याय सुनिश्चित गरियोस् ।

    अन्त्यमा अबोध बालिका गरिमा चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।

    गरिमालाई न्याय देऊ !

    महिला तथा बालिकामाथिको हिंसा अन्त्य गर !

    दोषीलाई हदभन्दा हदसम्मको कठोर कारबाही गर !”

    शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिष्ट संग्रहालयको चौथो भेला बुटवलमा सम्पन्न
    बागलुङमा महिलानेतृ सकुन्तलाको शोकसभा (फोटासहित)
    रामपुर बुशहरबाट नेपाली महिला र दुई वर्षीय बालक बेपत्ता, खोजीका लागि मूल प्रवाहसँग अपिल
    चार महिनामा बिपदका पाँच हजार बढी घटना, ढाइ सयको मृत्यु
    जघन्य अपराध रोक्न बलियो कानुनी व्यवस्था आवश्यक : गृहमन्त्री
    विद्यालय कर्मचारीको आन्दोलन किन रोकियो ?

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

    • २.
      मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

    • ३.
      स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

    • ४.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • ५.
      मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

    • ६.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    भर्खरै

    • १.
      कम्युनिष्ट संग्रहालयको चौथो भेला बुटवलमा सम्पन्न

    • २.
      बागलुङमा महिलानेतृ सकुन्तलाको शोकसभा (फोटासहित)

    • ३.
      गरिमाको चीत्कार सिङ्गो समाजअगाडिको प्रश्न : महिला सङ्घ

    • ४.
      रामपुर बुशहरबाट नेपाली महिला र दुई वर्षीय बालक बेपत्ता, खोजीका लागि मूल प्रवाहसँग अपिल

    • ५.
      चार महिनामा बिपदका पाँच हजार बढी घटना, ढाइ सयको मृत्यु

    • ६.
      जघन्य अपराध रोक्न बलियो कानुनी व्यवस्था आवश्यक : गृहमन्त्री

    • ७.
      विद्यालय कर्मचारीको आन्दोलन किन रोकियो ?

    • ८.
      गुल्मीमा धुर्कोटको ग्रेटवाल नयाँ पर्यटकीय गन्तव्य

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.