• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै


  •   सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
  • कञ्चनपुर, १ भदौ ।  सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ । भदौ १ गते अर्थात् भदौ सङ्क्रान्तिका दिन मनाइने यो पर्व सुदूरपश्चिमको मौलिक पर्व हो । मौलिक लोकसंस्कृति र सांस्कृतिक परम्पराले समृद्ध सुदूरपश्चिममा विभिन्न लोकपर्व परम्परादेखि चलिआएका छन् ।

    Advertisement

    भदौ सङ्क्रान्तिका दिन उल्लासका साथ मनाइने ओल्के पर्व पनि सुदूरपश्चिमको एक महत्वपूर्ण लोक पर्व हो । परम्परागत रुपमा भदौ १ गतेका दिन पहिलो पटक देवतालाई नयाँ अन्न र फलफूल चढाएर मात्रै खाने चलन रहिआएको छ । यसै सङ्क्रान्तिका दिन अन्न ओल्कोका रुपमा चढाइने भएकाले यो सङ्क्रान्तिलाई ओल्के सङ्क्रान्ति भनिएको सुदूरपश्चिमको लोकसंस्कृतिका जानकार कविराज भट्टले बताउनुभयो । उहाँका अनुसार ओल्को शब्दको अर्थ ‘कोसेली’ हो ।

    देवताका मन्दिर तथा इष्टमित्र र अन्य मान्यवरहरुलाई दिइने कोसेलीलाई ‘ओल्को’ भनिने उहाँले बताउनुभयो । नवविवाहित दुलही विवाह गरेको पहिलो श्रावण महिनाभरि माइतीघरमा बस्ने र दुलाहा पक्षबाट ओल्कोका रुपमा फलफूल ल्याएर माइती पक्षलाई भेट दिने र बिदाइमा समान्य  दक्षिणा दिएर पठाउने चलन सुदूरपश्चिममा रहेकाले पनि यसलाई ओल्के भनिएको भट्ट बताउँछन् ।

    “बाइसेचौबिसे राज्यमा देवतापछि राजालाई मान्ने प्रचलनअनुसार पहिलो अन्न र फलफूल स्थानीय उत्पादन प्रतिनिधिका रुपमा मुखियालगायत राजकर्मचारीहरुलाई पनि मान्ने प्रचलन थियो,” उहाँले भन्नुभयो, “यो पर्व एकआपसमा मायाप्रेम साट्ने पर्व हो यसका साथै देवीदेवताप्रति विश्वास राख्ने समुदाय भएकाले भगवान्ले दिएको अन्नादिको पहिलो भाग भगवान्लाई नै समर्पण गर्ने लोक मान्यता रहेको छ ।”

    यस दिन सबै मिलेर गाउँ नजिकैको सार्वजनिक स्थलमा जङ्गली झाडी काट्छन् र त्यहाँ ‘बूढी’ (एउटा ठूलो लिङ्गो वा सल्लाको रूख आकृति बनाएर राखिन्छ) गाड्ने प्रचलन पनि रहेको लोकसंस्कृतिका जानकार विशनदेव जोशी बताउँछन् । यसलाई असोजमा बूढी पोल्ने दिनका रुपमा पुनः उत्सव मनाएर जलाउने गरिन्छ ।

    “यसले समाजबाट नकारात्मक ऊर्जा र रोगव्याधिको अन्त्य हुने सङ्केत गर्छ, ओल्के सङ्क्रान्ति सकिएसँगै यस क्षेत्रमा महान् पर्व गौराको चहलपहल सुरु हुन्छ,” उहाँले भन्नुभयो, “यस अवसरमा गाउँघरमा साँझपख युवायुवती तथा वृद्धवृद्धाहरू एकै ठाउँमा जम्मा भई डेउडा, चैत र धुमारी खेल खेलेर  रमाइलो गर्छन् ।”

    पछिल्लो समय आधुनिकता र बसाइँसराइका कारण मौलिक पर्वहरु ओझेलमा पर्दै गएको जोशी बताउँछन् । “ओल्के सङ्क्रान्ति केवल मीठो खानपिन गर्ने वा चाड मनाउने माध्यम मात्र नभई हाम्रो पुर्खाको इतिहास, प्रकृतिसँगको सामीप्यता र सामाजिक एकता कायम गर्ने कडी पनि हो,” उहाँले भन्नुभयो, “यस्ता लोकपर्वहरुको गरिमा जोगाइराख्न स्थानीय सरकार र नयाँ पुस्ता दुवै सक्रिय हुनुपर्छ ।”

    पहिलो अन्न भगवान्को

    सुदूरपश्चिममा खेतबारीमा उत्पादन भएको अन्नलाई देवीदेवताको कृपाको परिणाम मान्ने चलन रहिआएको छ । त्यसैले अहिले पनि सुदूरपश्चिममा नयाँ उत्पादनको पहिलो भाग भगवान्लाई अर्पण गरेर मात्रै आफूले खाने परम्परा रहिआएको यहाँका जानकार जानकी अवस्थीले बताउनुभयो । “पहिला पहिला जीविकोपार्जनको माध्यम नै कृषि थियो अहिलेको जस्तो रोजगारी गर्ने चलन थिएन अन्न उत्पादन भएन भने भोकमरी हुन्थ्यो,” उहाँले भन्नुभयो, “मानिसको मेहनतसँगै देवीदेवताको कृपाले खेतबारीमा अन्न उत्पादन भए वर्षभरि खान पुग्ने लोकविश्वास छ ।”

    खेतबारीको अन्नमा रोग लागे वा जङ्गली जनावरले नष्ट गरे पनि मेहनतले लगाएको अन्न सकुशल रुपमा भित्र्याउन पाइयोस् भनेर भगवान्को प्रार्थना पनि गरिने परम्परागत मान्यता रहिआएको अवस्थीले बताउनुभयो । “अहिले त खेतीमा रोग लाग्नुअगाडि नै विभिन्न विषादी छर्किने गर्छन्, त्यो बेला भगवान् भरोसाबाहेक केही थिएन ।”

    यहाँका जानकार राजेश्वरी जोशीले भन्नुभयो, “अन्न भगवान्को प्रसाद हो भन्ने लोकविश्वास सुदूरपश्चिममा अहिले पनि छ ।” यही परम्पराले ओल्के पर्वलाई धार्मिक आस्थासँग जोडेको उहाँको भनाइ छ ।

    ओल्के पर्वले धार्मिक मात्रै नभई सामाजिक सम्बन्ध जोड्ने सांस्कृतिक सेतुका रुपमा परम्परादेखि मनाइँदै आएको छ । यस अवसरमा आफ्ना इष्टमित्रलाई कोसेली लगेर भेटघाट गर्ने परम्परा रहिआएको यहाँका साहित्यकार रमेश पन्त मीतबन्धु बताउँछन् । आफूले उत्पादन गरेको पहिलो अन्न भगवान्लाई चढाएपछि आफन्तहरुलाई कोसेली दिएर सम्बन्धमा आत्मीयता थप्नु यो पर्वको सुन्दर पक्ष रहेको उहाँको भनाइ छ ।

    “अहिलेको मानिसहरुबीच प्रत्यक्ष भेटघाट र आत्मीयता कम हुँदै गइरहेको अवस्थामा ओल्के पर्वले सम्बन्धको महत्व दर्शाएको छ,” साहित्यकार पन्तले भन्नुभयो, “हाम्रा चाडपर्वहरुले सम्मान र आफन्तप्रतिको मायालाई समेत सांस्कृतिक रुपमा बाँधेको छ ।” ओल्के पर्वपछि सुदूरपश्चिमको महान् पर्व गौराको चहलपहल सुरु हुन्छ । यस अवसरमा परिवारका सदस्यहरुले नयाँ नयाँ लुगा कपडा किन्ने परम्परा रहिआएको छ । यो पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज सुदूरपश्चिमभर सार्वजनिक बिदा पनि दिएको छ ।

    सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.