• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, साउन २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार

२०औँ एशियाडमा ई–स्पोर्ट्स सहभागिता विवाद : समयमै समन्वय नहुँदा खेलाडी छुटेको राखेपको दाबी

किशोर श्रेष्ठ पक्राउ र सञ्चारमाध्यममा खानतलासीप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

सोलुखुम्बुको पिकेपिकमा रेड पाण्डा म्याराथन, पहिलो हुनेलाई १ लाख ५० हजार

इरानको मृत्युदण्डविरुद्ध ३२ देश

भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

बाजुरा बाढीपहिरोको उच्च जोखिममा

पत्रकार श्रेष्ठ पक्राउको चौतर्फी विरोध, सूचनाको स्रोत हत्याउन खोजेको आरोप

जापानिज इन्सेफ्लाइटिसबाट पाँचको मृत्यु

लोकप्रिय समाचार

  • १. लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

  • २. राम कार्कीले छाडे प्रगतिशील लोकतान्त्रिक पार्टी

  • ३. राजमो गुल्मीका नेता हीरा तरामुको निधन

  • ४. लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

  • ५. भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

  • ६. राजमोको बाइसौँ पार्टीस्कुल समापन

  • ७. तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

  • ८. एमाले कार्यदल प्रतिवेदनको निष्कर्ष : केपी शर्मा ओली नेतृत्वको वैधानिकता समाप्त

  • ९. ‘नेपालमा अब तीन खालका पार्टी मात्रै टिक्छन्’ : विप्लव

  • १०. मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

पत्रकार श्रेष्ठ पक्राउको चौतर्फी विरोध, सूचनाको स्रोत हत्याउन खोजेको आरोप


  •   बिहिबार, साउन २८, २०८३ मा प्रकाशित
  • काठमाडौँ । सूचनाको स्रोत हत्याउन जनआस्था मिडियाका अध्यक्ष तथा प्रधान सम्पादक किशोर श्रेष्ठको पक्राउ गरिएको भन्दै चौतर्फी विरोध भएको छ ।

    Advertisement

    २०८३ साउन २७ गते बुधबार राति ९ बजेतिर निवासस्थान ललितपुरको झम्सिखेलबाट पत्रकार श्रेष्ठलाई गिरफ्तारी गरिएपछि चौतर्फी विरोध भएको हो ।

    सरकारले जनआस्थासँग भएको सूचनाको स्रोत हत्याउन उनलाई पक्राउ गरेको हो भन्ने तथ्य खुल्दै गइरहेको छ । बिहीबार बिहानै पत्रिकाको कार्यालयमा छापा मारेर कम्प्युटरसहित विभिन्न सामग्री नियन्त्रणमा लिएसँगै यो आरोप बलियो बन्दै गएको बताउन थालिएको छ । प्रहरीले कार्यालयबाट कम्प्युटरलगायत सामग्री नियन्त्रणमा लिएर लगेको थियो ।

    यता, काठमाडौँ प्रहरी परिसरका अनुसार श्रेष्ठले भने वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा थुनुवापुर्जी जारी भएसँगै श्रेष्ठ पक्राउ गरिएको बताएका छन् ।

    दीपिका सिंहको जाहेरीका आधारमा नेपाल सरकार वादी रहने गरी श्रेष्ठ विरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन–२०७५ सम्बन्धी कसुरको मुद्दा दायर गरिएको प्रहरीको दाबी छ ।

    प्रगतिशीलको विरोध

    पत्रकार श्रेष्ठ पक्राउको प्रगतिशील पत्रकार सङ्घले विरोध गरेको छ । अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा बिहीबार बिहान प्रेसवक्तव्य जारी गर्दै प्रगतिशीलले श्रेष्ठको रिहाइको माग गरेको हो ।

    वक्तव्यमार्फत् प्रगतिशीलले समाचार सामग्रीमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने कानुनी प्रावधान सरकार, प्रशासन र प्रहरीले पनि मान्नुपर्ने स्मरण गराएको छ ।

    महासङ्घ अध्यक्षको भनाइ

    नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले श्रेष्ठको पक्राउका पछाडि सूचनाको स्रोत प्राप्त गर्ने मनसाय रहेको स्पष्ट पार्नुभयो ।

    बिहीबार बिहान सामाजिक सञ्जालमा स्टाटस राख्दै उहाँले भन्नुभयो– ‘पत्रकार किशोरलाई प्रहरीले पकाउ गरेपछि हिजो रातिदेखि नै उनले सूचना प्राप्त गर्न, स्रोत पहिचान गर्नका लागि प्रयोग गर्दै आएका सूचना सामग्री ल्यापटप, कम्प्युटर, मोबाइल र इमेलसम्म राज्यले अनधिकृत रूपमा पहुँच प्राप्त गर्न उनको घरबाट यी सामग्री जफत गरिएको छ ।’

    सरकारको कदमलाई असंवैधानिक र गैरकानुनी बताउँदै उहाँले त्यसको जति भत्र्सना गरे पनि नपुग्ने बताउनुभयो ।

    ‘समाचारको विषय प्रेस काउन्सिलमार्फत कानुनी बाटो लिनुपर्ने र चित्त नबुझे अदालत जाने बाटो सधैँ खुला छ’ उहाँले भन्नुभयो– ‘तर राज्य पत्रकारमाथि धरपकड गरेर पक्राउ गर्नतिर लागेको छ ।’

    उहाँले सरकारको यस्तो कदमले कानुनी राजको धज्जी उडेको विचार व्यक्त गर्नुभयो ।

    बिनाशर्त रिहाइको माग

    पत्रकार महासङ्घले समाचारसँग सम्बन्धित विषयलाई लिएर पत्रकार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकोमा विरोध गरेको छ ।

    महासचिव रामप्रसाद दाहालद्वारा बिहीबार बिहान जारी प्रेसविज्ञप्तिमा त्यसको पछाडि सूचनाको स्रोत प्राप्त गर्ने उद्देश्य रहेको आरोप लगाइएको छ ।

    पक्राउलगत्तै समाचारको स्रोत खोज्न प्रहरीबाट गए राति १ बजेतिर पत्रकार श्रेष्ठको घरमा र आज बिहानै कार्यालयमा खानतलासी गरिएको तथ्य अगाडि राख्दै महासङ्घले सरकारको यस्तो व्यवहार प्रेस तथा अभिव्यक्ति स्वन्तत्रता, पत्रकार आचारसंहिता र संविधान विरुद्ध रहेको दाबी गरेको छ ।

    महासङ्घले प्रेसविरोधी यस्ता व्यवहार सच्याउन र पत्रकार श्रेष्ठलाई तत्काल विनाशर्त रिहाइ गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न माग गरेको छ ।

    मिडिया सोसाइटीको विरोध

    नेपाल मिडिया सोसाइटीले सम्पादक तथा पत्रकार श्रेष्ठलाई तत्काल र निशर्त रिहा गर्न माग गरेको छ । प्रकाशित समाचारका सम्बन्धमा कुनै प्रश्न वा आपत्ति भए कानुनी प्रक्रियामार्फत समाधान खोज्नुपर्ने आग्रह सोसाइटीको छ ।

    सोसाइटीका महासचिव बोधराज त्रिपाठीले बिहीबार जारी गर्नुभएको विज्ञप्तिमा समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्म विपरीत भएको उल्लेख छ ।

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    जिल्ला प्रहरी कार्यालयअघि धर्ना

    पत्रकार श्रेष्ठको विनाशर्त रिहाइको माग गर्दै पत्रकार महासङ्घको अगुवाइमा बिहीबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौँ कार्यालयअगाडि प्रदर्शनसहित धर्ना दिइएको छ ।

    महासङ्घकी अध्यक्ष शर्माको अगुवाइमा पत्रकारहरूले प्रदर्शन गर्दै धर्ना दिएका हुन् । त्यस क्रममा प्रहरी र पत्रकारबिच केही बेर घम्साघम्सी परेको थियो ।

    शान्तिपूर्ण धर्नामा बस्न खोज्दा प्रहरीले रोकेपछि पत्रकार आक्रोशित भएका थिए । उनीहरूले ‘प्रहरी दमन मुर्दावाद’, ‘राज्यआतङ्क बन्द गर’ भन्दै नारासमेत लगाए । कालोपट्टी बाँधेर प्रदर्शनमा सहभागीले प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरेको भन्दै विरोधसमेत जनाएका थिए ।

    उनीहरुले ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’, ‘पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर’, ‘पत्रकार तर्साएर प्रेसको मुख थुन्ने प्रयास असम्भव’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । कतिपयले बलिरहेको लालटिनसमेत बोकेर प्रदर्शन गरे ।

    विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ प्रेस काउन्सिलका पूर्व अध्यक्ष एवम् पत्रकार महासङ्घका पूर्व महासचिव हुन् ।

     

    बिहिबार, साउन २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार
    २०औँ एशियाडमा ई–स्पोर्ट्स सहभागिता विवाद : समयमै समन्वय नहुँदा खेलाडी छुटेको राखेपको दाबी
    किशोर श्रेष्ठ पक्राउ र सञ्चारमाध्यममा खानतलासीप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण
    सोलुखुम्बुको पिकेपिकमा रेड पाण्डा म्याराथन, पहिलो हुनेलाई १ लाख ५० हजार
    इरानको मृत्युदण्डविरुद्ध ३२ देश
    भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

    • २.
      राम कार्कीले छाडे प्रगतिशील लोकतान्त्रिक पार्टी

    • ३.
      राजमो गुल्मीका नेता हीरा तरामुको निधन

    • ४.
      लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

    • ५.
      भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    • ६.
      राजमोको बाइसौँ पार्टीस्कुल समापन

    भर्खरै

    • १.
      इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार

    • २.
      २०औँ एशियाडमा ई–स्पोर्ट्स सहभागिता विवाद : समयमै समन्वय नहुँदा खेलाडी छुटेको राखेपको दाबी

    • ३.
      किशोर श्रेष्ठ पक्राउ र सञ्चारमाध्यममा खानतलासीप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

    • ४.
      सोलुखुम्बुको पिकेपिकमा रेड पाण्डा म्याराथन, पहिलो हुनेलाई १ लाख ५० हजार

    • ५.
      इरानको मृत्युदण्डविरुद्ध ३२ देश

    • ६.
      भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    • ७.
      बाजुरा बाढीपहिरोको उच्च जोखिममा

    • ८.
      पत्रकार श्रेष्ठ पक्राउको चौतर्फी विरोध, सूचनाको स्रोत हत्याउन खोजेको आरोप

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.