• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

इरानको मृत्युदण्डविरुद्ध ३२ देश


  •   बिहिबार, साउन २८, २०८३ मा प्रकाशित
  • पेरिस । इरानमा प्रदर्शनकारीलाई मृत्युदण्ड दिने क्रम बढेको भन्दै फ्रान्स, बेलायत र क्यानाडासहित ३२ देशले त्यसको कडा निन्दा गर्दै तेहरानलाई मृत्युदण्डको प्रयोग तत्काल रोक्न र कानूनी आधारबिना हिरासतमा राखिएका सबैलाई रिहा गर्न आग्रह गरेका छन् ।

    Advertisement

    युरोपेली सङ्घ ९इयु० की विदेश नीति प्रमुख काजा कालाससहित ती देशले बुधबार जारी गरेको संयुक्त वक्तव्यमा इरान सरकारले मृत्युदण्डलाई असहमति दबाउने, समुदायमा भय सिर्जना गर्ने तथा मानव अधिकार प्रयोग गर्ने व्यक्तिलाई सजाय दिने माध्यम बनाएको आरोप लगाइएको छ ।

    वक्तव्यमा भनिएको छ, “असहमतिलाई चुप गराउन, समुदायलाई डराउन र आफ्नो मानव अधिकार प्रयोग गर्ने व्यक्तिलाई सजाय दिन मृत्युदण्डको प्रयोग कहिल्यै उचित हुन सक्दैन ।” इरानी जनतालाई अभिव्यक्ति स्वतन्त्रता तथा शान्तिपूर्ण भेला हुने अधिकार प्रयोग गर्न स्वतन्त्रता दिन पनि ती देशले आग्रह गरेका छन् ।

    फ्रान्सेली विदेश मन्त्रालयका अनुसार सुरुमा २६ देश र इयुकी विदेश नीति प्रमुखले वक्तव्यमा हस्ताक्षर गर्नुभएको थियो । त्यसपछि अन्य देशसमेत सहभागी भएपछि हस्ताक्षरकर्ता राष्ट्रको सङ्ख्या ३२ पुगेको हो । अस्ट्रेलिया, न्युजिल्यान्ड, आयरल्यान्ड, इटाली, जर्मनीलगायत युरोपेली राष्ट्रहरूले इरानलाई मृत्युदण्डको प्रयोग तत्काल अन्त्य गर्न र कानूनी आधारबिना पक्राउ गरिएका व्यक्तिलाई रिहा गर्न आग्रह गरेका छन् ।

    तर इरानका विदेशमन्त्री अब्बास अराघचीले अन्तर्राष्ट्रिय आलोचनाको खण्डन गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समार्फत फ्रान्सलगायत देशले मानव अधिकार र अन्तर्राष्ट्रिय कानूनका विषयमा अरूलाई उपदेश दिन बन्द गर्नुपर्ने बताउनुभयो ।

    गाजामा इजरायलको कारबाहीप्रति पश्चिमी देशको समर्थन तथा इरानविरुद्धको सैन्य कारबाहीलाई औँल्याउँदै उहाँले ती देशले मानव अधिकारका विषयमा नैतिक उच्च आधार प्रस्तुत गर्ने अधिकार गुमाइसकेको दाबी गर्नुभयो ।

    इरानमा पछिल्ला महिनामा मृत्युदण्डको सङ्ख्या बढेको भन्दै संयुक्त राष्ट्रसङ्घ र मानव अधिकार संस्थाले निरन्तर चिन्ता व्यक्त गर्दै आएका छन् । यसै वर्षको सुरुमा भएको राष्ट्रव्यापी सरकारविरोधी प्रदर्शन र फेब्रुअरीमा सुरु भएको मध्यपूर्व युद्धपछि मृत्युदण्ड तथा गिरफ्तारी बढेको उनीहरूको भनाइ छ ।

    संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले यसअघि अगस्टमै इरान सरकारले मृत्युदण्डलाई ‘डर जगाउने’ माध्यमका रूपमा प्रयोग गरिरहेको बताउनुभएको थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार मार्च १९ यता राष्ट्रिय सुरक्षासम्बन्धी अभियोगमा कम्तीमा ५६ जनालाई मृत्युदण्ड दिइएको छ । तीमध्ये २७ जना विरोध प्रदर्शनसँग सम्बन्धित रहेको जनाइएको छ ।

    टर्कका अनुसार यस्तै अभियोगमा थप १०० भन्दा बढी व्यक्तिलाई मृत्युदण्ड दिइने जोखिम छ । संयुक्त राष्ट्रसङ्घ तथा मानव अधिकार संस्थाले ती मुद्दामा निष्पक्ष सुनुवाइ नभएको र अभियुक्तबाट जबर्जस्ती स्वीकारोक्ति गराइएको हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

    इरानमा गत वर्ष डिसेम्बरको अन्त्यतिर जीवनयापनको बढ्दो लागतका कारण सुरु भएको विरोध प्रदर्शन पछि व्यापक सरकारविरोधी आन्दोलनमा परिणत भएको थियो । इरानी अधिकारीहरूले प्रदर्शन तथा त्यसपछिको हिंसामा तीन हजारभन्दा बढी मानिसको मृत्यु भएको बताएका छन् । उनीहरूले हिंसाका लागि संयुक्त राज्य अमेरिका र इजरायलबाट भएका ‘आतङ्कवादी कार्य’ लाई जिम्मेवार ठहराएका छन् ।

    तर इरानबाहिर रहेका मानव अधिकार संस्थाले मृतकको सङ्ख्या अझ बढी रहेको दाबी गर्दै सुरक्षा बलले प्रदर्शनकारीमाथि गोली चलाएको बताएका छन् । फ्रान्सेली विदेशमन्त्री जिन–नोएल बारोटले न्याय र मर्यादाको माग गर्दै सडकमा उत्रिएका इरानी जनतामाथि भएको दमनको सात महिना बितिसक्दा पनि सरकारले बढ्दो सङ्ख्यामा मृत्युदण्ड दिइरहेको बताउनुभएको छ ।

    संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि संयुक्त आक्रमण गरेपछि मध्यपूर्वमा युद्ध सुरु भएको थियो । त्यसयता युद्ध र सरकारविरोधी प्रदर्शन दुवैसँग सम्बन्धित आरोपमा इरानमा गिरफ्तारी तथा मृत्युदण्डको सङ्ख्या बढेको अधिकार संस्थाहरूको भनाइ छ ।

    एम्नेस्टी इन्टरनेसनलका अनुसार इरानले गत वर्ष दुई हजार १५० भन्दा बढी व्यक्तिलाई मृत्युदण्ड दिएको थियो । चीनपछि इरान विश्वमै सबैभन्दा धेरै मृत्युदण्ड कार्यान्वयन गर्ने देशका रूपमा रहेको संस्थाले जनाएको छ । पछिल्लो अन्तर्राष्ट्रिय वक्तव्यले इरानको मृत्युदण्डसम्बन्धी नीतिमाथि बढ्दो अन्तर्राष्ट्रिय दबाबलाई थप स्पष्ट पारेको छ ।

    बिहिबार, साउन २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.