पाँचथर । सोलुखुम्बुको पिकेपिकमा रेड पाण्डा म्याराथन हुने भएको छ भने पहिलो हुने खेलालाई १ लाख ५० हजार दिने भएको छ । तेस्रो संस्करणको प्रतियोगिता भदौं २० गते सोलुखुम्बुको सल्लेरीमा आयोजना गर्न लागिएको रेड पाण्डा नेटवर्कले जानकारी दिएको छ ।
यसअघिका संस्करण ताप्लेजुङ र इलाममा सम्पन्न भएका थिए । सगरमाथा क्षेत्रको प्रवेशद्वारका रूपमा रहेको सल्लेरीमा आयोजना हुने यस वर्षको कार्यक्रमले खेलकुदमार्फत रेड पाण्डा संरक्षणको सन्देशलाई समुदाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष राखिएको नेटवर्कले जानकारी दिएको छ ।
प्रतियोगिता रेड पाण्डा नेटवर्कको आयोजना, प्ले फर नेचरको सहयोग तथा हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा, सोलुखुम्बुको सहकार्यमा आयोजना गर्न लागिउको हो । सन् २०२४ देखि रेड पाण्डा म्याराथन गराउन थालिएको थियो ।
समुद्र सतहदेखि २ हजार ३६० मिटर उचाइमा रहेको थेक्छेन पेमा छोलिङ गोन्पाबाट सुरु भई ४०५४ मिटरको उचाइमा रहेका पिकेपिकसम्म पुगेर पुनस् सोहीतर्फ फर्किने गरी ४८ किलोमिटर लामो म्याराथन हुने भएको छ ।
प्रथमले एक लाख ५० हजार रुपैयाँ नगद र ट्रफी पाउने छ । यस्तै द्धितीयले १ लाख, तृतियले ५० हजार र सान्तवनाले ३० हजार रुपैँया र ट्रफी प्राप्त गर्ने छ । पुरुष र महिला दुवै विधामा दौड हुने छ । दुवै विधानमा समान पुरस्कार रहेकोछ ।





