• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

सत्तारूढ दलको लोकप्रियतावादी दोहोरो चरित्र

"सम्पादकीय "

  •   बुधबार, साउन २०, २०८३ मा प्रकाशित
  • गत आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जमा सामाजिक सद्भाव बिथोलियो । एक महिनाअघि मनाइसकिएको मोहर्रम पर्वको पताका नहटाइएको तथा बोलबम भजनको क्रममा राति चर्को आवाजमा डिजे बजाइएकोजस्ता विषयमा सो विवाद भएको थियो । त्यस क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको तत्कालै र अर्कोको केही दिनपछि निधन भएको थियो । त्यसपछि उक्त विवादको दुष्प्रभाव मधेस प्रदेशका अन्य जिल्लामा पनि फैलियो । यसै घटनाको दुष्प्रभावले सिराहामा थप एक जनाको मृत्यु भयो । ठाउँठाउँमा झडप हुँदा मानिसहरू घाइते भए; तोडफोड, आगजनी, लुटपाट पनि त्यत्तिकै भए । मधेस प्रदेशमा यसरी सामाजिक सद्भाव बिथोलिँदा सिङ्गो देश नै गृहयुद्धमा जाने हो कि भन्ने आशङ्का उत्पन्न भयो ।

    Advertisement

    सामाजिक सद्भाव यसरी बिथोलिएका बेला गृहमन्त्री सुधन गुरुङ सक्रिय भए । प्रधानमन्त्री बालेन्द्र शाह पनि ढिलो गरी भए पनि सक्रिय भएर राष्ट्रको नाममा सम्बोधन गरे । यता, सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सरकारसँगै सक्रिय भए । त्यति बेलासम्म सामाजिक सद्भाव कायम राख्नुपर्छ भन्ने सवालमा एक प्रकारले देशभरि नै राष्ट्रिय सहमति कायम भइसकेको अवस्था थियो । राजनीतिक दल, स्थानीय धार्मिक सङ्घसंस्था, नागरिक समाज सबैले त्यसमा जोड दिएसँगै सद्भाव र्‍याली निकालिएको थियो । त्यसको प्रभाव काठमाडौँसम्मै देखिएको थियो । ठिक यही बेला रास्वपा सभापति लामिछानेले सुनसरी पुगेर हिन्दुमुस्लिम धर्मका अगुवाहरूसित वार्ता गरे । वार्तापछि हात मिलाइएको सामूहिक तस्बिरसँगै संयुक्त अपिल पनि जारी गरियो । उता, गृहमन्त्री गुरुङसँग धनुषामा संयुक्त हिन्दु मोर्चाको नाममा वार्तापछि मागपत्र बुझाइयो । मागपत्र बुझाइएपछि फेरि अर्को चरणको वार्ता पनि भएको थियो । मागपत्रको पहिलो बुँदामा नै नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने र त्यसक लागि तीन महिनाभित्र सरकारले नै अभियान थालनी गरिनुपर्ने, धार्मिक पर्वमा हातहतियार प्रदर्शन गर्न नपाइने वा चर्को आवाज गर्न नपाइने, प्रधानमन्त्रीका सल्लाहकार असीम साहलाई हटाइनुपर्नेलगायतका माग समावेश गरिएका थिए । अहिले आएर सुनसरी र धनुषाका यी दुई वार्ता र मागपत्रको सन्दर्भमा वार्तामा सहभागी हुने तथा हस्ताक्षर गर्ने कतिपय व्यक्तिहरू सत्तारूढ दल रास्वपाकै नेताकार्यकर्ता भएको सार्वजनिक भएको छ । सुनसरीमा हस्ताक्षर गर्ने राजुराज फुयाँल रास्वपाको गत महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार थिए, यद्यपि उनी पराजित भएका थिए । उनीसँगैका अर्का व्यक्ति रामचन्द्र तिवारी पनि रास्वपाकै नेता हुन् । यता, गृहमन्त्री गुरुङलाई मागपत्र बुझाउने शनि भगत पनि रास्वपाकै जनकपुर–८ का वडासभापति हुन् । यसरी सुनसरी घटनाको सन्दर्भमा सत्तारूढ रास्वपामा दुई पक्षको भूमिका आफै निर्वाह गर्ने दोहोरो चरित्र देखा परेको छ ।

    कतिपयले परिणाममा रास्वपाको यस्तो भूमिकाले तत्काल बेफाइदा नगरेकाले विमति राख्नुपर्ने आवश्यकता नभएको बताउका छन् तर यससँगै विजायती तथा अन्तरविरोधी प्रवृत्तिले प्रश्रय पाएको स्पष्ट छ । यसरी सत्तारूढ दलकै नेताकार्यकर्ताका यस खालको दोहोरो भूमिका आगामी दिनमा पनि यथावत् रहने हो भने सरकारलाई अप्ठ्यारो त पर्नेछ नै, यसभन्दा अगागि यसबाट देश र जताका सामु गम्भीर चुनौती उत्पन्न हुनेछ । यसरी सस्तो लोकप्रियताका लागि जे पनि गर्ने सत्तारूढ दलका नेताकार्यकर्ताको कच्चा भूमिकाले देशलाई फाइदाभन्दा घाटा नै पुर्‍याउनेछ, यद्यपि लोकप्रियतावाद रास्वपाको सामान्य चरित्रगत विशेषता बनिसकेको छ । फेरि पनि जब सत्तारूढ दलमा नै यस खालको समस्या देखा पर्दछ, यसको दुष्प्रभाव धेरै गम्भीर हुनेछ । त्यसैले सत्तारूढ पार्टीले यस्तो लोकप्रियतावादी तथा दोहोरो चरित्रबाट आफूलाई मुक्त राख्नुपर्दछ । यस्तो गर्नु स्वयम् रास्वपाको राजनीतिक भविष्यका लागि पनि सकारात्मक कार्य हुनेछ । आशा गरौँ, रास्वपाले यस विषयमा समयमै गम्भीरतापूर्वक ध्यान दिनेछ ।

    (युगदर्शन साप्ताहिक वर्ष १७, अङ्क ४३, २०८३ साउन २० गते प्रकाशित)

    बुधबार, साउन २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.