• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

विनयत्रिवेणीमा सङ्घीयताको दुष्परिणाम ?


  •   बुधबार, असार १०, २०८३ मा प्रकाशित
  • नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित विनय त्रिवेणी गाउँपालिकाको वडा नं. ६ र ७ लाई लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) अन्तर्गत पर्ने सुस्ता गाउँपालिकाकामा गाभ्न प्रस्ताव गरिएको छ । २०८३ असार ६ गते ती दुई वडाका वासिन्दाले सो निर्णय गरेका हुन्, यद्यपि उनीहरूको त्यो निर्णयले वैधानिकता प्राप्त गर्न लामो प्रक्रिया पूरा गर्नुपर्नेछ । उनीहरूले त्यो प्रस्ताव गण्डकी प्रदेशसभामा पठाउने निर्णय गरेका छन् । त्यसबारे गण्डकीले कस्तो धारणा बनाउँछ ? उक्त प्रस्तावलाई सङ्घीय संसद्ले कुन रूपमा लिन्छ ? त्यो प्रस्तावलाई लुम्बिनीले कसरी लिन्छ ? फेरि पनि विनयत्रिवेणी वडा नं. ६ र ७ का वासिन्दालाई आफू कुन प्रदेशमा रहने भनेर निर्णय गर्ने अधिकार छ । संविधान बनेको ११ वर्षपछि गरिएको उनीहरूको यस्तो निर्णय बाध्यताको परिणाम हो भन्ने स्पष्टै छ ।

    Advertisement

    सिद्धान्ततः विनयत्रिवेणी गाउँपालिकाका वडा नं. ६ र ७ लाई गण्डकीमा राखिनुका पछाडि हिमालदेखि तराईलाई जोड्ने मनसाय बताइएको थियो । कोरलादेखि त्रिवेणीसम्म उत्तर–दक्षिण कोरिडोर बनाएर नेपाल–भारतमाझ सडक जोड्ने महङ्खवाकाङ्क्षी योजना प्रस्तुत गरिएको थियो । त्यसै योजनाअनुसार पोखरादेखि त्रिवेणीसम्मको एक सय ३१ किमि लामो बाटोको अधिकांश स्थानमा ट्राक खुलिसकेको छ तर निकुञ्ज क्षेत्रको दुम्किबास–त्रिवेणी ११ किमि सडक भने खुलेको छैन । निकुञ्ज भित्रबाट सडक खोल्दा अन्तर्राष्ट्रिय कानुनसमेत आकर्षित हुने तर्क गरिएको छ । यस विषयमा त्यस क्षेत्रबाट निर्वाचित सबै जनप्रतिनिधि र राजनीतिक दलसमक्ष कुरा उठाइएको छ तर हालसम्म उक्त सडक नबनेका कारण विनयत्रिवेणी गाउँपालिकाका वडा ६ र ७ वासी पालिका कार्यालय जानुपर्‍यो भने लुम्बिनी प्रदेशको सुस्ता गाउँपालिका भएर ५० किमि बाटो हुँदै जानुपर्दछ । उनीहरूले यस्तो सास्ती एक दशकभन्दा बढी समयदेखि व्यहोर्दै आएका छन् ।

    नेपालजस्तो भौगोलिक रूपमा सानो देशका सङ्घीयता चाहिँदैनथ्यो तर सत्तारूढ दलहरूले नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाको यो मागप्रति बेवास्ता गरे । उनीहरूले साविक नवलपरासीलाई नै दुई टुक्रा पारिदिए । त्यसमध्ये विनयत्रिवेणी गाउँपालिकाको वडा नं. ६ र ७ गण्डकी र लुम्बिनी प्रदेशमाझ भौगोलिक विकटताको अवस्था रहन पुग्यो । निकुञ्जभित्र सडक बनाउन सकिँदैन भन्नु नयाँ समस्या होइन । यससम्बन्धी अन्तर्राष्ट्रिय कानुन पनि भर्खरै बनेका होइनन् । त्यो थाहा हुँदाहुँदै कोरला–त्रिवेणी सडकको परिकल्पना नै अधुरो र अदूरदर्शी थियो भन्ने स्पष्टै छ । वास्तवमा सङ्घीयतावादी सोचकै कारणले अर्थात् जसरी पनि र जुनसुकै हालतमा भए पनि सङ्घीयता लागु गरेरै छोड्ने विदेशी सोचका सामु आत्मसमर्पण गरेर नै नेपालमा सङ्घीयता भिœयाइएको थियो । अहिले विनय त्रिवेणी गाउँपालिकाका वडा नं. ६ र ७ को समस्याले सङ्घीयतावादीहरूको त्यो असफलता उजागर गरेको छ । वास्तवमा यहाँको समस्या सङ्घीयताकै दुष्परिणाम हो ।

    स्थानीयवासीलाई आफू कुन प्रशासनिक निकायमा बस्न पाउने भनेर निर्णय गर्ने अधिकार हुन्छ । अहिले उनले जुन निर्णय गरेका छन्, त्यसका पछाडि कुनै राजनीतिक पूर्वाग्रहले काम गरेको देखिन्न । सरकार वा प्रशासनले लामो समयदेखि आफ्‌नो माग बेवास्ता गरेपछि वडा नं. ६ र ७ का वासिन्दाले गरेको निर्णय जायज देखिन्छ । वास्तवमा प्रदेश स्तरबाट समन्वय गर्ने गरी प्रादेशिक संरचना आवश्यक भए पनि सार्वभौम अधिकार नै बाँड्ने गरी सङ्घीयता चाहिएकै थिएन, बरु त्यसको सट्टा स्थानीय तहलाई नै अधिकारसम्पन्न बनाउँदा उनीहरूको समस्या समाधान हुन सक्दथ्यो । यदि सङ्घीयताको सट्टा स्थानीय तहलाई नै अधिकारसम्पन्न बनाएको अवस्थामा विनयत्रिवेणी गाउँपालिका वडा नं. ६ र ७ का समस्या पनि समाधान हुन्थे । त्यसैले सङ्घीयताको दुष्परिणामस्वरूप देखा परेको यो समस्यालाई गण्डकी, लुम्बिनी र केन्द्र सरकारले तदारुकताका साथ समाधान गरिनुपर्दछ ।

    युगदर्शन साप्ताहिक, वर्ष १७, अंक ४०, २०८३ असार १० गते प्रकाशित

    बुधबार, असार १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब
    मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै
    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.