• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

फेरि पनि सङ्ग्रामी अभिवादन क. केसी


  •   बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
  • इन्द्रकान्त शर्मा ##

    Advertisement

    भारतले माघ १२ गतेका दिन अर्थात जनवरी २६ का दिन गणतन्त्र दिवस (रिपब्लिक डे) मनाउँछ । कसले जानोस्, भारतले गणतन्त्र दिवस मनाइसकेपछि नेपालले छुट्टै गणतन्त्र दिवस मनाइरहनु पर्दैन भनेर हो कि बालेन्द्र शाह (बालेन) जीले गणतन्त्र दिवस जेठ १५ गतेका दिन राष्ट्रका नाउँमा सम्बोधन गर्न नचाहेको/नगरेको भनेर ?

    दुई कम दुईतिहाइको विशाल सरकारले झिनामसिना बिदा/दिवस कायम राखेर ठुला ऐतिहासिक दिवस, जुन यिनीहरूले ल्याएकै होइनन्, यिनलाई आवश्यकै छैन, भारतलाई दिने पो हुन् कि ? दिँदै पो छन कि ? दिई पो सके कि ? भारतमा प्रधानमन्त्री भइसके कि ? पछि यिनले आफै प्रधानमन्त्री पद त्याग्दै पो छन् कि ? रअ र सिआइएसँग कुरा मिली पो सक्यो कि ? त्यस्तो त के होला र ? नहोस् । हुनुहुँदैन ।

    दुई कम दुईतिहाइको सरकार जताततै जिज्ञासा र आश्चर्य (?!) मात्र । नेपालको इतिहासमा यस्तो जिज्ञासा र आश्चर्यमा नेपाली जनता पहिला कहिल्यै रहनुपरेको थिएन ।

    घण्टी पार्टीले दुई कम दुईतिहाइ ल्यायो कसरी ? दुई कम दुईतिहाइ पायो कसरी ? दुई कम दुईतिहाइ पायो कि ल्यायो ? जिज्ञासै जिज्ञासा र आश्चर्यैआश्चर्य ।

    ती महान् दुई सिट कुन पार्टीभित्र रहेका छन्, जसले त्यो विशाल पार्टीलाई पूर्ण दुईतिहाइको हुनबाट रोक्यो र झन्डै दुईतिहाई भन्नुपर्ने बनायो ? झिनोमसिनो, सुविधाजनक बहुमतको भन्दा माथिल्लो त बनायो तर पनि महान् बन्न दिएन । दुईतिहाइको हाराहारी त बनायो तर पूरा दुइतिहाइको बन्न दिएन । ती महान् दुई सिट नेपाली कङ्ग्रभित्र होलान् कि एमालेभित्र होलान् ? नेपाल कम्युनिस्ट पार्टीभित्र होलान् कि श्रमसंस्कृति पार्टीभित्र ? कि राष्ट्रिय प्रजातन्त्रभित्र ? खास अवस्थामा इतिहासले बताउला ।

    हाल नेपालको व्यवस्थापिकाभित्र २७५ सांसद रहने व्यवस्था भएअनुसार दुई कम दुईतिहाइ अर्थात १८४ मा दुई कम १८२ सांसद घण्टी पार्टीका रहेका छन् भने २७५ मा ३८ नेपाली कङ््ग्रेसका । त्यसैगरी २५ एमालेका रहेका छन् भने नेपाल कम्युनिस्ट पार्टीका १७ सिट रहेका छन् । श्रमसंस्कृति पार्टीका ७ रहेका छन् । पाँच सिट राप्रपाको रहेको छ । स्वतन्त्र एक सिट रहेका छन् । घण्टी पार्टीलाई दुईतिहाइ अर्थात १८४ पुग्न नदिएका ती महान् दुई सिट माथि उल्लिखित कुन पार्टीभित्र रहेका होलान् ? माथि नै बताइयो कि इतीहासले बताउला, बताउनेछ ।

    कसैकसैले भन्छन्– घण्टीपार्टीले दुईतिहाइ पाएको होइन ल्याएको हो । कसैकसैले भन्छन्– घण्टीपार्टीले दुईतिहाइ ल्याएको होइन, पाएकै हो ।

    कसैकसैले अर्थात राजमो अध्यक्ष चित्रबहादुर केसी भन्नुहुन्छ– घण्टीपार्टीले दुईतिहाइ ल्याएको/पाएको केही होइन, साम्राज्यवादले दिलाइदिएको हो । अमेरिकी साम्राज्यवादको दलाल घण्टीपार्टीलाई अमेरिकी साम्राज्यवादले दुई कम दुईतिहाइ सिट दिलाईदएको हो, नेपाली सेना मार्फत । केही प्राविधिक समस्याले दुई कम हुन पुगेको हो । केसी भन्नुहुन्छ– नेपाली सेनालाई अमेरिकी सामाज्यवादले कब्जा गरिसकेको छ ।

    भोट त घण्टलीाई दिने हो, पार्टी त हाम्रो कङ्ग्रेस एमाले नै हो भन्ने मान्छेहरू त्यति बेला धेरै नै थिए तर घण्टीले झन्डैझन्डै दुईतिहाइ ल्याउनेजति त थिएनन् ।

    चित्रबहादुर केसीले भनेको कुरा के भने तिनैले संसद भवन डढाले, तिनैले राष्ट्रपति भवन डढाले, तिनैले सर्वोच्च अदालत डढाल, तिनैले झेलखाना फोरेर झेलखानाभित्रका हजारौँ कैदी उम्काए, भोट चाहिँ तिनैले पाए नेपालमा । यो राष्ट्रको दुर्दशा हो । उनले अगाडि भनेको कुरा के भने चीन अहिले स्वयम् साम्राज्यवादी देश हो । चाउएन लाई र माओत्सेतुङको पालाको चीन होइन । उहाँले अझ अगाडि ठोकेरै भनेको कुरा के भने अमेरिकाले खुलेआम नेपालको संसद् कब्जा गर्‍यो, अदालत कब्जा गर्‍यो । सेनै कब्जा गर्‍यो । भन्न सक्तैन जोतईले यो कुरा । ‘डर नहिँ लगता है, थरथरी लगता है’ तर हामीले जनतालाई यो कुरा भन्नुपर्छ ।

    के कुनै पार्टी वा नेपालको मै हुँ भन्ने कुनै बुद्धिजीवी छ वा कुनै तन्नेरी जेनजी छ, जो चित्रबहादुर केसीले झैँ भन्न सकोस् अथवा के कुनै विश्लेषक छ, जो चित्रबहादुरको पार्टी राष्ट्रिय जनमोर्चाले झैँ विश्लेषण गर्न सकोस् ? अमेरिकी साम्राज्यवाद, चाइनिज साम्राज्यवाद र भारतीय साम्राज्यवादको खुलेर विरोध जनाउन सकोस् ? कसका पिताज्यूको तागत ? सङ्ग्रामी अभिवादन कमरेड चित्रबहादुर केसी !

    को नयाँ को पुरानो ? को तन्नेरी को बुढो ? मुख्य प्रश्न कसको कति उमेर छ भन्ने होइन, उसमा विचार, दृष्टिकोण वा देश वा जनताप्रतिको सेवाको भावनामा कति इमानदारी वा निरन्तरता छ भन्ने हो । त्यसरी हेर्दा मोहनविक्रम सिंह र चित्रबहादुर केसीको ती विषयको निरन्तरता अब्वल दर्जाको भेटिन्छ ।

    चित्रबहादुर केसी र मोहनविक्रम सिंहले भनेका छन्– अमेरिकालाई नेपालमा पूरै नै अमेरिकाको निर्देशनमा चल्ने सरकारको आवश्यकता थियो । नेपालका हिजोसम्मका सरकारले एमसिसीसमेतलाई पारित गरेर अमेरिकापरस्त नीति अपनाएका भए पनि उनीहरूले अर्कातिर चीनसित पनि मैत्रीपूर्ण नीति अपनाउने गरेका थिए । त्यसैले अमेरिकाले पुराना सरकारलाई अपदस्त गराएर अहिले पूरै नै अमेरिकाको निर्देशनमा चल्ने कथित स्वतन्त्र पार्टीको सरकार कायम गरेको छ । त्यसरी नै उनीहरूले भनेका छन्– दलाई लामाले निवर्तमान अन्तरिम सरकारलाई शुभकामना दिए, जबकि यसभन्दा पहिले कुनै सरकारलाई उनले त्यसरी शुभकामना दिएका थिएनन् ।

    चित्रबहादुर केसीले भन्नुभएको छ– अमेरिकाले एकातिर एमसिसीद्वारा नेपाललाई आफ्नो सुरक्षापङ्क्तिमा सामेल गर्न चाहन्छ भने अर्कातिर तिब्बतमा दलाई लामाको पुन:स्थापनाको लागि नेपालको भूमिलाई उपयोग गर्न चाहन्छ । उहाँले फेरि भन्नुभएको थियो– त्यसको (अमेरिकाको) त्यही रणनीतिअन्तर्गत नै त्यसले जेनजी आन्दोलनलाई परिचालन गरेको थियो र अहिले बनेको सरकारलाई पनि त्यही रणनीतिको पूर्तिको लागि उपयोग गर्ने प्रयत्न गर्दैछ ।

    के कुनै जेनजी, जेनजीको सरकार वा कुनै ज्वानोको झोल खाएको तन्नेरीले यसरी ८४ वर्ष काटेका वृद्ध चित्रबहादुर केसीले झैँ भन्न सक्छ ? माथि नै भनिसकियो कसका पिताज्यूको तागत ?

    ज्वानाको झोल त अरू पार्टीले पनि खाए होलान् नि ? धेरैले खाए होलान् । चित्रबहादुर र चित्रबहादुरको पार्टी राष्ट्रिय जनमोर्चाले मात्र खाएका होइनन् होला तर देशको बारेमा यसरी भन्न यिनले मात्र सक्छन् । ज्वानाको झोलबाट प्राप्त हुने तत्त्व जनमोर्चाले जति अरूले के थाहा पाउनु ? के मेसो पाउनु ।

    आइरन, क्याल्सियम, फाइबर (डाइट्री फाइबर), सक्रिय औषधीय तत्त्व (बायोक्टिभ कम्पाउन्ड), थाइमोल) र कार्भाक्रोल, जसले शरीरमा हानिकारक ब्याक्टेरिया र भाइरससँग लड्ने क्षमता बढाउने र साथै शरीरमा रक्तसञ्चार बढाउने आदि तत्त्व अथवा यस्तैयस्तै अन्य तत्त्व सबैले प्राप्त गर्लान्, गर्छन् नै तर त्यसबाट प्राप्त हुने तडि अनि देश र जनताप्रति समर्पित दृष्टिकोण, जनतामा देशभक्तिको भावना जगाई रक्तसञ्चार गराउन सक्ने माक्र्सवाद–लेनिनवाद माओत्सेतुङ विचारधारा अरू पार्टी, व्यक्ति, समूहमा कहाँ र ? त्यसकारण खालि उमेरका कारणले मात्र कुनै जेनजी, कुनै समूह वा व्यक्ति राजनीतिक नेतृत्वका लागि योग्य हुँदैन, त्यो लामो र कठिन सैद्धान्तिक स्पष्टता, राजनीतिक परिपक्वता वा कैयौँ प्रकारका सङ्घर्ष, उतारचढाव, व्यावहारिक अनुभव वा परीक्षाका बिचबाट जानु आवश्यक हुन्छ ।

    प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले २०८२ चैत २७ मा प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिएका थिए । उनी प्रधानमन्त्री भएको ६४ दिनसम्म खासै बोलेनन्, चुपै लागेर बसे । हनिमुन पिरियड अर्थात सय दिनसम्म मधुमासको नियम समय भए पनि ६५ औँ दिनमै आफ्नो ‘मन की बात’ बोलेरै छोडे । शुभ कुरा, शुभ काम गर्न किन १०० दिन कुरिबस्नुपर्ने भन्ने सोच राखेर होला, उनले भनिछोडे– “तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ । भारतले नेपालको जग्गा मात्र हैन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ” (२०८३ जेठ १७ गते, प्रतिनिधिसभामा सांसद आरेन राईका प्रश्नको उत्तर दिँदै) ।

    यस्तो आपत्तिजनक अभिव्यक्ति दिने आजका प्रधानमन्त्री बालेन शाहले काठमाडौँ महानगरको मेयर हुँदाको बखत्मा भारतले नेपालको भूमिबाट व्यापारिक कारोबार गर्ने सहमति गरेपछि आफ्नो कुर्सी पछाडि ग्रेटर नेपालको नक्सा राखेका थिए तर पछिल्तिरको त्यो आकृतिले साम्राज्यवादको दलाललाई पछिल्तिरबाटै परेवाले झैँ चारो बाडेर भुडी बोकाएको रहेछ । पछिल्तिरबाट ? हो पछिल्तिरबाटै । पात्तर र नाठा (प्रियतमा र मनको राजा) को पनि भुडी बोक्ने/बोकाउने क्रियाकलाप अगाडिबाट हुने गर्छ । दलाललाई भुडी बोकाउन पछिल्तिरबाट पनि मिल्दो रहेछ । २०८३ जेठ १७ गते नेपालको संसद्मा बालेन प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबाट सो कुरा पत्ता लाग्यो ।

    गाउँघरमा कसैले अवैध सम्बन्ध राखेर भुडी देखियो भने सातगाउँ कोहोलो मच्चिन्छ । यो त पछिल्तिरबाट अवैध सम्बन्ध राखेर बोकेको भुडी देशभरीबाट आन्दोलन सिर्जना गरेर बोर्डर कटाउनुपर्छ । त्यसकारण कोठामा ठुलो खाले देखावटी चित्र राखेर र भदौरे राँगोले झैँ सिङमा माटो धसेर केही हुँदो रहेनछ । भिजन, मिसन, गोल, अब्जेक्टिभ सबै चाहिँदो रहेछ । सही राजनीति, सही नेतृत्व, सही सङ्गठन नै आजको आवश्यकता हो ।

    कि जाँडको घैलोमा अडेस लागेर बस्ने, कि रामनामी च्यादरको टालोले टाउको ओढेर बस्ने उमेरमा पनि देश र जनताको सर्वोपरि हितमा देशका पाखापखेरा, गाउँबस्ती, उकालीओराली पसिना काढेर दौडिरहने जुझारु नेता क. चित्रबहादुर केसीजत्तिको अन्य कोही वृद्ध वा कोही तन्नेरी जेनजी छ ? कोही देखिँदैन त । कतै देखिँदैन त । टाढाटाढासम्म पनि देखिँदैन त । अहिलेको अवस्थामा पूर्ण भूमिगत त कोही छैनन् होला केरे ? फेरि पनि सङ्ग्रामी अभिवादन क. चित्रबहादुर केसी ।

    (फलेबास नगरपालिका–६ देविस्थान भुसालचौर, पर्वत)

    बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.