• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सङ्गठनात्मक व्यवहार


  •   बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##

    Advertisement

    मानिसले सङ्गठित रूपले काम गर्छ । मानिसको काम तथा व्यवहार सङ्गठित रूपमा हुन्छन् । व्यक्तिको प्रभाव सङ्गठनमा र सङ्गठनको प्रभाव व्यक्तिमा पर्दछ । विनासङ्गठन कुनै पनि उद्देश्य पूरा हुन सक्दैन । सङ्गठन औपचारिक किसिमको अथवा अनौपचारिक किसिमको हुन सक्छ । निश्चित उद्देश्यप्राप्तिका लागि एकभन्दा बढी मानिसको काम गर्ने समूह नै सङ्गठन हो । औपचारिक सङ्गठनको विधान, नियमावली, घोषणापत्र, उच्चतम र निम्नतम कार्यक्रम, सङ्गठनलाई नियमन गर्ने तरिका, नैतिकता आदि सबै हुन्छन् ।

    साझा उद्देश्यप्राप्तिका लागि सङ्गठित व्यक्तिले समन्वयात्मक किसिमले आआफ्नो भूमिका निर्वाह गर्छन् । अनौपचारिक सङ्गठनले पनि त्यही काम गरिरहेका हुन्छन् तर घोषित रूपमा आफ्नो दस्तावेजका मातहतमा भएको ज्ञानकारी हुँदैन । त्यो स्वत:स्फूर्त किसिमले सञ्चालन भइरहेको हुन्छ । सङ्गठनअन्तर्गत अधिकार कर्तव्यको पनि व्यवस्था गरिएको हुन्छ । कामको उद्देश्य, काम गर्ने तरिका आवश्यक सामग्री र कामको प्रगति मूल्याङ्कन आदि कार्य सुव्यवस्थित किसिमले सञ्चालन गर्न त्यसो गरिएको हुन्छ र त्यसो गर्नु अनिवार्य पनि हुन्छ ।

    विधानअनुसारको नियम र त्यसका पालना गर्न बनााइएको अनुशासन सङ्गठन प्राण हो । सङ्गठित शक्ति प्रदर्शनले ठुलो महत्त्व राख्ने र तात्कालिक अवस्थामा आमूल परिवर्तन पनि गर्न सक्ने हुनाले त्यो शक्तिआर्जन गर्न त्यो सङ्गठित शक्तिको महत्त्वपूर्ण भूमिका रहन्छ ।

    आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, कानुनी र प्रविधिक तत्त्वले सङ्गठनको भौतिक परिस्थितिमा प्रभाव पार्दछन् । त्यसैलाई सामाजिक अस्तित्व पनि भनिन्छ । सामाजिक अस्तित्वअन्तर्गतका मानवीय कृयाकलापको समष्टिगत रूप नै व्यवहार हो । व्यवहार परिस्थितिजन्य र मनोविज्ञानको आधारमा अवलोकन गर्न सकिने गरी प्रदर्शन हुन्छ । सङ्गठनात्मक व्यवहार सङ्गठनमा क्रियाशील व्यक्तिको विभिन्न पक्षको अध्ययनसँग सम्बन्धित विषय हो ।

    सङ्गठन सफलताको प्रमुख आधार नै मानव संसाधन हो । सङ्गठनको अधिकार उत्तरदायित्व र भूमिकासँग सम्बन्धित सङ्गठनात्मक संरचनामा मानव संसाधनले देखाएको प्रतिक्रिया अध्ययन गर्ने, सङ्गठनको उद्देश्यप्रति सही व्यवहार छनौट गर्ने र व्यवहारअनुरूप कार्यसम्पादन गर्नलाई उत्प्रेरणा दिने वा व्यवहार व्यवस्थापन गर्ने कार्य नै सङ्गठनात्मक व्यवहार हो । मानिसले सङ्गठनलाई व्यवस्थित रूपले सञ्चालन गर्दछन् । त्यसकारण सङ्गठनात्मक व्यवहारको अध्ययनमा मानिसको भूमिका महत्त्वपूर्ण हुन्छ । मान्छेले भौतिक परिस्थिति र मनोवैज्ञानिक अवस्थाअनुसार आफूले कार्यसम्पादन गर्दछ । सङ्गठनात्मक व्यवहारलाई सङ्गठनको संरचनाले प्रभाव पार्दछ । प्राविधिअन्तर्गत ज्ञान, कुशलता दक्षता आदि पर्दछन् । प्राविधिक व्यक्तिले निश्चित क्षेत्रमा आफ्नो कार्यकुशलतालाई ज्ञान र दक्षतापूर्वक प्रयोग गरेर कार्यसम्पादन गर्छ ।

    वातावरणीय तत्त्वअन्तर्गत आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, कानुनी, प्राविधिक आदि तत्त्व पर्दछन् । ती तत्त्वमा आउने परिवर्तनले सङ्गठनात्मक गतिविधि र मानिसका कृयाकलापमा पनि प्रभाव पार्दछन् ।

    सङ्गठनात्मक व्यवहार परिस्थितिजन्य विषय हो । एउटा क्रान्तिकारी व्यक्तिले समाजमा आमूल परिवर्तनको उद्देश्यसहित काम गर्नुपर्छ । त्यसो गर्न अध्ययन, प्रशिक्षण, सङ्घर्ष र निरन्तरतामा उसको क्रान्तिकारी योग्यता विकास भएको हुन्छ । त्यही उच्च योग्यता प्रयोग गरेर वातावरणीय ज्वारभाटाका विरुद्ध सङ्घर्ष गर्नुपर्दछ । व्यवस्थापक समूहले आफ्नो मातहतका व्यक्तिलाई उत्पे्ररित गर्दा व्यक्तिगत भिन्नताको नियमलाई स्वीकार गरेर फरकफरक किसिमले उत्प्रेरित गर्नुपर्दछ । व्यक्तिको सम्पूर्णतामा हेरेर त्यहीअनुरूप उसको व्यक्तित्व विकासमा जोड दिनुपर्छ । सङ्गठनलाई मानिस र मानिसलाई सङ्गठन आपसी हितका लागि आवश्यक हुन्छ । आआफ्नो हितका लागि दुवै पक्षले महत्त्वपूर्ण योगदान दिनु आवश्यक हुन्छ । सङ्गठनात्मक व्यवहारमा मनोविज्ञानको ठुलो योगदान रहन्छ ।

    आर्थिक अवस्थासँगै सङ्गठनात्मक अवस्थालाई अगाडि बढाउनुपर्छ । सहज आर्थिक अवस्था र खराब आर्थिक अवस्थामा सङ्गठनात्मक व्यवहारमा फरक आउँछ । त्यसको अनुकूलता र प्रतिकूलताप्रति नेतृत्वले सतर्कतापूर्वक ध्यान पुर्‍याउनुपर्छ । वर्तमान अवस्थामा व्यक्तिहरू व्यक्तिगत लाभ र शोषणको आधारमा परिचालित हुन्छन् । आदर्श नागरिक भई आफ्नो र अरूको समेत समस्याप्रति सचेत र सजग छैनन् ।

    यस्तो अवस्थाले गर्दा वर्तमान अवस्थामा सङ्गठन जनशक्ति विविधताको सङ्गम बनेका छन् । सङ्गठनात्मक व्यवहारमा व्यक्ति, समूह तथा सङ्गठनको सहक्रियाबाट लक्षित उद्देश्य प्राप्त गर्नुपर्ने आवश्यकता रहन्छ । त्यसकारण संयोजनकारी व्यवहार प्रदर्शन गर्नुपर्छ । कार्यकर्ताले व्यक्तिगत र सामूहिक लक्ष्यलाई मिलाएर ध्यान दिँदै सङ्गठनात्मक लक्ष्य प्राप्त गर्न आफ्नो योगदान थप्न तयार हुन्छन् ।

    नेतृत्वले कार्यकर्ताप्रति मैत्रीपूर्ण भूमिका आवश्यक ठान्दछ । कार्यकर्ताले पनि नेतृत्वका जल्दाबल्दा समस्याप्रति ध्यान पुर्‍याउनुपर्ने हुन्छ । मानवीय व्यवहार मानिसको मनोविज्ञानसँग सम्बन्धित हुन्छ । सङ्गठनात्मक व्यवहार बुझ्न व्यक्तिगत व्यवहार बुझ्न जरुरी हुन्छ ।

    व्यक्तिगत व्यवहार सङ्गठनात्मक व्यवहारको महत्त्वपूर्ण पक्ष हो । सकारात्मक व्यवहारका परिणाम दक्षताद्वारा उत्पादकत्वमा वृद्धि, कार्यसन्तुष्टिमा वृद्धि, सहभागितामा वृद्धि, न्यून अनुपस्थिति आदि हुन्छन् । सोचाइको पहिलो चरणमा समस्याको पहिचान गरिन्छ । उपयुक्त धारणा बनाउने दोस्रो चरणको काम हो । त्यसमा समस्याको व्याख्या गरिन्छ । अन्त्यमा समस्याको सान्दर्भिकता र सत्यताको परिक्षण गरिन्छ ।

    विश्वास हुनु भनेको त्योप्रति ज्ञान, विचार र आस्थाको समर्थन हुनु हो । यसले व्यवहारलाई प्रभावित पार्छ । विश्वासबाट व्यक्तिको व्यवहार निर्देशित र नियन्त्रित हुन्छ । व्यक्तिको कुनै वस्तु, घटना वा विषयप्रतिको धारणा र उसले सोहीअनुसार गर्ने व्यवहार दृष्टिकोण हो । मानिसको व्यवहार निर्धारणमा उत्तेजक प्राप्तकर्ता र केन्द्रीय स्नायुप्रणालीले महत्त्वपूर्ण भूमिका निर्धारण गर्दछन् । संज्ञानात्मक असङ्गतिको कारण आफ्नो भावना तथा विश्वासमा परिवर्तन गर्नुपर्ने हुन्छ ।

    कुनै पनि कुरालाई आफ्नो तरिकाले बुझ्नुलाई अनुभूति भनिन्छ । व्यक्तिको विषयवस्तुप्रतिको प्रवृत्ति र अनुभवले अनुभूतिलाई प्रभावित पार्छन् । व्यक्तिले प्रदर्शन गर्ने व्यवहार आन्तरिक र बाह्य विशेषताले निर्धारण गरेको हुन्छ । अभ्यास वा अनुभवबाट मानवीय व्यवहारमा स्थायी रूपमा आउने परिवर्तन सिकाइ हो । सिकाइले व्यक्तिलाई अझ बढी अनुभवी बनाउँछ । व्यक्तिले पूर्वसिकाइको आधारमा वर्तमानमा व्यवहार प्रदर्शन गर्दछ । मानिस सामाजिक सिकाइको सिद्धान्तअनुसार व्यक्तिले अरूको व्यवहार अवलोकन गरेर सिक्दछ । सिकाइका लागि सबैभन्दा पहिले त्यो व्यक्ति अन्तरात्मादेखि नै उत्प्रेरित हुनुपर्दछ । व्यक्तिले सिक्ने क्रममा आफूले र दोस्रो व्यक्तिले व्यक्त गर्ने प्रतिक्रियाले पनि प्रभावित गर्दछ । सिकाइको लागि विश्वास हुनु पहिलो शर्त हो । ज्ञानआर्जन गर्नको लागि विश्वास मात्र पर्याप्त हुन्न । त्यसअनुसार प्रमाण जुट्न पनि उत्तिकै आवश्यक हुन्छ । विश्वास हुने र प्रमाण जुट्ने भएपछि ज्ञान माथिल्लो स्तरमा पुग्छ । ज्ञान प्राप्त गर्नु भनेको योग्यता बढ्नु हो । अन्तिम विश्वास, सोचाइ र सम्पादन गरिने व्यवहार नै दृष्टिकोण हो । दृष्टिकोण निर्माणका स्रोत, प्रभाव पार्ने तत्त्व, दृष्टिकोण निर्माणमा समस्या र त्यसलाई निवारण गर्ने उपाय छुट्टै अध्ययन गर्नुपर्छ ।

    साधारणतया मानिसको हाउ भाउ, सुन्दरता, हासिलो अनुहार, तेज दिमाग, प्रभावकारी बोली र व्यवहार आदिलाई व्यक्तित्व भनिन्छ । चरित्र, प्रवृत्ति र दृष्टिकोणको सङ्गठित रूप व्यक्तित्व हो । सफल व्यक्तित्व हुनलाई कार्यगत र वैयक्तिक योग्यता चाहिन्छ । एउटा व्यक्तिले गर्ने क्रियाकलाप र प्रतिक्रियाको कुल योग व्यक्तित्व हो । व्यक्तिको व्यक्तित्व निर्धारणमा ऊसँग सम्बन्धित सामाजिक सांस्कृतिक तत्त्वको महत्त्वपूर्ण भूमिका रहन्छ । व्यक्तित्व वंशानुगत र आर्जित गुणको समिश्रणबाट निर्माण हुन्छ । त्यसैबाट प्रभावित हुन्छ । परिस्थितिमूलक तत्त्वले पनि धेरै हदसम्म व्यक्तिलाई प्रभाव पारेको हुन्छ । कार्यकर्ताको व्यक्तित्व र मूल्यसँग सङ्गठनको कार्यलाई पनि मिलान गर्नुपर्छ । व्यक्तिको व्यक्तित्व गुण र विशेषताको अध्ययन गरेर त्यसैअनुसारको काममा उनीहरूलाई उपयोग गर्न सकिन्छ । त्यसो गर्दा सङ्गठनात्मक कार्यमा बढी प्रगति हुन सक्छ ।

    मानव संसाधनको उत्प्रेरणा सङ्गठनात्मक व्यवहारको महत्त्वपूर्ण पक्ष हो । कार्यकर्तामा काम गराउने भावनालाई जागृत गराउने शक्तिलाई उत्प्रेरणा भनिन्छ । उत्प्रेरणाले मानव व्यवहारलाई उर्जा भर्ने, निर्देशन दिने र दिगो राख्ने काम गर्छ । उत्प्रेरणाको अन्त्य हुँदैन । नकारात्मक उत्प्रेरणा अल्पकालीन हुन्छ । निश्चित उद्देश्यप्राप्तिको लागि अन्तरनिर्भर व्यक्तिको समूह नै कार्यदल हो । सङ्गठनात्मक प्रभावकारीताका लागि यस्तो दल ज्यादै महत्त्वपूर्ण मानिन्छ । यसले सदस्यको कार्यसन्तुष्टिको स्तर वृद्धि गर्छ । उत्प्रेरणा र क्षमता कार्यसम्पादनका लागि अति नै सम्बन्धित रहेका हुन्छन् । यिनीहरू एकअर्कामा निर्भर रहेका हुन्छन् । सङ्गठनमा काम गर्ने मान्छे कार्यसन्तुष्टि र उत्प्रेरणा तीन अलग अलग तर धेरै महत्त्वपूर्ण अवधारणा हुन् । कार्यसन्तुष्टि भनेको आफ्नो कामप्रति व्यक्तिको सकारात्मक दृष्टिकोण हो । सदस्यको एकअर्कोसँग सुमधुर सम्बन्ध स्थापित भएको अवस्थामा कार्यसन्तुष्टि पर्याप्त मिल्दछ । समूह शक्तिको स्रोत भएकाले आबद्ध हुने व्यक्तिलाई थप शक्ति प्रदान गर्दछ । आकर्षण र साझा दृष्टिकोणका बिच सन्तुलन कायम हुन्छ ।

    समूह निर्माण गर्ने नेताले नियम बनाउने र संरचना तयार गर्ने काम गर्दछ । सबै जना आआफ्नो व्यक्तिगत अस्तित्त्व कायम राख्न चाहन्छन् । त्यसकारण विवाद वा द्वन्द्व बढ्न सक्छ । समूह एउटा कार्यसम्पादनको संयन्त्र बनेपछि उत्पादनशील बन्दछ । निश्चित लक्ष्य प्राप्तिमा पुग्नुपर्ने हुनाले सामूहिक रूपमा मिलेर काम गर्नुपर्ने भावनाको सृजना पनि गराउँछ । सामूहिक निर्णयले एकल निर्णयले भन्दा छिटो र गुणस्तरीय प्रतिफल दिन्छ । साधारण समूह विधिमा प्रतिस्पर्धाभन्दा सहभागितालाई बढी जोड दिइन्छ । विभिन्न व्यक्तिको विचार र तर्कले गर्दा समस्या समाधानमा सरल बाटा पहिल्याउन सकिन्छ । सर्वमान्य निर्णयको अभावमा समूहमा अनिर्णयको सम्भावना रहन्छ । सम्झौताको सिप पनि दलको कार्यजीवनमा महत्त्वपूर्ण अङ्ग हो । दलका सदस्यलाई व्यक्तिगत तथा सामूहिक रूपमा उत्तरदायी बनाउनुपर्छ ।

    नेतृत्व एउटा कला हो । उसले आफ्नो सोचाइअनुसार काम गराउन समूहलाई प्रोत्साहित गर्ने गर्दछ । सङ्गठनको सफलता या असफलता धेरै हदसम्म नेतृत्वमा नै निर्भर रहेको हुन्छ । हरेक किसिमका परिस्थितिमा आफ्ना अनुयायीलाई नेतृत्व प्रदान गर्नुपर्छ । त्यसका लागि निरन्तर रूपमा व्यावसायिक होस् अथवा राजनैतिक नेतृत्व नै होस्, आफ्ना क्रियाकलापमा प्रभावकारी र निरन्तर उत्प्रेरणा, निर्देशन, समन्वय र नेतृत्वको खाँचो पर्दछ । अनुयायी नभईकन नेतृत्व हुन सक्दैन । असल नेता आफ्ना अनुयायीको साथी, दार्शनिक तथा पथप्रदर्शक पनि बन्न सक्नुपर्छ । आफूले कडा मिहिनेत गर्नुका साथै अनुयायीलाई पनि समान उद्देश्यप्राप्तिका लागि समर्पित बनाउने नेताको काम हो । कार्यविभाजन गर्ने, उचित व्यक्तिलाई काम सुम्पने, अधिकार तथा उत्तरदायित्वलाई परिभाषित गर्ने, सङ्गठनात्मक संरचना निर्माण गर्ने र ती सम्पूर्ण कार्यलाई समन्वय गर्ने काम नेतृत्वले गर्दछ । नियन्त्रण व्यवस्था प्रभावकारी बनाउनु र त्यसका लागि सङ्गठनात्मक क्रियाकलापको उचित सुपरीवेक्षण गर्नु नेतृत्व तहकै प्रमुख काम हो ।

    रणनीति र कार्यनीतिलाई कार्यान्वयन गर्ने समय निश्चित गर्ने र समयको व्यवस्थापन गर्ने पनि नेतृत्वले नै गर्ने काम हो । आफ्ना सबल र दुर्बल पक्षलाई बुझ्न सक्ने तथा आफूलाई आफैले नियन्त्रण गर्न सक्ने क्षमता पनि असल नेतामा हुन आवश्यक छ । त्यति मात्र होइन, परिस्थितिको उचित पूर्वानुमान लगाउने क्षमता पनि असल नेतामा हुन आवश्यक छ । नेतामा आफ्ना अनुयायीको विश्वास जित्न सकिने जिम्मेवारीको भावना पनि हुनुपर्दछ । नेतामा कुनै पनि परिस्थितिमा निर्णय लिने क्षमता हुन आवश्यक छ । सहयोगी भावनाबाट आफ्ना सहयोगीको जित्न सकिनेछ ।

    थोरै बोल्ने, धेरै सुन्ने गुण पनि नेताको एउटा आवश्यकता हो । योजना बनाउने, सङ्गठन गर्ने, समन्वय गर्ने निर्देशन दिने, सञ्चार गर्ने नियन्त्रण गर्ने आदि नेतृत्वका आवश्यक सिप हुन् । नेतृत्वले सिद्धान्त सम्बन्धित राष्ट्रको राष्ट्रिय आवश्यकता, विशेषता तथा सांस्कृतिक परिवेश आदिमा विचार गरेर छनौट र प्रयोग गर्नुपर्छ ।

    सूचना प्रेषकले अपेक्षा गरेअनुसार प्रापकले सोही अर्थमा नबुझे सञ्चार अपूर्ण हुन्छ । सञ्चारलाई अर्थको हस्तान्तरण र बुझाइ पनि भनिन्छ । दुई पक्षका बिचको विषमता नै द्वन्द्व हो । दुई वा त्योभन्दा बढी पक्षले एकआपसमा आफूलाई प्रतिपक्षको रूपमा साँचेको कुनै परिस्थिति द्वन्द्व हो । समय, स्तर, स्थान र सङ्गठनअनुसार फरकफरक द्वन्द्व हुन्छ । सकारात्मक तरिकाबाट द्वन्द्व समाधान भयो भने अनुकूल कार्यको प्रवाह हुन थाल्दछ । द्वन्द्वको स्रोत असमान व्यवहार हो । जब योग्यता, अनुभव ज्येष्ठता आदिको ख्याल गरिन्न, तब त्यही द्वन्द्वको स्रोत बन्छ । सामूहिक लक्ष्यसँग सम्बन्धित द्वन्द्वले कार्यसम्पादनमा सुधार ल्याउन सहयोग पुर्‍याउँछ । सञ्चालनमा रहेको सङ्गठनात्मक संरचना, प्रविधि भौतिक व्यवस्थापन वा मानवीय अवस्थामा भिन्नता आउनु नै सङ्गठनात्मक परिवर्तन हो । एउटा सङ्गठनको संरचना, प्रविधि, भौतिक व्यवस्थापन वा मानवीय अवस्थामा भिन्नता आउनु नै सङ्गठनात्मक परिवर्तन हो । एउटा सङ्गठनको संरचना, नीति कार्यतालिका, व्यक्ति, समूह, प्रविधि, व्यवस्थापन आदि कुरामा आउने फरकपना नै सङ्गठनात्मक परिवर्तन हो । निरन्तर परिवर्तन गरिरहनु आवश्यक छ । सङ्गठनको दृष्टिकोणले लाभदायक परिवर्तन ल्याउने प्रयास व्यवस्थापन पक्षबाट हुनुपर्छ ।

    देशको राजनीतिक अवस्था र विश्वराजनीतिमा आउने बदलावअनुसार सङ्गठनले आफ्ना गतिविधिमा परिवर्तन गर्नुपर्ने हुन्छ । आर्थिक तथा बजारशक्तिले सङ्गठनलाई परिवर्तनतर्फ प्रेरित गर्छन् । सामाजिक–सांस्कृतिक शक्तिमा भिन्नता आएको अवस्थामा सङ्गठनात्मक परिवर्तन गर्नु आवश्यक हुन्छ । सङ्गठनात्मक परिवर्तनका बाह्य र आन्तरिक शक्तिले पनि भूमिका खेल्छन् । सङ्गठनात्मक विकास एउटा योजनाबद्ध व्यवस्थित एवम् विधिगत प्रक्रिया हो । यसद्वारा सङ्गठनको सांस्कृतिक व्यवस्था र व्यवहारमा परिवर्तनलाई उद्देश्य हासिल गर्न र समस्या समाधान गर्न प्रभावकारी बनाइन्छ ।

    बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.