• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जलजलामा हिमाल र बादलको लुकामारी


  •   बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
  • सन्तोष गौतम / रासस

    Advertisement

    म्याग्दी, १३ जेठ । पहाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली पहाडको पृष्ठभूमिमा लहरै देखिने हिमाल, छिनछिनमा बादल र हिमालको लुकामारी, शीतल हावापानी तथा शान्त वातावरणका कारण म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।

    समुद्री सतहदेखि तीन हजार ४१४ मिटर उचाइमा रहेको जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालसहित सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।

    धवलागिरि गाउँपालिका–७ की शान्ति थापाले जलजलाको समथर फाँटमा बसेर आँखैअगाडि हिमालको लर्कन हेर्दा चित्रकारले कोरेको क्यानभासजस्तो अनुभूति भएको बताउनुभयो । “छिनछिनमा हुने बादल र हिमालको लुकामारी जलजलाको फरक आकर्षण रहेछ,” उहाँले भन्नुभयो, “दृश्यावलोकनसँगै गुर्जाघाट, छेन्तुङ, ढोरपाटनको जनजीवन, उत्तरगङ्गाको दर्शन तथा घोडा सवारीले यात्राको थकान नै बिर्सायो ।”

    बर्खायाममा पशुगोठ, समथर फाँट, वनजङ्गल र पहाडी भूगोल तथा वसन्त ऋतुमा गुराँसे जङ्गल अवलोकन गर्न पाइने भएकाले जलजलाको आकर्षण थपिएको धवलागिरि गाउँपालिका–३ का नरेश विश्वकर्माले बताउनुभयो ।

    ‘रेडपान्डा’को बासस्थान 

    जलजला क्षेत्रको जङ्गलमा दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा)को बासस्थान भएकाले थप महत्व रहेको छ । समुन्द्री सतहबाट दुई हजार २०० देखि चार हजार ५०० मिटरको उचाइमा बसोबास गर्ने रेडपान्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।

    दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले जलजलामा तीन वटा क्यामेरा जडान गरिएकोमा दुई वटामा रेडपान्डा भेटिएको थियो । सो क्षेत्रमा छदेखि २५ वटासम्म रेडपान्डाको बसोबास भएको वायोकस नेपालका कार्यक्रम अधिकृत पवन राइले बताउनुभयो ।

    स्थानीयवासीले विसं २०८० को असोजमा ढोरपाटन सिकार आरक्षको गुर्जाघाट, २०८१ को मङ्सिर र २०८३ वैशाख ३१ गते मुनाको दहपातल सामुदायिक वनको बञ्चरेडाडा क्षेत्रमा हाब्रे भेटिएको तस्बिर भिडियो सार्वजनिक गरेका थिए ।

    विसं २०७३ मा विश्व वन्यजन्तु कोषको र हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपान्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले जलजला क्षेत्रमा पर्ने मरेनीमा रेडपान्डाको दिसा भेट्टाएका थिए । रेडपान्डाका कारण जलजला क्षेत्रमा साहासिक पदयात्रामा रमाउन चाहने पर्यटकहरुलाई आकर्षित गर्न सकिने धवलागिरि गाउँपालिका–३ का भोम पुनले बताउनुभयो ।

    सडक सुविधापछि पर्यटक बढे 

    माथिल्लो जलजलामा ६ वर्षदेखि ‘गोठ स्टे’ सञ्चालन गर्दै आउनुभएका धवलागिरी गाउँपालिका–२ लुलाङका फुलबहादुर विकले दैनिकजसो पर्यटकहरु आउन थालेका बताउनुभयो । “यसअघि ढोरपाटनमा आएका सीमित पर्यटकहरु मात्रै जलजलामा आउने गरेका थिए,” उहाँले भन्नुभयो “म्याग्दी–ढोरपाटन र पूर्वी रुकुम जोड्ने सडकको मार्ग खुलेपछि दैनिकजसो चार/पाँच वटा गाडी तथा १५/२० वटा मोटरसाइकलमा पर्यटकहरु आउन थालेका छन् ।”

    बेनी देखि १२२ किलोमिटर दूरीमा रहेको तकसेरा जोड्ने सडकको गत फागुन महिनामा मार्ग खुलेपछि पूर्वी रुकुमको पुथाउत्तरगङ्गा र बागलुङको ढोरपाटन उपत्यका घुम्न आउनेहरु जलजलादेखि मुना हुदै फर्कने ‘रुट’ बनाउन थालेका छन् ।

    मोटरसाइकल र गाडीमा यात्रा गर्नेहरुका लागि जलजला साहासिक र आकर्षक गन्तव्य बनेको छ । तकसेरा–ढोरपाटन–जलजला हुँदै पोखराको यात्रा गरेकी बागलुङकी सपना रोकाले नयाँ मार्गमा साहासिक र रोमाञ्चक यात्रा भएको अनुभव सुनाउनुभयो ।

    जलजला प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान भएको धवलागिरि गाउँपालिका–७ का विविधजङ थापाले बताउनुभयो । नेपालको एक मात्र ढोरपाटन सिकार आरक्षको दुई वटा मनसुुन र बार्से ब्लकसहित १३ प्रतिशत भूगोल म्याग्दीमा पर्छ । जलजला ढोरपाटन सिकार आरक्षको ‘भ्यू पोइन्ट’का रुपमा विकास हुन थालेको छ । आवास र खानेपानी अभाव जलजलाको मुख्य समस्या बनेको छ ।

    पूर्वाधार निर्माण र प्रवद्र्धन अभियान सुरु 

    गुरिल्ला र म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने जलजलामा पर्यटक आगमन बढ्न थालेपछि धवलागिरी गाउँपालिकाले पूर्वाधार निर्माण र प्रर्वद्धनको काम थालेको छ ।

    जलजलाको सम्भावनाको उजागर, समस्या समाधानका लागि साझा मुद्दा तय गरि जिल्ला, प्रदेश, संघीय तहमा पहल गर्ने उद्देश्यले यसै हप्ता पर्यटन प्रर्वद्धन कार्यक्रम सम्पन्न गरेको धवलागिरी गाउँपालिकाले खानेपानीको ब्यवस्था मिलाएको र शौचालय निर्माण थालेको उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो ।

    ताकमकोत, मुनामालिका, जलजला, गुर्जाघाट, रुघाचौर, गुर्जा, धौलागिरि आधार शिविर जोड्ने पदमार्गको अवधारणा अघि सारिएको छ । बस्ती देखि टाढा होटल र रेष्टुरेन्ट नभएको जलजलामा म्याग्दीको लुलाङका विकले गोठमा पाहुनालाई खाना खुवाउने र बसोबासको व्यवस्था मिलाउँदै आउनुभएको छ । च्याउ, टुसाका परिकार, ढकायोको सागको अचार, गाईभैंसीको दूध, दही, भेडा र खसीको मासु गोठस्टेका परिकार हुन् । क्याम्पिङ गर्ने पर्यटकले आफैं बन्दोबस्तीको सामान लगेर जानुपर्छ ।

    ढोरपाटन सिकार आरक्ष, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरेर पर्यटकहरुका लागि आश्रयस्थल, पदमार्ग निर्माण, विद्युत् र सञ्चार सुविधा विस्तारका लागि पहल गर्न कार्यक्रममार्फत सातबुँदे जलजला घोषणापत्र जारी गरिएको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिनुभयो ।

    ‘चिनौँ जलजला, घुमौँ जलजला’ डिजिटल अभियान सुरु गरिएको उहाँले जानकारी दिनुभयो । जलजला देउरालीलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने अध्यक्ष पुनले बताउनुभयो ।

    मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक 

    म्याग्दीको बेनी हुँदै बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा जोड्ने सडक मध्य पहाडी लोकमार्गको वैकल्पिक मार्गका रूपमा विकास हुने सम्भावना देखिएको छ । हालै मार्ग खुलेको १२२ किलोमिटर दूरीको बेनी–ढोरपाटन–तकसेरा सडक बागलुङ–काँक्री खण्डभन्दा करिब ५० किलोमिटर छोटो रहेको छ ।

    ढोरपाटनको पाखाथरबाट जलजलासम्म पुग्न कच्ची सडकमा जिप तथा मोटरसाइकलमार्फत करिब एक घण्टा तीन मिनेट यात्रा गर्नुपर्छ । धवलागिरि गाउँपालिकाको केन्द्र मुनाबाट जिप वा मोटरसाइकलमा करिब दुई घण्टाको यात्रापछि जलजला पुगिन्छ ।

    दुवै तर्फबाट पैदलयात्रा गरेर जलजला पुग्न पाँचदेखि छ घण्टा लाग्ने स्थानीयवासीले बताएका छन् ।

    म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले मुना हुँदै ढोरपाटन र पूर्वी रुकुमको तकसेरा जोड्ने सडक खोल्नुको मुख्य उद्देश्य जलजलालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु रहेको बताउनुभयो ।

    “पुरानो पदमार्गलाई आधार मानेर खोलिएको यो सडक स्तरोन्नति गर्न सके पूर्वी र पश्चिम रुकुम, जाजरकोट र डोल्पाका बासिन्दालाई पोखरा र काठमाडौँ आउजाउ गर्न छोटो र सहज हुनेछ,” उहाँले भन्नुभयो, “यो सडक स्तरोन्नति भए मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प तथा उच्च पहाडी राजमार्ग बन्न सक्ने सम्भावना छ ।”

    हाल सडकको विभिन्न स्थानमा स्तरोन्नति र खोलामा मोटर चल्ने पुल निर्माण गर्न बाँकी रहेको छ । यद्यपि नयाँ मार्ग सञ्चालनमा आएपछि ढोरपाटन, जलजला र तकसेरा भ्रमण गर्ने पर्यटकलाई सहज भएको छ ।

    प्रदेश सांसद जुग्जालीका अनुसार बेनी–ढोरपाटन–तकसेरा सडकलाई मध्य पहाडी लोकमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न प्राथमिकता दिइएको छ ।

    बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.